स्वास्थ्य

    Showing 461-470 of 2,072 items.
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली (तनहुँ) । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।सामाजिक लाञ्छना र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 177 पटक पढिएको
  • ह्युमन मेटाप्न्यूमो भाइरसबारे अध्ययन गरिने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस ९एचएमपिभी० बारे अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताए ।‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उनले भने, ‘एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने छ ।’मन्त्रालयले आज एक विज्ञप्ति ज

    • प्रकाशित मितिः माघ २, २०८१
    • 244 पटक पढिएको
  • पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

    गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडि÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन

    • प्रकाशित मितिः माघ २, २०८१
    • 273 पटक पढिएको
  • पोखरामा मानिसक अस्पताल स्थापना गर्न पहल

    गण्डकी । पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन क

    • प्रकाशित मितिः माघ १, २०८१
    • 234 पटक पढिएको
  • बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुतै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ । आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ ।आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्न

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 300 पटक पढिएको
  • जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

    झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ ।विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 262 पटक पढिएको
  • नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित

    चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिवृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । ‘एक वर्षदेखि भन्सारमा रोकिएको सिटिस्क्यान मेसिनमा छुटबिना नै ल्याउनु प¥यो’, उनले भने, ‘लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।’भरतपुर अस्पताल विकास समि

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 295 पटक पढिएको
  • जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

    जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका  कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 273 पटक पढिएको
  • आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।  मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आगो ताप्ने, हिटर बाल्ने वा गिजर आदि उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । कार्बन मोनोअक्साइड गन्ध, रङ्ग र स्वादरहित एक विषाक्त ग्यास

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 284 पटक पढिएको
  • कञ्चनपुरका २६ हजार किशोरीलाई एचपिभी खोप लगाइने

    कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनकबहादुर कुँवरले बताए । उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका एक सय दुईजना स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा