स्वास्थ्य

    Showing ८९१-९०० of २,५०८ items.
  • स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् ।सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताएका हुन् । उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३६३ पटक पढिएको
  • म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

    म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । ‘एक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ४५३ पटक पढिएको
  • उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यन्वयन गर्न आग्रह गरेको हो ।मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ३६९ पटक पढिएको
  • धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध

    धरान (सुनसरी) । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । आज बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए ।नगरप्रमुख राईले भने, ‘बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँ

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४९३ पटक पढिएको
  • सातै प्रदेशमा पुग्यो एचपिभी खोप

    काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३६७ पटक पढिएको
  • रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो ।संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो । अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए । सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए ।आफूले अस्पताल निर्माणमा चास

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३७६ पटक पढिएको
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली (तनहुँ) । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।सामाजिक लाञ्छना र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २८३ पटक पढिएको
  • ह्युमन मेटाप्न्यूमो भाइरसबारे अध्ययन गरिने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस ९एचएमपिभी० बारे अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताए ।‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उनले भने, ‘एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने छ ।’मन्त्रालयले आज एक विज्ञप्ति ज

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३४० पटक पढिएको
  • पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

    गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडि÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३९० पटक पढिएको
  • पोखरामा मानिसक अस्पताल स्थापना गर्न पहल

    गण्डकी । पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन क

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३३२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.