विचार

    Showing 1-10 of 382 items.
  • विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत: कुलमान घिसिङ

    काठमाडौँ / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्।मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले उल्टै विद्युत्माथि करको भार बढाएको बताए।उनले भने,‘देशमै विद्युत् खपत बढाउनुपर्छ। ग्यास रिप्लेस गर्नुप¥यो, पेट्रोल, डिजेल रिप्लेस गर्नुप¥यो। विद्युत् खेर जानुभन्दा त्यसको खपत बढाउनु

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 156 पटक पढिएको
  • उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन: अध्यक्ष श्रेष्ठ

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् । मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे । तर उद्योग खुलेपछि तिनको अवस्था र समस्या समाधानमा सरकारले ध्यान नदिएको उनको गुनासो थियो । उनले भने,‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, स

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 78 पटक पढिएको
  • नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ: उपराष्ट्रपति

    काठमाडौं / उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् ।भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।उनले भने, ‘नाडा अटो शो एउटा व्यापारी मोला वा प्रर्दशनिमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता, आर्थिक रूपान्तरणको निमित्त सशक्त मार्गचित्र बन्नसक्छ ।’ उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन, अटो पा

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 85 पटक पढिएको
  • खुला सीमामा बढ्दो लागूऔषधको जालो

    देवेन्द्र के. ढुङगाना \ नेपाल–भारत सीमा दुई देशबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धको सेतु हो। तर यही खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार र कारोबार अहिले नेपाली समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ। सीमा क्षेत्रमा लागूऔषध बरामद हुने, कारोबारी पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रम बढ्नु केवल प्रहरीको अपराध तथ्यांकमा थपिएको संख्या होइन, यसले नेपाली समाजमा फैलिँदै गएको एउटा गम्भीर सामाजिक संकटको संकेत  पनि गर्छ।कोशी प्रदेशमा लागूऔषधसम्बन्धी अवस्थाले यसको गम्भीरता स्पष्ट पार्छ। आर्थिक वर्ष २०७९/८० मा प्रदेशभर विभिन्न अपराधसँग सम्बन्धित ८ हजार ७ सय १९ मुद्द

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 230 पटक पढिएको
  • शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ: मन्त्री पोखरेल

    काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहेको बताए । उनले नेपालमा हाल शिक्षामा कुल बजेटको ११ प्रतिशतभन्दा कम रकम विनियोजन भइरहेको बताए । शिक्षामा थप पाँच अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा शिक्षाको बजेट अझै बढ्नसक्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 124 पटक पढिएको
  • बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ: प्रदीप ज्ञवाली

    काठमाडौं / नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको दाबी गरे ।ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 105 पटक पढिएको
  • रेमिटेन्स आउँछ, मत किन आउँदैन ?

    काठमाडौं। ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अहिले लोकप्रिय नारा हो। तर निर्वाचनको दिन आइपुग्दा यही नाराले अलि असजिलो प्रश्न सोध्छ—सधैंको नेपाली हो भने मत हाल्ने बेला चाहिँ किन सीमापारि अड्किनुपर्छ ? विदेशमा रहेका नेपालीले विप्रेषण पठाउँछन्, घर चलाउँछन्, अर्थतन्त्र धान्छन्, परिवारको पढाइ र उपचार खर्च बेहोर्छन्। तर प्रतिनिधि छान्ने दिनमा उनीहरूलाई भनिन्छ—‘मत हाल्न मन छ भने टिकट काटेर घर–गाउँ आउनुस्।’ यसरी हेर्दा हाम्रो लोकतन्त्रले रेमिटेन्सलाई ‘अनलाइन’ स्वीकारेको छ, मताधिकारलाई भने अझै ‘भौतिक उपस्थितिमा मात्र’ राखेको छ।निर्वाचन आयोगले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका मतद

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 103 पटक पढिएको
  • सामाजिक सञ्जालमा चरित्रको परीक्षा

    तोमनाथ उप्रेती, काठमाडौं। नेपालमा सामाजिक सञ्जाल अब केवल मनोरञ्जन, सूचना आदानप्रदान वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र रहेन; यो सामाजिक चेतना निर्माण, राजनीतिक बहस, सार्वजनिक दबाब, व्यवसाय प्रवद्र्धन र नागरिक सहभागिताको महत्वपूर्ण मञ्च बनेको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायतका माध्यमले सामान्य नागरिकलाई समेत सार्वजनिक बहसमा सहभागी हुने अभूतपूर्व अवसर दिएका छन्। तर अभिव्यक्तिको यो विस्तारसँगै सामाजिक सञ्जाल नेपाली समाजको नैतिक चरित्र परीक्षण गर्ने नयाँ ऐना पनि बन्दै गएको छ।नेपालको वर्तमान डिजिटल परिवेशमा सूचना अत्यन्त तीव्र गतिमा फैलिन्छ । कुनै घटना घटेको केही मिनेटमै

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 88 पटक पढिएको
  • नेपाली कांग्रेसको नेतृत्व विवाद : संकट, सान्दर्भिकता र नेपालको लोकतान्त्रिक भविष्य कता?

    देवेन्द्र के ढुङगाना  \  नेपाली कांग्रेसभित्र चुलिएको पछिल्लो नेतृत्व तथा वैधानिकताको विवाद एउटा दलको आन्तरिक झगडामा मात्र सीमित विषय होइन। यो विवादले नेपालको लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको संस्थागत चरित्र, निर्वाचन प्रणालीप्रतिको विश्वास र राज्य सञ्चालनमा प्रमुख दलहरूको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएको छ। विशेषतः शेरबहादुर देउवा पक्षले मध्यअसोजका लागि तय गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेपछि पार्टीभित्रको विवाद थप संवैधानिक तथा कानुनी मोडमा पुगेको देखिन्छ।देउवा र भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • 345 पटक पढिएको
  • जलवायु जोखिम बढ्दै, ऊर्जा र खाद्य सुरक्षामा सरकारको चिन्ता

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले ऊर्जा, कृषि, सिँचाइ तथा खाद्य सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने बताएका छन्।शुक्रबार आयोजित ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठी: नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सुपर एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार एल निनोको प्रभाव सुरु भइसकेको छ भने यसको तीव्रता अझै अनिश्चित रहेकाले थप सतर्कता आवश्यक छ।उनले जल तथा मौसम विज्ञान विभागले जेठ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.