स्वास्थ्य

    Showing ४१-५० of २,५०८ items.
  • बिरामीको ज्यानसँग आन्दोलन नगर्न चिकित्सकलाई मन्त्रालयको आग्रह

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटपछि देशभर चिकित्सक आन्दोलन चर्किरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी ले चिकित्सकका मागप्रति सरकार संवेदनशील रहेको तर त्यसको असर बिरामीको उपचारमा पर्न नहुने बताए। उनका अनुसार अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले स्वास्थ्य सेवा अवरुद्ध गर्नु उपयुक्त विकल्प नभएको मन्त्रालयको धारणा छ।मन्त्रालयले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने आश्वासन दिँदै चिकित्सक, स्थानीय प्रशासन र सरोकारवालासँग निरन्तर संवाद तथा समन्वय भइरह

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २२९ पटक पढिएको
  • चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।संघका अनुसार गत शनिबार नारायणी अस्पतालमा डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी प्रमुखको निर्देशनमा प्रहरीले संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।घटनाम

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ६०३ पटक पढिएको
  • नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

    काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पताल मा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछिको प्रशासनिक व्यवहारको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका ७० मध्ये करिब ४० चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सक पनि सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेका छन्।चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग्दै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन्। आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवा समेत प्रभावित भएको छ।चिकित्सकका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए। तर वार्ताक

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २०२ पटक पढिएको
  • डाक्टरमाथि आक्रमणपछि सरकारको अपिल : अस्पतालमा उपचार सेवा नरोक्नुहोस्

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका आक्रमणका घटनाले स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेपछि सरकारले अस्पतालहरूलाई कुनै पनि हालतमा उपचार सेवा बन्द नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले आन्दोलन वा असुरक्षाको कारण देखाएर बिरामीको उपचार रोकिन नहुने स्पष्ट पारेको हो।मन्त्रालयका अनुसार पछिल्ला घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्यकर्मीमाथि हुने हिंसा सह्य नहुने भन्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता पन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १२७ पटक पढिएको
  • डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी

    धनगढी— शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत बिहीबार देखी सत्याग्रहमा बसेका डा। गोविन्द केसी र सरकारबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी छ । वार्ता सहमति नजिक पुगे पनि आइतबार हस्ताक्षर हुन सकेन ।आइतबार दिनभरि दुई पक्षबिच वार्ता भए पनि सहमति भने नभएको डा. केसीका तर्फबाट वार्तामा बसेका डा. अमृत जैसीले बताए । ‘वार्ता सहमति नजिक पुगेर टुंगिएको छ,’ जैसीले भने, ‘आज (सोमबार) थोरै गृहकार्य गरे पछि टुंगिनसक्छ ।’ उनले के–के विषयमा सहमति भयो भन्ने विषयमा खुलाएका छैनन् । तर स्वास्थ्य क्षेत्रको सुधारका लागि सहमति

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ४७१ पटक पढिएको
  • सरकार–डा.केसी संवादको टेबलमा

    धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनले नयाँ मोड लिएको छ। बिहीबारदेखि सुरु भएको अनशनका बीच आइतबार सरकार र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्।डा. केसीका तर्फबाट उनका सहयोगी डा.अमृत जैशी र पवन थापा वा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २८७ पटक पढिएको
  • आज डा.केसी र सरकारबिच वार्ता हुँदै

    धनगढी— धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा।जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ । डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा। अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४९७ पटक पढिएको
  • प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालको संयोजकत्वमा तीन सचिव वार्ताका लागि धनगढीमा

    धनगढी— धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा। केसीलाई भेट्न धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षामा पुगेका छन् ।सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।‘केसीसँग भेटेर सरकारी टोली फिर्ताभइसकेको छ,’ जैसीले भने, ‘शनिबार अनौपचारिक

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४२७ पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ।कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो।समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अध

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५९५ पटक पढिएको
  • महानगरको सहयोगमा ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराइएको हो।कार्यवाहक प्रमुख सुनिता डंगोलले सामग्री हस्तान्तरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। उपलब्ध सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको सहयोगबाट सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामग्

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५८८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.