स्वास्थ्य

    Showing 261-270 of 2,072 items.
  • विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित, शल्यक्रिया गर्नुपर्ने महिलालाई प्रदेश बाहिर रेफर गर्नुपर्ने बाध्यता

    दमौली— प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको छ । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए। गाइनोलोजिष्ट  कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभए

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 251 पटक पढिएको
  • निकिताद्वारा व्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

    सर्लाही— बागमती नगरपालिका वडा नंं ११ घर भएका विनय बि.क. लाई ५०,००० नगद सहयोग गरेका छन् । विगत १ बर्ष देखि क्यानसर सँग लड्दै आए विकलाई नगद उपलब्ध गराएका हुन् ।सर्लाही हरिवन नगरपालिकाकी निकिता लाखे परियारले सहयोग सङकलन गरि ५०,००० रुपैयाँ नगद विनयको परिवारलाइ हस्तानतरण गरेकी हुन । न्युन आर्थिक अवस्था भएकाले क्यान्सर पीडितलाई सो रकम उपलब्ध हस्तान्तर गरेको हुन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 484 पटक पढिएको
  • माधव नेपाल अस्पताल भर्ना, एन्जिओप्लास्टी सर्जरी गरियो

    काठमाडौं—  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पूर्वप्रधानमन्त्री नेपालको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको जनाइएको छ ।एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 352 पटक पढिएको
  • के तपाईलाई थाहा छ ? माटाको भाँडाको पानी पिउँदा स्वास्थ्यलाई कति लाभदायी छ

    काठमाडौं— चर्को गर्मीमा चिसो पानी पिउन कसलाई पो मन नलाग्ला ? आधुनिक समयसंगै हरेक मान्छेका घर–घरमा फ्रिज राखेको चिसो पानीको प्यास मेटाउन नै होला । तर, फ्रिजको पानीभन्दा कयौं गुणा लाभदायक हुन्छ, माटाको भाँडामा राखेको पानी ।फ्रिजको चलनचल्ती व्यापक बन्दा माटाको भाँडा घरमा राख्‍ने क्रेज समाप्त भएको छैन। माटाको भाँडाले पानीलाई प्राकृतिक रूपमा ठण्डा राख्छ र त्यो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।पूर्वीय सभ्यतामा उच्च स्थानमा रहेको आयुर्वेदले पनि माटाको भाँडामा राखिएको पानी पिउन सल्लाह दिएको छ। खासगरी, हालको दक्षिण एसियामा शताब्दीयौंदेखि माटाको भाँडामा राखेको पानी पिउने प्रचलन छ। आयुर्वेदले मात्र होइ

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 465 पटक पढिएको
  • मन्त्री पौडेल भन्छन स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रम बापतको दाबी भुक्तानी  बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेक

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 362 पटक पढिएको
  • कलेज प्रवेशमा किन रोक लगायो आवासीय चिकित्सकहरुलाई ?

    काठमाडौं— नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।&nb

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 206 पटक पढिएको
  • बसेकै ठाउँबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

    काठमाण्डौ । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानक

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 312 पटक पढिएको
  • मेडिकल कलेज सञ्चालकको धम्की : चिकित्सकलाई आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

    काठमाडौं — चिकित्साशास्त्र स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत आवासीय चिकित्सकहरू २६ दिनदेखि आन्दोलनमा छन्। सरकारले दुई महिनाअघि निर्णय गरे पनि उनीहरूले अझैसम्म पनि तोकिएको निर्वाह भत्ता पाएका छैनन्।सोमबार चिकित्सा शिक्षा आयोगको १९औं बैठकमा निजी मेडिकल कलेज सञ्चालकहरूले भत्ता दिने प्रतिबद्धता जनाए पनि त्यसको समयसीमा तोकिएन। स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार सरकारले पटक–पटक मिति माग्दा पनि निजी क्षेत्रबाट ठोस जवाफ आएको छैन।आवासीय चिकित्सकहरूले सरकारको निर्णय अनुसार मासिक ४८ हजार ७ सय रुपैयाँ दरले भत्ता खातामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। तर, निजी मेडिकल सञ्चालकहरू भने आन्दोलन छ

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 381 पटक पढिएको
  • आवासीय चिकित्सकहरूको आन्दोलन २७औँ दिनमा

    काठमाडौं – आवासीय चिकित्सकहरूको आन्दोलन आज २७औँ दिनमा प्रवेश गरेको छ। चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै सडक आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।आन्दोलनरत चिकित्सकहरूले आफूहरूलाई आठौँ तह बराबरको निर्वाह भत्ता नदिइन्जेल आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। उनीहरूले निजी मेडिकल कलेजहरूमा आवासीय चिकित्सकमाथि भइरहेको अत्यधिक श्रम शोषण अन्त्य गर्न माग राख्दै, एक जनाले हप्तामा ७२ घण्टाभन्दा बढी काम गर्नु नपर्ने व्यवस्था गर्न, वर्षमा अनिवार्य २८ दिन बिदा दिनुपर्ने, किरिया तथा सुत्केरी बिदा आवश्यकतानुसार थपिनुपर्ने माग अघि सारेका छन्। यसैबी

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 335 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ ।सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेको थियो । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।शुक्रबार

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 328 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा