स्वास्थ्य

    Showing 911-920 of 2,151 items.
  • टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालनमा

    काठमाडौँ / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः  हुने भएको छ ।काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्न सकिने अस्पतालका निर्देशक डा मनिषा रावलले जानकारी दिएका छन् ।आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ समेत रावलले बताएका छन् । अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण प

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 167 पटक पढिएको
  • १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

    काठमाडौं / कोभिड –१९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ ।कोभ्याक्स सुविधामार्फत सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 180 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप १० हजार ३१९ जनामा कोरोना पुष्टि, चारको मृत्यु

    काठमाडौं /  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाकाे कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोही अवधिमा निको हुनेको संख्या भने दुई हजार पाँच सय ४० जना रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ । 

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 121 पटक पढिएको
  • ६० स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवा रोकियो

    काठमाडौँ / शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जारी खोप कार्यक्रम स्थगित गरिएको छ । सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।थप स्वास्थ्यकर्मी संक्रमित नहोऊन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ उनले भने ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 188 पटक पढिएको
  • उपचारपछि स्वदेश फर्किदै वर्षमान पुन

    झापा / उपचारका लागि चिन गएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचार सकेर आज स्वदेश फर्कने भएका छन् ।वर्षमान सहित पूर्व सभामुखसमेत रहेकी वर्षमानकी पत्नी ओनसरी घर्ती पनि आज अपरान्ह चार्टर विमान मार्फत सँगै नेपाल आउने भएकी छिन् । वंशाणुगत जन्डिसका बिरामी वर्षमानको उपचार चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गरिएको थियो।जावलाखेलस्थित सुमेरु अस्पतालमा वर्षमानको उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।बैङ्ककस्थित समितिभेज अस्पतालमा समेत स्वास्थ्यमा सुधार नआएपछि मंसिर १० गते उनी चीन गएका थिए ।बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 119 पटक पढिएको
  • धनगढीमा एक कोरोना सङ्क्रमितको मृत्यु

    झापा / धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ ।प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उक्त व्यक्तिको आइसीयुमै राखेर उपचार भइरहेको थियो । 

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 171 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको मृत्यु

    काठमाडौं  / पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 172 पटक पढिएको
  • खोप लगाएको केही समय पछि नै एकजनाको मृत्यु भएपछि

    झापा /  कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका –४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो ।वडाध्यक्ष भिखराम चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 150 पटक पढिएको
  • काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी सङ्गठनले गर्यो तालाबन्दी

    काठमाडौँ / विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी सङ्गठनले आइतबार तालाबन्दी गरेका छन् ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी नेत्रविक्रम चन्द्र र मोहन वैद्य अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरिक्त शुल्कको विरोधमा आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा