काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ । शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट उक्
हेटौँडा— बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गरिएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।सोमबार नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिका स्तरमा बनेका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै उक्त अभाव पूर्ति गर्न एमबिबिएस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।उनले नागरिकलाई व्
कैलाली— कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ।वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।
काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका प्रहरी तथा कर्मचारीहरूको विभिन्न जिल्लामा मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको हो।कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना पनि अचेत भएपछि अस्पतालमा उपचारका क्रममा निधन भयो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।त्यसै गरी बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भएको छ।यस्तै, रामेछापमा सवारी दुर्घटनामा परेर एक प्रहरी सहायक निरीक
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू तोकेको जनाएको छ ।मंगलबार सूचना जारी गरी फागुन २१ गते हुने निर्वाचमा घट्न सक्ने सम्वाभित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका निम्न कर्मचारी सम्पर्कमा रहेको मन्त्रालयले जनाकारी दिएको हो ।मन्त्रालयले केन्द्रका लागि ६ जना कर्मचारी र सातै वटा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं – उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन् ।गल्याडस्टोन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार कम अक्सिजन भएको वातावरण (हाइपोक्सिया) मा शरीरका रातो रगतका कणहरूले रगतबाट ठूलो मात्रामा ग्लुकोज सोस्ने गर्छन् ।अक्सिजनको स्तर कम हुँदा रातो रगतका कणहरूले नयाँ प्रकारको मेटाबोलिक प्रक्रिया अपनाउने र यसले रगतमा रहेको अतिरिक्त चिनीलाई सोसेर ‘सुगर स्पन्ज’को रूपमा काम गर्ने हुनाले उच्च उचाइमा बस्नेहरूको रक्त चिनी सन्तुलित रहने देखिएको हो । शेल मेटाबोलिजम जर्नलमा प्रकाशित यस अध्ययनले रातो रगतका कणहरू ग्लुकोज मेटाब
काठमाडौं— हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ ।एक साता यता मुगमकामारोङ्क गाँउपालिका वास इकाइको आयोजन र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सन्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल ख
काठमाडौं— शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।
काठमाडौं— बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् ।विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्छ । स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन का विभिन्न अध्ययनहरूले पनि अस्वस्थ बिहानका बानीहरूले दीर्घकालीन रोगको जोखिम बढाउन सक्ने देखाएका छन् ।बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने बानीधेरै मानिस उठ्नेबित्तिकै मोबाइल हेर्ने गर्छन् । यसले आँखामा तनाव बढाउनुका साथै मस्तिष्कलाई अचानक सूचना चापमा पार्छ । यस्तो बानीले चिन्ता, तनाव र ध्
मुगु— पशुपालनलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका मुगुबासी यतिबेला चिन्तित बनेका छन्। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १० र ११ का कृषकहरूले पाल्दै आएका भेडा–बाख्रा अज्ञात रोगको चपेटामा परेपछि धमाधम मर्न थालेका हुन्।पुस र माघ महिनादेखि भेडा–बाख्रामा टाउको र घाँटी सुनिने, रौं खुइलिने, पखाला लाग्ने तथा हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिएको कृषकहरूले बताएका छन्। हालसम्म विभिन्न गोठबाट २० देखि ३० वटासम्म भेडा मरेका छन् भने समग्रमा १ सय ५० भन्दा बढी भेडा–बाख्रा मरिसकेको प्रारम्भिक अध्ययनले देखाएको छ।स्थानीय कृषक पूर्णबहादुर मल्लका अनुसार उनीहरू तीन पुस्तादेखि भेडापालन व्यवसायमा संलग्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.