स्वास्थ्य

    Showing ८५१-८६० of २,५०८ items.
  • मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट

    चितवन । यहाँको मौलाकालिका अस्पतालले अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा (ओपिडी) निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ३३५ पटक पढिएको
  • सात वर्षका बालकले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

    काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा  ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन् ।आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् ।न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष  ब्लड क्यान्सरजस्तो गम्भिर रोगसँग जुधिरहेकी चन्द्रकलालाई सहयोग गरेका हुन् ।ब्लड क्यान्सर भएको करिब ६ महिनाको समयमा चन्द्रकलाको करिब १६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको र आर्थिक समस्या भएका कारण उनले 

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ३६७ पटक पढिएको
  • क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

    झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए ।यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको  छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि प

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ४३३ पटक पढिएको
  • डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

    ठूलीभेरी (डोल्पा) । सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुग्नुभएकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पु¥याइएको थियो । गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ३१७ पटक पढिएको
  • महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

    महोत्तरी । गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलनई पोषणयुक्त खाद्यसामग्री प्रदान गरिएको छन् । क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोगप्रदान गरिएको हो । यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।  गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८०  जना कार्यक्रममा समेटिएका छन् । लाभग्राहीलाई छ पटकसम्म पोषक तत्व प्रदान गरिन्छ । क्षयरोगीले औषधी खानअघि खानपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो ।रामगोपालपुर

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४१४ पटक पढिएको
  • झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

    बनियानी (झापा) । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी पाइएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।  कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक÷एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच÷पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई÷दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९÷८० मा एक सय

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४२७ पटक पढिएको
  • स्वास्थ्य परीक्षण दाेहाेर्‍याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको एउटै परीक्षण दाेहाेर्‍याउनु नपर्नेगरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने भएको छ ।स्वाथ्यमन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका हुन् ।मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ ले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको बताए ।अहिले हरेक स्वास्थ्य संस्था

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २८१ पटक पढिएको
  • चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकालेसार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ ।नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग, यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४५४ पटक पढिएको
  • सिरहाका तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

    सिरहा । यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका—९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समग्री हस्तान्तरण गरेको थियो । स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ४४९ पटक पढिएको
  • भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

    चितवन । यहाँको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो ।अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । उनका अनुसार करिब रु सात लाखमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ३१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.