स्वास्थ्य

    Showing ८२१-८३० of २,५०८ items.
  • अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटन पूर्ण रुपमा बन्द

    काठमाडौं । शनिवार पोखराबाट जलनको घटनामा घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रुपमा बन्द गरिएको जनाएको छ । प्रा.डा.वि.डी.झाडा प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली ,प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३९१ पटक पढिएको
  • तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार

    काठमाडौँ । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गरेका छन् ।गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ द

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ५२० पटक पढिएको
  • राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वास्थ्यबारे जानकारी

    कीर्तिपुर (काठमाडौँ) । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनीहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका हुन्। उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उनीहरुको

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ५०० पटक पढिएको
  • झापामा ६१६ नयाँ क्षयरोगी

    बनियानी (झापा) । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए ।आर्थिक वर्ष २०७९÷८० मा एक हजार ४५ र आव २०८०÷८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३२२ पटक पढिएको
  • बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

    नेपालगञ्ज । बाँकेका केही स्थानीय तहहरु हात्तीपाइले रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए ।सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भएपनि जिल्लामा सङ्क्रमित भेटिने क्रम अन्त्य नभएको उनको भनाइ छ । सन् २००३ देखि सुरु भएको औषधि सेवन अभि

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २८६ पटक पढिएको
  • ९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...

    काठमाडौँ । पर्वत–४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन ।  दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो ।  उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाएकी हुन् ।उनले भनिन्, ‘सात–आठ वर्ष अगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भए । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ ।’ उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह न

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ३०५ पटक पढिएको
  • पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’

    झापा । दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागितामा शुक्रवार यहाँ ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ सुरु भएको छ ।विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिवसीय सम्मेलनको उद्घाटनअवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए ।क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनले बताए । उनले क्यान्सर ‘जित्न सकिने

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४६६ पटक पढिएको
  • गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा

    सिरहा । सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताए ।‘गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।’ यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्य

    • प्रकाशित मितिः फागुन २, २०८१
    • २९० पटक पढिएको
  • गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

    गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्वस्वास्थ्य सङ्गठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुुरु गर्दै विश्वस्वास्थ्य सङ्गठन नेपालका डा गोकोटना

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ४१२ पटक पढिएको
  • अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

    जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले आज विभिन्न अस्पतालको अनुगमन गरेको छ ।केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन

    • प्रकाशित मितिः फागुन १, २०८१
    • २६८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.