स्वास्थ्य

    Showing ७८१-७९० of २,५०८ items.
  • वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

    काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ ।बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा.समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए ।सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ६०५ पटक पढिएको
  • नुवाकोट जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा

    त्रिशूली (नुवाकोट) । नुवाकोट जिल्ला पूर्णखोप सुनिश्चितता भएको घोषणा गरिएको छ ।पूर्ण खोपयुक्त सुनिश्चितताको लागि तोकिएका मापदण्ड पूरा भएसँगै जिल्ला खोप समन्वय समितिको आयोजनामा आज जनस्वास्थ्य कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्ण खोपयुक्त सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरे ।मुख्यमन्त्री तामाङले समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा राष्ट्रिय अभियानका खोप कार्यक्रमको आवश्यक प्रक्रिया र क्रियाकलाप अवलम्वन गर्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराए ।‘अहिलेसम्मको अध्ययन र स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ४२३ पटक पढिएको
  • पाल्पाका महिलालाई स्वास्थ्य परामर्श र कानुन सिकाउँदै स्थानीय सरकार

    तानसेन (पाल्पा) । जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् । यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रुपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् ।  रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ । नगरपालिकाका उपप्रमुख बालकुम

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४१३ पटक पढिएको
  • उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह

    चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन् । आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याएकी मनमती भट्ट क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गरिन् । उनले भने,

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ५१२ पटक पढिएको
  • नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

    चितवन । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो । पौडेलले भने, ‘जर्मनबाट सामान ल्याउँदा एउटा छुटेछ । चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ ।’ अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।क्याथल्याब जडानका लागि उपकरणमा रु ११ करोड ५० लाख खर्च भएको भन्दै भौतिक

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ४८६ पटक पढिएको
  • एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

    चितवन । जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत छिन् । उनी एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित छिन् ।गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उहाँले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गरिन् । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उनले बताइन् ।गुरुङले भनिन्, ‘सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केह

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३९१ पटक पढिएको
  • वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप  पनि बनाउने उनले बताए ।‘कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ५४४ पटक पढिएको
  • आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे

    तनहुँ, । जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकारले निर्धारण गरेका सबै प्रकारका खोप, जनरल ओपिडीदेखि गर्भवती जाँच, सुत्केरी तथा शल्यक्रिलयासम्मको सेवा प्रवाह भइरहेको छ ।’विपन्न नागरिकको उपचारमा आकर्षण बढ्न थालेको भन्दै डा क्षेत्रीले अस्पतालले विपन्न नागरिकका लाग

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३९६ पटक पढिएको
  • कर्णाली प्रदेश अस्पतालमा छ जनाको मिर्गौला प्रत्यारोपण

    कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।कर्णाली प्रदेश अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा केशर ढकालले सम्झौता भएदेयही फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए ।उनले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताउनुभयो । ‘प्रत्यारोपण केन्द्रले यसको नियमित

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ६०६ पटक पढिएको
  • कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै

    काठमाडौँ । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुईहप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ । भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गरिन् । उनले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाइन् । ‘खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ’, खड्काले भनिन् ।उनीहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाति तथा दम रोग विशेषज्ञ डा नवीनकुमार मिश्राले

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४९८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.