वीरगञ्ज। नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए ।अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा चित्ररञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहि
काठमाडौं । देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गराएर सरकारमाथि दबाब बढाएको नेपाल चिकित्सक संघ अहिले आन्दोलनको नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकले अबको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णायक निर्णय गर्ने अपेक्षा गरिएको छ।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो। आन्दोलनका कारण उपचारका लागि पुगेका हजारौं बिरामी प्रत्यक्ष प्रभावित बनेका छन्।संघका केन्द्रीय
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोड घटनापछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएसँगै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले चिकित्सकमाथिको आक्रमणलाई कानूनको शासनमाथिको चुनौती भन्दै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।आयोगका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीमाथि हिंसा हुनु जति निन्दनीय छ, त्यसैगरी अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा लाखौं नागरिक उपचारबाट वञ्चित हुनु पनि संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारमाथिको प्रत्यक्ष असर हो। आयोगले स्वास्थ्य
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटपछि देशभर चिकित्सक आन्दोलन चर्किरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी ले चिकित्सकका मागप्रति सरकार संवेदनशील रहेको तर त्यसको असर बिरामीको उपचारमा पर्न नहुने बताए। उनका अनुसार अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले स्वास्थ्य सेवा अवरुद्ध गर्नु उपयुक्त विकल्प नभएको मन्त्रालयको धारणा छ।मन्त्रालयले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने आश्वासन दिँदै चिकित्सक, स्थानीय प्रशासन र सरोकारवालासँग निरन्तर संवाद तथा समन्वय भइरह
काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।संघका अनुसार गत शनिबार नारायणी अस्पतालमा डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी प्रमुखको निर्देशनमा प्रहरीले संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।घटनाम
काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पताल मा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछिको प्रशासनिक व्यवहारको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका ७० मध्ये करिब ४० चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सक पनि सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेका छन्।चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग्दै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन्। आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवा समेत प्रभावित भएको छ।चिकित्सकका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए। तर वार्ताक
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका आक्रमणका घटनाले स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेपछि सरकारले अस्पतालहरूलाई कुनै पनि हालतमा उपचार सेवा बन्द नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले आन्दोलन वा असुरक्षाको कारण देखाएर बिरामीको उपचार रोकिन नहुने स्पष्ट पारेको हो।मन्त्रालयका अनुसार पछिल्ला घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्यकर्मीमाथि हुने हिंसा सह्य नहुने भन्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता पन
धनगढी— शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत बिहीबार देखी सत्याग्रहमा बसेका डा। गोविन्द केसी र सरकारबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी छ । वार्ता सहमति नजिक पुगे पनि आइतबार हस्ताक्षर हुन सकेन ।आइतबार दिनभरि दुई पक्षबिच वार्ता भए पनि सहमति भने नभएको डा. केसीका तर्फबाट वार्तामा बसेका डा. अमृत जैसीले बताए । ‘वार्ता सहमति नजिक पुगेर टुंगिएको छ,’ जैसीले भने, ‘आज (सोमबार) थोरै गृहकार्य गरे पछि टुंगिनसक्छ ।’ उनले के–के विषयमा सहमति भयो भन्ने विषयमा खुलाएका छैनन् । तर स्वास्थ्य क्षेत्रको सुधारका लागि सहमति
धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनले नयाँ मोड लिएको छ। बिहीबारदेखि सुरु भएको अनशनका बीच आइतबार सरकार र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्।डा. केसीका तर्फबाट उनका सहयोगी डा.अमृत जैशी र पवन थापा वा
धनगढी— धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा।जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ । डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा। अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.