स्वास्थ्य

    Showing ३९१-४०० of २,५०८ items.
  • निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

    गण्डकी। समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च  भेटिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । गेटा आँखा अस्पतालद्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४९८ पटक पढिएको
  • डा.निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं— नेपाल चिकित्सक संघले आमरण अनसरत डा. कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ५७१ पटक पढिएको
  • नेपालमा पुरुष मेकअप आर्टिस्टको उदय र चुनौती

    काठमाडौं— नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भए पनि पुरुषका लागि पनि यो क्षेत्र उज्वल देखिन थालेको छ । यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर टेकराज पाण्डेको विश्वास छ ।राज ब्युटी एकेडेमी एण्ड ब्युटी स्टुडियोका प्रोफेसनल मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर पाण्डेले नेपालमा पुरुष मेकअप आर्टिस्टका अनुभव, चुनौती र सम्भावनाबारे खुलेर कुरा गरेका छन् ।उनले सन् २०१९ देखि औपचारिक रूपमा मेकअप क्षेत्रमा काम सुरु गरेका हुन् । सुरुवाती चरणमा पुरुष पार्लर तथा मेकअप स्टुडियो सञ्चालन गर्दा समाजले फरक दृष्टिले हेर्ने गरेपनि अहिले समयसँगै सोचमा परिवर्तन आएको उनको भनाइ छ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ५९६ पटक पढिएको
  • एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका

    • प्रकाशित मितिः पुस १२, २०८२
    • २९१ पटक पढिएको
  • अस्तालको बेडमै बिरामीमाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि भारतीय चिकित्सक निलम्बित

    काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५५० पटक पढिएको
  • रामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै

    रामेछाप— पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ ।जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए ।‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका समस्या भेटिएका छन्,

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५२२ पटक पढिएको
  • सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन

    रामेछाप— सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे ।भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५६० पटक पढिएको
  • एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

    काठमाडौं—  नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आउने शनिबार,पुस १२ गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ५८७ पटक पढिएको
  • गण्डकीमा छन् तीन सय ६४ प्रसूति केन्द्र

    गण्डकी। गण्डकी प्रदेशमा प्रसूति केन्द्रको सङ्ख्या ३६४ पुगेको छ । प्रसूति केन्द्रको विस्तारसँगै असुरक्षित तरिकाले घरमै सुत्केरी हुने क्रम पनि घट्दो छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले गण्डकीमा घरमै सुत्केरी हुनेको सङ्ख्या वार्षिक २०० भन्दा कम रहेको बताउनुभयो ।उहाँका अनुसार प्रदेशभित्र शल्यक्रियामार्फत प्रसूति गराउने अस्पताल १८ र जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । मनाङबाहेक सबै जिल्लामा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको महाशाखा प्रमुख डा केसीले बताउनुभयो । मन्त्रालयले प्रसूति केन्द्रको सुदृढीक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ३८५ पटक पढिएको
  • निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग

    • प्रकाशित मितिः पुस ९, २०८२
    • ५६० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.