स्वास्थ्य

    Showing 841-850 of 2,151 items.
  • कोरोना अपडेट : थप १सय ११ जनामा संक्रमण पुष्टि, १को मृत्‍यु

    बिर्तामोड / आज देशभर थप १सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ ज

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 156 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्दै सरकार

    काठमाडौं / सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।सरकारी अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय शुल्क तिर्नुपर्ने हुन्थ्यो ।पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेस गर्नुपर्नेछ ।  

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 250 पटक पढिएको
  • कोरोना अपडेट: थप १सय ५५ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

    बिर्तामोड / आज देशभर थप१सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 148 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने सबैको अब निःशुल्क कोरोना परीक्षण

    एजेन्सी / सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको हो ।यसअघि पीसीआर परीक्षणको शुल्क लिँदै आएकामा अब वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजपत्र लिएर जाने सबै व्यक्तिको निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।जसका सरकारीतर्फ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र वीर अस्पताल रहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 125 पटक पढिएको
  • कोरोना अपडेट: थप २ सय ७५जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / आज देशभर थप २ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ८ हजार ६ सय २८ वटा नमूना परीक्षण गरिएकोमा २ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै देशभर ९ लाख ७६ हजार ६ सय ७० जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ४ सय ९३ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।देशभर ९ हजार २ सय ८० जना कोरोनाका सक्

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 231 पटक पढिएको
  • कोरोना अपडेट ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो ।५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ सक्रिय संक्रमित छन् । जस मध्‍ये ९ हजार ४०६ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 111 पटक पढिएको
  • कोरोना अपडेट: थप ३ सय १२ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 136 पटक पढिएको
  • कोरोना अपडेट थप ४सय ७६ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ४सय७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै यही अवधीमा ३ जनाको कोरोना सक्रमणबाट मृत्‍यु भएको छ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 237 पटक पढिएको
  • नेपालमा थप ३८८ जनामा संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं  / नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २२५ पीसीआर परीक्षणका क्रममा २४७ जना र २ हजार ९१५ एन्टिजेन परीक्षणका क्रममा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९२५ जनाको मृत्यु भएको छ । त्यस्तै थप १२०५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् ।हाल नेपालमा ११ हजार २८२ सक्रिय संक्रमित आइसोलेसन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 128 पटक पढिएको
  • कोरोना अपडेट: थप २सय ६२ जनामा संक्रमण पुष्टि, ४को मृत्यु

    बिर्तामोड  / आज देशभर थप २सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 244 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा