स्वास्थ्य

    Showing ७११-७२० of २,५०८ items.
  • २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं— आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ ।सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ४९१ पटक पढिएको
  • बढुवाबाट वञ्चित भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा

    काठमाडौं— आफूहरु बढुवाबाट वञ्चित भएको स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आन्दोलनमा उत्रिएका हुन् ।गत चैत २५ गते दखि स्वास्थ्यकर्मी आन्दोलन गर्दै आएका छन् । मधेस प्रदेशका गरी १ हजार ८ सयभन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्या

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ४५० पटक पढिएको
  • आजदेखि पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भयो कान्ति बाल अस्पतालमा

    काठमाडौं— कान्ति बाल अस्पतालमा बालबालिकाका निम्ति पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भएको छ । बिहीबारदेखि अस्पतालले सेवा प्रवाह सुरु गरेको हो । अस्पतालमा दुईवटा मेसिनसहित आकस्मिक उपचार गर्नेगरी सेवा सुचारु गरिएको अस्पताल निर्देशक डा. पंकज रायले जानकारी दिए । हाललाई आवश्यकताका आधारमा दैनिक डायलायसिस सेवा चलाइने उनले बताए  ।यसअघि आकस्मिक हेमोडायलायसिस आवश्यक पर्ने बालबालिकालाई अन्यत्र पठाउनुपरेका घटना पटकपटक भएपछि स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराएको हो । यो सेवा १५ वर्षसम्मका बालबालिकाले पाउनेछन् ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ४९९ पटक पढिएको
  • गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

    तिलोत्तमा (रुपन्देही) । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास स

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४९७ पटक पढिएको
  • जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।  गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनले बताइन् ।‘यहाँका नागरिक स्वास्थ्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४७६ पटक पढिएको
  • जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

    जुम्ला । पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ । सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् । ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।  जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् । जिल्लाको सिञ्जा गा

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४४४ पटक पढिएको
  • स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

    काठमाडौँ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै  कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए । ‘स्वास्थ्य बिमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ५७० पटक पढिएको
  • मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

    जनकपुर । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुननसकेको बताइएको छ । औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ५९८ पटक पढिएको
  • श्रम शोषणविद्ध चिकित्सकहरू प्रदर्शनमा

    काठमाडौं— आफूहरूमाथि श्रम शोषण भएको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्। माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिकरण रहेकोलगायत विभिन्न मागसहित दबाव दिएका छन्।मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा १९ हजार ५०० मात्र पाएको भन्दै चिकित्सकहरू श्रम शोषणविद्ध प्रदर्शन उनीहरूले प्रदर्शन गरेका छन्। 

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ५०५ पटक पढिएको
  • प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

    सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् ।  उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरिन् ।‘हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ’, उनले भनिन्, ‘नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पोष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।’अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३९२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.