स्वास्थ्य

    Showing ९४१-९५० of २,५०८ items.
  • सरकारी कर्मचारीको तलवको २ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रमलाई छुट्याउन स्वास्थ्यमन्त्रीको प्रस्ताव

    काठमाडौं- सरकारी कर्मचारीको तलवको २ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रमका लागि छुट्याउन स्वास्थ्यमन्त्रीको प्रस्तावकाठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था गर्न आफूहरु लागि परेको मन्त्री पौडेलको भनाई छ । आज वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरुको तलवको २ प्रतिशत रकम पनि स्वास्थ्य विमा कार्यक्रमका लागि छुट्याउनुपर्ने प्रस्ताव गरे । स्वास्थ्यमन्त्री पौड

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ६१० पटक पढिएको
  • सहिद गङ्गालाल हृदयरोग केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने

    काठमाडौं–सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले देशका अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । आज स्वास्थ्य मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र केन्द्रबीच सम्झौता स्वीकृति प्रदान गरिएको हो । सम्झौताअनुसार, केन्द्रले खेलाडीहरूको हरेक वर्ष मुटुसहित स्वास्थ्य परीक्षण नि:शुल्क उपलब्ध गराउनेछ । यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ, र सम्झौतासम्बन्धी व्यवस्थापन प्रत्येक वर्ष नवीकरण गरिनेछ । स्वास्थ्य मन्त्री पौडेलले आगामी वर्ष थप स

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ५६५ पटक पढिएको
  • बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसमा ५० विद्यार्थीको स्वीकृति

    काठमाडौं – बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट एमबीबीएसमा ५० विद्यार्थी अध्यापन गर्ने स्वीकृति प्राप्त गरेको छ। जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार‚ यो शैक्षिक वर्षदेखि विद्यार्थी भर्ना सुरु हुनेछ ।कलेजले वि.सं. २०७१ सालमा ३०० शय्याको अस्पतालसहित सञ्चालनमा ल्याएको थियो‚ तर स्वीकृति पाउन लामो समय लाग्यो । सर्वोच्च अदालतको परमादेश र काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भएको छ ।प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जानकारी दिँदै‚ भर्ना र पठनपाठन छिट्टै सुरु हुने बताए । कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा दुई हजार जनाले रोजगारी पाएका

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ९७१ पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च‚ सतर्कता अपनाउन आग्रह

    काठमाडौं – स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । परिवार कल्याण महाशाखा‚ बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भदौ १५ देखि असोज १५ सम्म रोगको उच्च जोखिम हुने बताइएको छ । डा. गौतमले लामखुट्टेको ुक्युलेक्सु प्रजातिले पानी जम्ने ठाउँमा फूल पार्ने समयमा सङ्क्रमण फैलने भन्दै‚ यो रोग सुगुर र हाँसजस्ता जनावरहरूबाट मानिसमा सर्ने स्पष्ट पारे। जनवरी २०२४ देखि हालसम्म ६८० जनामा गरिएको परीक्षणमा ४२ जनामा सङ्क्रमण पुष्टि भएको र कैलाली‚ चितवन‚ सर्लाही‚ सुनसरी जिल्लामा ६ जनाको मृत्यु भएको छ ।सरकारले सन् २०१६ देखि १२ मह

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ५४९ पटक पढिएको
  • निजी अस्पतालले पनि बीमा सुविधा दिनुपर्छ : स्वास्थ्यमन्त्री

    काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमा सुविधा दिनुपर्ने बताएका छन् । शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने मन्त्री पौडेलको तर्क छ । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ५२३ पटक पढिएको
  • अस्पतालको सेवा प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

    काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।आज सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यलाई नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहर

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ३९९ पटक पढिएको
  • नरैनापुरमा पानीको कमीले चार जनाको मृत्यु

    काठमाडौं–बाँकेको नरैनापुर गाउँपालिका–३‚ गेग्लीमा शरीरमा पानीको कमीका कारण एकै परिवारका तीनजना र एक बालकसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेन्द्र श्रेष्ठका अनुसार‚ झाडापखालाका कारण शरीरमा पानीको मात्रा कम हुँदा ७२ घण्टामा चार जनाको मृत्यु भएको हो ।मृतकका आफन्तका अनुसार‚ उनीहरूको उपचारको अभावमा मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहका अनुसार‚ मृतकले झाडापखालाका लक्षण देखाएपनि समयमा उपचार नगरी‚ जीवनजल र अन्य तरल पदार्थको अभावमा ज्यान गुमाएका छन् ।शाहका अनुसार सो क्षेत्रमा झाडापखाला महामारीको रूपमा फैलिएको पुष्टि भएको छैन । यो घटना म

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ६९९ पटक पढिएको
  • देशभर डेङ्गीका बिरामी पाँच हजार नाघे

    काठमाडौं–देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी फैलिएको छ । महाशाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी पुष्टि भएको छ‚ जसमा तीनजनाको निधन भइसकेको छ ।गण्डकी प्रदेशमा दुई हजार चार सय ४० जना संक्रमित छन्‚ जुन सबभन्दा बढी हो। उपत्यकामा ६ सय १६ संक्रमित भेटिएका छन् ।स्वास्थ्य मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी र गैरसरकारी कार्यालय तथा अस्पताल परिसरमा सरसफाइ अभियान चलाउन आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी बिरामीको उप

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ७०९ पटक पढिएको
  • इलाममा डेंगु संक्रिमतको मृत्यु

    इलाम- इलाममा डेंगुको संक्रमणबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । ढकाललाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो । रगतमा प्लेटलेटको संख्या ह्वात्तै घटेपछि ढकालको स्वास्थ्यमा जटिलता आइ मृत्यु भएको चिकित्सकको भनाई छ । वर्खायाम लागेसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ५६४ पटक पढिएको
  • स्वास्थ्य क्षेत्रमा धेरै समस्या छ: स्वास्थ्यमन्त्री

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् ।  काठमाडौंमा आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समस्याको पहिचान गरेर समाधान गर्ने काममा आफू लागेको बताए । मन्त्री पौडेलले अस्पतालहरु मध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गरे । अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको उनको भनाई छ । ‘तुलनात्मक रुपमा यो अस्पताल अलि अगाडि छ, यसले पूणर्ता पाउन जरुरी छ । अहिलेको साधन श्रोतभित्र यो खालको उ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ४९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.