स्वास्थ्य

    Showing ७०१-७१० of २,५०८ items.
  • मन्त्री पौडेल भन्छन स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रम बापतको दाबी भुक्तानी  बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेक

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५१९ पटक पढिएको
  • कलेज प्रवेशमा किन रोक लगायो आवासीय चिकित्सकहरुलाई ?

    काठमाडौं— नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।&nb

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ३३३ पटक पढिएको
  • बसेकै ठाउँबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

    काठमाण्डौ । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानक

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ५२१ पटक पढिएको
  • मेडिकल कलेज सञ्चालकको धम्की : चिकित्सकलाई आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

    काठमाडौं — चिकित्साशास्त्र स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत आवासीय चिकित्सकहरू २६ दिनदेखि आन्दोलनमा छन्। सरकारले दुई महिनाअघि निर्णय गरे पनि उनीहरूले अझैसम्म पनि तोकिएको निर्वाह भत्ता पाएका छैनन्।सोमबार चिकित्सा शिक्षा आयोगको १९औं बैठकमा निजी मेडिकल कलेज सञ्चालकहरूले भत्ता दिने प्रतिबद्धता जनाए पनि त्यसको समयसीमा तोकिएन। स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार सरकारले पटक–पटक मिति माग्दा पनि निजी क्षेत्रबाट ठोस जवाफ आएको छैन।आवासीय चिकित्सकहरूले सरकारको निर्णय अनुसार मासिक ४८ हजार ७ सय रुपैयाँ दरले भत्ता खातामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। तर, निजी मेडिकल सञ्चालकहरू भने आन्दोलन छ

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ५९० पटक पढिएको
  • आवासीय चिकित्सकहरूको आन्दोलन २७औँ दिनमा

    काठमाडौं – आवासीय चिकित्सकहरूको आन्दोलन आज २७औँ दिनमा प्रवेश गरेको छ। चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै सडक आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।आन्दोलनरत चिकित्सकहरूले आफूहरूलाई आठौँ तह बराबरको निर्वाह भत्ता नदिइन्जेल आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। उनीहरूले निजी मेडिकल कलेजहरूमा आवासीय चिकित्सकमाथि भइरहेको अत्यधिक श्रम शोषण अन्त्य गर्न माग राख्दै, एक जनाले हप्तामा ७२ घण्टाभन्दा बढी काम गर्नु नपर्ने व्यवस्था गर्न, वर्षमा अनिवार्य २८ दिन बिदा दिनुपर्ने, किरिया तथा सुत्केरी बिदा आवश्यकतानुसार थपिनुपर्ने माग अघि सारेका छन्। यसैबी

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ५५८ पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ ।सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेको थियो । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।शुक्रबार

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ४५२ पटक पढिएको
  • रिहाव सेन्टरमा मद्यपानको लत छुटाउन राखिएका व्यक्तिको मृत्यु,सञ्चालकसहित ३ जनालाई पक्राउ, अनुसन्धान जारी

    काठमाडौँ – ललितपुरको गोदावरी-४ स्थित विश्वास नेपाल रिहाव सेन्टरमा ४८ वर्षीय दावा घिसिङको रहस्यमय मृत्यु भएको छ। घिसिङलाई अत्यधिक मद्यपानको लत छुटाउन परिवारले तीन दिन अघि उक्त सुधार केन्द्रमा लगेर राखेका थिए। शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइयो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।घिसिङको मृत्यु पछि उनका आफन्तहरूले बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पतालको अगाडि प्रदर्शन गरे। मृत्युको कारण भने अझै रहस्यमय रहेको छ। प्रहरीको अनुसार, घिसिङले शनिबार राति अचानक मुखबाट फिज निकालेर अस्पताल पुर्‍याइएको थियो, जहाँ उनले मृत्यु प्राप्त गरे।घिसिङका परिवारका सदस्यहरूले सुधार केन्द्रका व

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ५८५ पटक पढिएको
  • शिक्षकपछि चिकित्सक पनि सडकमा, अत्यावश्यक सेवा बाहेक अन्य सेवा ठप्प

    काठमाडौं— लामो समयदेखि विभिन्न माग राखेर शिक्षकहरु सडकमा रहेकै बेला चिकित्सकहरुले पनि आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार (वैशाख १२ गते) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।बिहीबार विज्ञप्ति प्रकाशित गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा सहभागी नहुन चिकित्सकहरुलाई आह्वान गरेको छ ।निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्। चिकित्सा शिक्षा आयोगले तय गरेको आठौं

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ५७२ पटक पढिएको
  • विश्व खोप सप्ताह आजदेखि शुरु हुँदै

    काठमाडौं— विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ। विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रबर्द्धन गर्नु हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख मानिसको जीवन जोगिएको छ।शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको छ। बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ। पक्राउ परेका खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन द

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ४७९ पटक पढिएको
  • चिकित्सकले भोलिदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने

    काठमाडौं—  निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन्।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा डा. तेजसु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए। उनले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माइतीघर मण्डलामा जम्मा भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताए।उनले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप लगाए। उनले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.