स्वास्थ्य

    Showing 781-790 of 2,151 items.
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुग्यो

    बिर्तामोड / आज देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ।  पछिल्लो २४ घण्टामा ४४ जना निको भएका छन्। हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 200 पटक पढिएको
  • आजबाट टाइफाइड विरुद्धको खोप अभियान

    बिर्तामोड / सरकारले देशव्यापी रुपमा टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु गरेको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको जनाएको छ ।आज देखि सुरु भएको खोप अभियान आगामी वैशाख १८ गतेसम्म संचालन हुनेछ । केही जिल्लामा भने यसअघि नै खोप लगाउन सुरु गरिसकिएको छ ।ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान शुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलो पट

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 178 पटक पढिएको
  • फेरि खतराको संकेत : भारतमा कोरोनाको नयाँ प्रजाती

    एजेन्सी / भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् ।मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी महिलामा उक्त संक्रमण पुष्टि भएको तर उनी पूर्णतः निको भएर आफ्नो देश फर्किएको डा। जोशीको भनाइ छ ।परीक्षणका क्रममा गत महिना युरोपेली देशहरु र चीनमा तीब्र गतिमा फैलिएको कप्पा भेरियन्ट पनि फेला परेको मुम्बइका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एक्स–ई भेरियन्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 286 पटक पढिएको
  • मूल्य बढाउन सिटामोलको क्षमता बढाउँदै सरकार

    बिर्तामोड / कोभिडको उच्च जोखिम रहेको समयमा सिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खुल्ला गरेको छ ।नियामक निकाय औषधी व्यवस्था विभागले ५०० मिलिग्रामको सिटामोलको क्षमता बढाएर औषधी उद्योगलाई ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेसँगै मूल्यवृद्धिको बाटो खुल्ला भएको हो । स्वास्थ्य सचिव रोशन पोखरेलको अध्यक्षतामा चैत १० गते बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो । नेपालमा ५०० एमजीको  मात्रा सिटामोल उत्पादन हुँदै आएकोमा विभागले ६५० एमजीको सिटामोललाई स्वीकृति द

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 148 पटक पढिएको
  • देशभरका ठूला २० अस्पतालले २० जिल्लामा विशेषज्ञ सेवा दिने

    काठमाडौं / अब देशभरका ठूला २० अस्पतालले नेपालका बिभिन्न २० वटा अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा दिने  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि केही मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा रहेका छन् ।मन्त्रालयले राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्लाका अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानहरूसँग सम्झौता गर्न सुरु गरेको हो ।यसका लागि मन्त्रालयले ‘मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने सम्बन्धी कार्यवि

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 174 पटक पढिएको
  • सरकारमाथि दवाव बढाउँदै उद्योगी : बजारमा जिवनजलको हाहाकार

    बिर्तामोड / उद्योगी – व्यवसायीको चौतर्फी दवाव झेलीरहेको सरकारमाथि औषधी उत्पादकले समेत मूल्यवृद्धि र समायोजनको माग राखेर आन्दोलन थालेका छन् । सिटामोलको मूल्यवृद्धिको विषय पेचिलो बनेको बेला अर्को दैनिक जीवनमा उपयोगी हुने औषधी जिवनजलको मूल्य बढाउन माग गर्दै व्यवसायीले आन्दोलन थालेका छन् ।मूल्यवृद्धिको माग सहित जिवनजल उत्पादक उद्योगीले उत्पादन नै ठप्प पारेर आन्दोलन थालेका हुन् । जिवनजल उत्पादक उद्योगले उत्पादन लागत भन्दा आधामा बेच्नु परेको भन्दै उत्पादन नै बन्द गरेर सरकारमाथि दवाव बढाएका हुन् ।केही उद्योगीले उत्पादन नै बन्द गरिसकेका छन् भने केहिले उत्पादन बन्दका लागि तयारी थालेका छन् । पछिल्लो समय

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 274 पटक पढिएको
  • थप ३२ जना कोरोना सङ्क्रमित

    काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा मृत्यु शून्य रहेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ पुगेको छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 130 पटक पढिएको
  • कोभिड-१९ विरुद्धक पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने

    काठमाडौँ / पूर्ण रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएका मानिसले अब तिन महिनामै बुस्टर डोज लगाउन  पाउने भएको छन् ।राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण खोप लगाएका मानिसलाई तीन महीनामै  बुस्टर डोज दिने निर्णय गरेको हो । नेपालमा  अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा २२ लाख १४ हजार १४० जनाले बुस्टर डोज लगाएका छन् ।स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन  अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 125 पटक पढिएको
  • पाँच वर्षीय बालकको दुई टुक्रा भएको हात जोडियो

    काठमाडौँ / राष्ट्रिय ट्रमा सेन्टरमा पाँच वर्षीय बालकको दुई टुक्रा भइ छिनेको हात शल्यक्रियामार्फत जोडिएको छ । धनुषा जाठी घर भएका बालक कुलदीप मण्डलको हात घाँस काट्ने मेसिनले च्यापिएर दुई टुक्रा भएको थियो । गत फागुन ९ गते तीन जना बालक खेल्दै गर्दा मेसिनमा परेर मण्डलको हात दुई टुक्रा भएको राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीले बताएका हुन् ।  आमाबुवा दुवै दिल्लीमा रहेका मण्डलको हात मेसिनमा परेर छिनेपछि छिमेकीले हातको टुक्रासहित प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । जनकपुरमा प्राथमिक उपचार गरी बालकलाई तत्कालै ट्रमा सेन्टर पुर्याइएको हो ।  समयमा

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 333 पटक पढिएको
  • चीनको साङ्घाईमा कोरोना संक्रमण बढ्दै

    एजेन्सी / चीनको साङ्घाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । भने, शहरका ठूला अस्पतालहरू सङ्क्रमितले भरिएका छन् । पछिल्लो समय सङ्क्रमितको संख्या बढे पनि सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन । बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिति अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन । अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 261 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा