सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको शिविरमा ४५७ महिला र ३०० पुरुष गरी कुल ७५७ जनाले आँखा परीक्षण गराएका नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए।शिविरमा १५० देखि २०० जनासम्म सेवा दिने लक्ष्य राखिए पनि अपेक्षाभन्दा धेरै बढी नागरिक उपस्थित भएपछि साँझसम्म ७५७ जनाले सेवा लिन सफल भएका थिए। तीमध्ये ११३ जनामा मोतियाविन्दु देखा परेको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख माझीले बताए।शिविरमा चौ
काठमाडौं— ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउ
काठमाडौं— आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् व
भोजपुर— टेम्केमैयुङ गाउँपालिका–७, कोटमा निर्माणाधीन १५ शैय्याको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण पाँच वर्षदेखि अधुरै छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि स्थानीय बासिन्दा निराश भएका छन्।विसं २०७८ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभी ले जिम्मा लिएको परियोजना २०८० असारमै सकिनुपर्ने थियो। तर सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब १० प्रतिशत मात्र काम भएको गाउँपालिकाले जनाएको छ। निर्माण व्यवसायी विवेश कार्की लामो समयदेखि सम्पर्कमा छैनन्।अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ। हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी बुझेक
काठमाडौं— कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गरी व्यापारिक प्रचार–प्रसार बढाएका घटनापछि नेपाल मेडिकल काउन्सिलले कडा चेतावनी दिएकोे छ । काउन्सिलका रजिस्ट्रार डा.सतिशकुमार देवद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य कानुन विपरीतमात्र नभई व्यावसायिक आचारसंहिताविरुद्ध रहेको उल्लेख गरिएको छ ।काउन्सिलले चिकित्सकले कुनै पनि कन्सल्टेन्सी, क्यारेयर–गाइड सेवा, शैक्षिक एजेन्सी वा निजी व्यापारिक संस्थाको बोर्ड, पोस्टर, ब्यानर, डिजिटल साइनबोर्ड तथा ब्रान्डेड सामग्रीमा आफ्नो नाम, फोटो वा डिग्री राखेर प्रमोसन गर्न नपाइने स्पष्ट पारेको छ । ‘कोड अफ इथिक्स एन्ड प
एजेन्सी— भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्। कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो ।तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसल
बाजुरा— जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।अस्पताल बाजुराको स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग राख्दै उनीहरुले मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । बाजुराको विकास, समृद्धि तथा यहाँका हरेक समस्याहरुको उठान गर्दै आएका सामाजिक अभियन्ता थापाले तत्काल समस्या समाधान हुनुपर्ने बताएका छन् । अस्पताल बाजुरामा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सेवा प्रवाहमा समस्या हुँदा यहाँका नागरिकलाई स्वास्थ्य उपचारमा असहज भइरहेको भन्दै मन्त
काठमाडौं— गेट हिल्ड विथ आयुष केन्द्रको दोस्रो शाखा बुटवलमा संचालनमा आएको छ । जसलाई नेपालका मानसिक स्वास्थ्य र वैकल्पिक उपचार क्षेत्रका अग्रणी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीले संचालनमा ल्याएका हुन् ।अमेरिका, अष्ट्रेलिया र काठमाडौँमापछि आयुषले नेपालको दोस्रो शाखा बुटवलमा संचालनमा आएको जानकारी दिए । आयुषले प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र र समग्र मानसिक–शारीरिक सन्तुलनका लागि विशेष सेवा प्रदान गर्दै आएका छन्।उनले हालसम्म ४ हजार भन्दा बढी केसहरू समाधान गरी मानिसको मानसिक स्वास्थ्य र
काठमाडौं— वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन् । जसले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ ।प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन् ।खोजिएका १२ इन्डोल यौगिकमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन् । वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित
काठमाडौं— औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग गर्दै औषधि व्यवसायीहरूको संघर्ष समितिले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरूले ऐनमा राखिएको प्रावधान अव्यावहारिक भएको भन्दै तत्काल संशोधन गर्न सरकारसमक्ष माग राखेका हुन्।धर्नामा सहभागी व्यवसायीहरूले ‘हाम्रो जायज माग पूरा गर’, ‘औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने लिखित प्लेकार्डहरू प्रदर्शन गर्दै विरोध जनाएका थिए। संघर्ष समितिका सदस्यहरूका अनुसार उक्त प्रावधान कार्यान्वयनमा जटिल, व्यवसायमैत्री नभएको र यसको कारण सामान्य सेवा सहज रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।समितिले सरकारलाई छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.