स्वास्थ्य

    Showing 941-950 of 2,151 items.
  • मास्कमा कालोबजारी गर्ने दुईजना पक्राउ

    बिर्तामोड / मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका –१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 113 पटक पढिएको
  • अष्ट्रेलियाका तीन राज्यमा आपतकाल घोषणा

    एजेन्सी / अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै अष्ट्रेलियाका ओमिक्रोन संक्रमित राज्यहरुका लागि थप ५७ हजार स्वास्थ्यकर्मी परिचालन र्गिरएको छ ।अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलियामा दैनिक ७३ हजार कोरोना संक्रमित हुन थालेकाले ५७ हजार स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु गरिएको छ ।हिजो (मंगलबार) अष्ट्रेलियामा कोरोनाका कारण एकै दिन ७६ जनाको मृत्यु भएको थियो । जुन कोरोनाबाट एकै दिन

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 118 पटक पढिएको
  • कोशी अस्पतालका ४६ कर्मचारीलाई संक्रमण

    विराटनगर  / मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका २५ स्वास्थ्यकर्मीसहित आठ डाक्टर र १७ जना नर्स गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । डाक्टर दासका अनुसार संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।‘स्वास्थ्यकर्मी संक्रमित भएपछि सिफ्ट म्यानेजमेन्ट गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘सबै विभाग खुला छन्, तर काम गर्न जनशक्तिलाई संक्रमण देखिँदा गाह्रो भइरहेको छ ।’

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 122 पटक पढिएको
  • प्रदेश एकमा थपिए एकहजार ७१ कोरोना संक्रमित, झापामा मात्रै १सय २६ जना

    बिर्तामोड / आज प्रदेश एकमा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 123 पटक पढिएको
  • कोरोना भित्रिएयताकै उच्च संक्रमण, देशभर थपिए१० हजार बढी संक्रमित

    बिर्तामोड / आज देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो। यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो।मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ। 

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 145 पटक पढिएको
  • मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको आदेश

    काठमाडौं / काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निर्णय मन्त्रिपरिषद्को निर्णयसँग बाझिएको छ ।पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्ध, पास्नी, मृत्यु संस्कार लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप  सञ्चालन गर्दा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनिएको थियो ।तर, मंगलबार काठमाडौं उपत्यकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको उल्लेख छ ।मन्त्रिपरिषद्ले पार्टी प्यालेसमा २५ जनाभन्दा बढीको भेलामा रोक लगाए पनि प्रशासनले ५० जनासम्म उपस्थित हुन दिने भएको छ । जसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 124 पटक पढिएको
  • थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  /  पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार नमुनाको पीसीआर  परिक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 116 पटक पढिएको
  • विश्वमा एकै दिन १९ लाख ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी  / विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको वल्डो मिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन तीन हजार ९९९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५५ लाख ५७ हजार ६०५ पुगेको छ । त्यस्तै २४ घण्टामा १० लाख एक हजार ७७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २६ करोड ७६ लाख २२ हजार ९७४ पुगेको छ ।वल्ड

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 94 पटक पढिएको
  • पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

    बिर्तामोड / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।  मन्त्री आलेको  स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरू  स्वाब परीक्षणको तयारीमा छन् । मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।मन्त्रीमा कोरोना देखि

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 112 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

    काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । हप्ता दिनअघि कोरोना पोजेटिभ भएका प्रचण्ड त्यसपछि होम आइसोलेसनमा रहेका थिए । उनले घरमै बसेर आवश्यक उपचार गराएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा