काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइन् । उनले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्न
काठमाडौं / गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उनले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताए । उनले नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ललितपुर र भक्तपुरले नेपालको कला, संस्क
काठमाडौं / संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्मेवारी भएको बताए ।‘संसदीय समितिको भूमिका, सुरक्षा निकायमाथि गरिएको व्यवहार र उत्पन्न विवाद’ विषयमा सजग समूहले आयोजना गरेको समसामयिक राजनीतिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पाण्डेले संसदीय सुनुवाइमा सांसदहरूले उच्च पदमा रहेका व्यक्तिलाई प्रश्न गर्न पाउने बताए ।उनले संसदीय सुनुवाइलाई अन्तर्राष्ट्रिय अभ्
काठमाडौं / नेपालमा सूचनाको हक लागू भएको २० वर्ष पूरा भएको अवसरमा यसको प्रभावकारी कार्यान्वयन र आमनागरिकमा सही बुझाइ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।लेखक धर्मेन्द्र झाले सूचनाको हकलाई अझै पनि धेरैले पत्रकारको अधिकार मात्र ठान्ने भ्रम रहेको उल्लेख गर्दै यो संविधानले प्रत्याभूत गरेको प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताएका छन्। उनका अनुसार सूचनाको हकले पारदर्शिता, सुशासन, जवाफदेहिता र लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने आधार तयार गर्छ। तर कानुन बनेको दुई दशक बितिसक्दा पनि यसको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको र सरकारी निकायको प्राथमिकतामा नपरेको उनको टिप्पणी
देवेन्द्र के. ढुङगाना \ नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्न
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। आफ्नै दलभित्र मन्त्री चयनको विषयमा सहमति जुट्न नसकेपछि उनले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले विश्वासको मत लिने निर्णय गरेका हुन्। यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी गरिए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको छ। मंगलबार नेकपाको संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको बताइएको छ। यस विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा मुख्यमन्त्री भट्टबीच पनि छलफल भएको थियो। मुख्यमन्त्री न
काठमाडौं / प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कानून निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपेक्षित उद्देश्य हासिल हुने बताएका छन्।सोमबार आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै उनले समयअनुसार विकसित नयाँ अवधारणा, सामाजिक मान्यता र व्यवहारलाई समेट्न कानून निर्माण तथा संशोधन गरिने बताए। उनका अनुसार प्रचलित कानूनमा रहेका कमजोरी र अपूर्णतालाई सुधार गर्न समयसापेक्ष संशोधन आवश्यक हुन्छ।प्रधानन्यायाधीश शर्माले २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले पुरानो मुलुकी ऐनको तुलनामा आधुनिक कानुनी मान्यता अंगीकार गरेको उल्लेख गरे। विश्वव्यापी रूपमा स्वीक
देवेन्द्र के. ढुङगाना: नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्नो
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले समीक्षा गर्दै जनताको विश्वास पुनः जित्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उनले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले व्यहोरेको पराजय अपेक्षाविपरीत रहेको र त्यसको गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरे। भुसालले निर्वाचन परिणामले वाम आन्दोलनका कमजोरी उजागर गरेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउन आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति पनि चिन्ता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.