स्वास्थ्य

    Showing 681-690 of 2,151 items.
  • एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको हो ।हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । त्यसैगरी अहिलेसम्म डेंगु सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 183 पटक पढिएको
  • नेसनल मेडिकल कलेजद्धारा सात विद्यार्थी निष्कासित

    झापा  / वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो ।कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।

    • प्रकाशित मितिः असोज १०, २०७९
    • 214 पटक पढिएको
  • झापामा ७९ जनामा डेङ्गु सङ्क्रमण , सबैभन्दा बढि हल्दीबारीमा

    बिर्तामोड / झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”सङ्क्रमित मध्ये पुरुष ४५ जना र महिला ३४ जना रहेका छन् । हल्दीबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा ७ , अर्जुनधारामा १ , कनकाईमा ८ , कमलमा ६ , दमकमा ७ , गौरादहमा १ , झापामा ३ , बिर्तामोडमा १४, भद्रपुरमा ४ र कच

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 343 पटक पढिएको
  • प्रादेशिक अस्पताल भद्रपुरलाई दुइ सय शय्याको बनाउने प्रदेश १ सरकारको निर्णय (भिडियाेसहित)

    झापा / प्रदेश १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गरी २ सय शय्याको बनाउने निर्णय गरेको छ  ।प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा यस अस्पतालको स्तरोन्नतिको गर्ने निर्णय गरेको हो ।यस्तै बैठकमा भोजपुर जिल्ला अस्पतालको पनि स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय भएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायरा

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 176 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो

    एजेन्सी  / पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरूमा डेङ्गुको ज्वरोले धेरै मानिस बिरामी परेका हुन् ।  सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सिन्ध प्रान्तमा मात्र गएको २४ घन्टा तीन सय २३ जनालाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 234 पटक पढिएको
  • ७४ जनामा कोरोना संक्रमण पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।साथै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ भने पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन्।

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 212 पटक पढिएको
  • अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि जबर्जस्ती काठमाडौं लैजाने तयारी

    धनगढी  / चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइने भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि सरकारले मंगलबार डा. केसीलाई काठमाडौँ ल्याउन लागेको हो ।  अस्पतालले सोमबार डा. केसीको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको, मांसपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको, पोषण तत्व र पानीको मात्रा कम भएर जटिलता बढ्दै गएको जनाएको छ । स्वास्थ्यमा जटिलता देखिएपछि गृह मन्त्रालयको पहलमा डा. केसीलाई काठमाडौं ल्याउन लागिएको हो । अहिले सेतीमा अस्पतालमा सुरक्षाकर्मी तैनाथ

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 264 पटक पढिएको
  • डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

    काठमाडौँ / नेपालमा डेङ्गी सङ्क्रमणबाट  मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।काठमाडौँमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाडौँ  उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपु

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 323 पटक पढिएको
  • डा. केसीको स्वास्थ्य नाजुक, सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह (भिडियोसहित)

    कैलाली / कैलालीको धनगढीमा ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।सोमबार सेती अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको भन्दै अन्यत्र लैजान आग्रह समेत गरेको छ ।  अस्पतालले विशिष्टीकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।अस्पतालले जारी गरेको विज्ञप्तिमा केसीलाई पेट दुख्ने, कमज

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 165 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु

    चितवन / जापानिज इन्सेफ्लाइटिसका कारण  चितवनमा थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि पनि माडी नगरपालिका –१ चैनपुरकी ६० वर्षीया वृद्धाको इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको थियो । अन्य ८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ ।सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 248 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा