स्वास्थ्य

    Showing ७४१-७५० of २,५०८ items.
  • चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

    चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ३८५ पटक पढिएको
  • भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

    काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए ।सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई  लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ३२१ पटक पढिएको
  • विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए । उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ५०८ पटक पढिएको
  • प्रा डा अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

    काठमाडौँ । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा डा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ ।यो रोगका बिरामीको सङ्ख्या बढेको भन्दै त्यसको पहिचान तथा रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो । समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा डा रोहितकुमार पोखरेल, ‘मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपाल’का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा डा मिता शाह राना तथा मन्त्रालयका नीत

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४३० पटक पढिएको
  • प्रत्येक वर्ष क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२६ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा ११ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले नयाँ क्षयरोगीमध्य १४ जना बालबालिका रहेका जानकारी दिए । ‘जिल्लामा अहिले ४२६ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ’, उनले भने, ‘औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डिआर) भएका पाँच महिला र चार पुरुषको मध्यबिन्दु प्रादेशिक अस्पतालको क्षय

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४४३ पटक पढिएको
  • बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए

    ढोरपाटन (बागलुङ) । यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उनले उल्लेख गर

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ४१७ पटक पढिएको
  • कोभिड–१९ को पाँच वर्षः विनाशकारी महामारीले सिकाएको चार कुरा

    लण्डन । कोभिड–१९ को प्रकोप भएको पाँच वर्ष बितेको छ । विश्व स्वास्थ्य संगठनले ११ मार्च, २०२० मा यसलाई महामारी घोषणा गरेको थियो । यसपछि देशका सरकारले लकडाउन घोषणा गरे । उनीहरुले कैयौं महिनासम्म मानिसलाई क्वारेन्टाइनमै राखे ।संगठनका अनुसार यो महामारीबाट करिब ७७ करोड ७० लाख बढी मानिस संक्रमित भए र ७० लाख मानिसको मृत्यु भयो । संयुक्त राष्ट्र एजेन्सीको कुरा पत्याउने हो भने मृतकको संख्या १ करोड ५० लाख बढी छ ।यो महामारीको विनाशकारी असर अहिले पनि विश्वभर अगाडि आइरहेको छ । तर केही विश्लेषक यो अन्धकारमय समयबाट बाहिर आउँदा केही सकारात्मक सिकाईतर्फ ध्यान केन्द्रीत गरिरहेका छन् ।तनाव र ट्रमा विशेषज्ञ र बेल्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ५७९ पटक पढिएको
  • स्वास्थ्यमन्त्री पौडेल भन्छन क्षयरोग न्यूनीकरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्नुपर्नेछ

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरु बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने जरुरी देखिएको उनले बताए । यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको उनले बताए। खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्य

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ६४१ पटक पढिएको
  • झापामा क्षयरोगका सात सय नयाँ बिरामी

    बनियानी (झापा) । झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना छन् । झापामा आव २०७७÷७८ मा ९९२, आव २०७८÷७९ मा एक हजार १८६ र आव २०७९÷८० मा एक हजार १६५ र आव २०८०÷८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए ।स्वा

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३२३ पटक पढिएको
  • नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

    काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना ९४० प्रतिशत० ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।किन उपचारको दायरामा उनीहरु आएनन तरु केन्द्रका निर्देशक डा श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।‘पर्याप्त स्रोतको अभाव तथा

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.