स्वास्थ्य

    Showing ३७१-३८० of २,५०८ items.
  • टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

    काठमाडौं— मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ ।शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ । हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले दाबी गरेको छ।साथै अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठू

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ५५५ पटक पढिएको
  • कलेजो रोगसँग सम्बन्धी ९९ प्रतिशत उपचार नेपालमै सम्भव छः डा.विकास जैशी

    काठमाडौं— कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ ।तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।कलेजोका विरामीहरुको एकिन डाटा नभएतापनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउँछन् ।उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।उ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ५९५ पटक पढिएको
  • नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

    काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ६५८ पटक पढिएको
  • डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द

    डडेल्धुरा— डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने।क।पा। बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ५२८ पटक पढिएको
  • कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने

    सुर्खेत— कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एकरएक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एकरएक करोड बजेट दिने निर्णय गरेको हो ।सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रकम दिने निर्णय भएको भुमि व्यवस्था, कृष

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ६३५ पटक पढिएको
  • निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

    बरहथवा (सर्लाही)। सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिनुभयो । बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रि

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ३२६ पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

    धुलिखेल। काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो । साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य श

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ४३८ पटक पढिएको
  • माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

    काठमाडौं— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा चिकित्सकहरूको भेला हुने भएको छ ।माघ १६ गतेदेखि २४ गतेसम्म धरानमा ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ ।कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन् । कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम पुनःसञ्चालन हुन लागेको हो । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्व

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ६०५ पटक पढिएको
  • विषालु च्याउ खाँदा गोरखामा चार जना बिरामी

    काठमाडौं— गोरखा नगरपालिका–१४ मा परालको थुप्रोमा उम्रिएको च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन्। विषालु च्याउको तरकारी खाएपछि ३० वर्षीया हीरा पहरी र उनका तीन सन्तान बिरामी भएका हुन्।मकवानपुरको बागमती नगरपालिका–१३ स्थायी घर भएकी पहरी हाल गोरखामा डेरा गरी बस्दै आएकी थिइन्। सोमबार साँझ घर नजिकैको परालको टौवामा उम्रिएको च्याउ टिपेर पकाएर खाएपछि उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान लाग्ने जस्ता लक्षण देखिएको थियो।बिरामी पर्नेहरूमा १२ वर्षीय किसान, ६ वर्षीय हिमाल र ५ वर्षीया सुजिता रहेका छन्। सबैलाई तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्‍याइएको र हाल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • ५५१ पटक पढिएको
  • स्थ्याथ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् ।उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बिमाको

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ६३३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.