स्वास्थ्य

    Showing 801-810 of 2,151 items.
  • बीपीमा चैत १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित

    धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गतेदेखि सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डलाई बारम्बार ताकेता गर्दा पनि बिमा दाबी गरेअनुसारको रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको बीपी प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार चैत १५ गतेदेखि बिमा कार्डमार्फत ओपिडी, आकस्मिक, तथा अन्तरङ्ग सेवा अन्तर्गत दिने सम्पूर्ण सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ ।बिमित बिरामीको उपचार गरेबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले नदिएपछि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरे

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 148 पटक पढिएको
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    झापा / आज विश्व क्षयरोग दिवस । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर ४० हजार बिरामी सम्पर्क बाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेक

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 226 पटक पढिएको
  • विश्वविद्यालय र सिटिइभिटी मध्ये एकको मात्र कार्यक्रम चलाउन आयोगको निर्देशन

    काठमाडाैँ / चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ देखि प्रतिष्ठान र शिक्षण संस्थाले विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मध्ये एउटाको मात्र कार्यक्रम चलाउन पाउने व्यवस्था गरेको छ । यसभन्दा अघि विश्वविद्यालय र सिटिभिटी दुवैको कार्यक्रम चलाउँदै आएका प्रतिष्ठान र शिक्षण संस्थालाई एउटाको मात्र कार्यक्रम चलाउन चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ । आयोगले शैक्षिक सत्र २०७८ ९९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनु पर्ने भन्दै प्रतिष्ठान र शिक्षण संस्थालाई तीन दिन भित्र विश्वविद्यालय र सिटिभिटी मध्ये कसको कार्यक्रम चलाउने भन्ने जा

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 190 पटक पढिएको
  • नोबेलमा मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

    बिर्तामोड / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने इआरसीपी सेवा सुरु गरीएको छ ।  कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नुपर्ने बाध्यता हुन्छ । तर, इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । यो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 469 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ४४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार चार सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 244 पटक पढिएको
  • आज देशभर ४५ जनामा संक्रमण पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घन्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हाल तीन हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन्भने आज १४७ जना कोरोना मुक्त भएका छन् । 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 124 पटक पढिएको
  • २४ घण्टामा २८ जनामा कोरोना पुष्टि

    काठमाडौं / पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ।अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 136 पटक पढिएको
  • बैतडीकी महिलामा कालाजार संक्रमण पुष्टि

    बैतडी / बैतडीकी एक महिलामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो ।धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ । महिलालाई कालाजार देखिएपछि छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । 

    • प्रकाशित मितिः चैत २, २०७८
    • 162 पटक पढिएको
  • लोकसेवा आयोगले माग्यो ३०० जना स्टाफ नर्स

    काठमाडौँ / लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपाङ्गमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ ।आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 159 पटक पढिएको
  • बीपी प्रतिष्ठानको सिनेट बैठक चैत्र २० गते बस्दै

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक (सभा बैठक) बोलाइएको छ । प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक आगामी चैत्र २० गतेका लागि बोलाइएको हो । सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले काम नगरेको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरिसकेको छ ।कूल सिनेट सदस्य २४ जना रहेका छन् । हाल केही सदस्यहरू निष्क्रिय पनि भइसकेका छन् । लामो समयदेखि प्रतिष्ठानमा भएको विकृतिविरुद्ध विद्यार्थी

    • प्रकाशित मितिः चैत २, २०७८
    • 158 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा