काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान र भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताएका छन् ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै राईले मातृभाषा र पहिचान व्यक्तिको मात्र नभई सम्पूर्ण राष्ट्रसँग जोडिएको विषय भएको बताएका हुन् । मानिस जन्मिँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने बताउँदै उनले प्रकृति, पहिचान, विविधता र संस्कारसँगै हाम्रो भाषा र पहिचान जोडिएर आउने उनले बताए । उनले भने, ‘हामी जन्मदै यही भाषा अङगीकार गर्छु भनेर सोचेर जन्मेको हुँदैनौँ । प्रकृतिले
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले समावेशी व्यवस्था विधेयकमै समावेश गर्नुपर्ने धारणा व्यक्त गर्दै यसको कार्यान्वयन क्रमिक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले हाल सरकारी निकायहरूमा समावेशी नियुक्तिको अवस्था सन्तोषजनक नभएको उल्लेख गरे।उनले समावेशी व्यवस्था राख्नु सकारात्मक भए पनि व्यवहारमा
काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई सुदृढ बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। उनले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा सहज रूपमा प्राप्त गर्न सके मात्रै लोकतन्त्र थप सशक्त बन्ने धारणा व्यक्त गरिन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले मातृभाषा पत्रकारिताको महत्व अझ बढी रहेको बताइन्।उनले नेपालको पहिचान इतिहासका दस्तावेजमा मात्र सीमित नभई यहाँका भाषा,
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न क्षेत्रमा देखिएको रासायनिक मल अभाव तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले रोपाइँ सकिए पनि विशेषगरी मधेशलगायतका क्षेत्रमा किसानले अझै पनि पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले सरकारले समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।प्रचण्डका अनुसार उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाको प्रभावका कारण वास्तविक किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक
काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानमार्फत स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका उपलब्धिलाई जोगाउँदै थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएकाले कुनै पनि बहानामा कमजोर बनाउन नहुने उनको भनाइ छ।आङदेम्बेले संविधानमा देखिएका कमजोरी संशोधन र परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनआन्दोलन र लोक
काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले विविधताबीचको आपसी सद्भाव, सहअस्तित्व र एकताले देशको राष्ट्रिय शक्ति अझ सुदृढ बनाउने उल्लेख गरे।उनले नेपालको संविधानले सबै समुदायलाई समान अधिकार प्रदान गर्नुका साथै समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको बताए। आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा सम्मान गर्नुपर्नेमा उनले जोड दिए।अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण
काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दाबी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए । उनले तथ्यांकले यस वर्ष तुलनात्मक रूपमा कम विद्युत अवरोध लोड ट्रिपिङ तथा आपूर्ति अवरोध भएको र समस्या समाधानमा पनि छिटो प्रतिक्रिया दिइएको देखाएको उल्लेख गरे।मन्त्री श्रेष्ठका अनुसार २०४२ सालपछि नेपालको विद्युत माग करिब १५ प्रतिशतले वृ
काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले विनियोजन गरेको बजेट नलिने भएका छन्।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवासका लागि सरकारले आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, उक्त सरकारी रकम स्वीकार गर्न आफू नैतिक रूपमा असमर्थ रहेको डा. कोइरालाले बताएका छन्।उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्रसमेत पठाएका छन्। डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्र पठाइएको ज
काठमाडौं / सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत बढीभन्दा बढी व्यक्ति तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर तिर्ने संस्कृतिको विकास र डिजिटल प्रणालीको प्रयोग बढाउँदै करको दायरा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिले कर प्रणालीलाई पारदर्शी बनाउन तथा राजस्व चुहावट नियन्त्रण गर्न सहयोग पुग्ने बताए।उनका अनुसार डिजिटल माध्यमबाट कर प्रणालीलाई थप सहज र प्रभावकारी बनाउँदै करको दायराबाहिर रहेक
काठमाडौं / गृहमन्त्री सुधन गुरुङले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर तीनै तहका सरकारको सहकार्यमा योजना अघि बढाइरहेको जानकारी दिए। उनले नेपालले विभिन्न समयमा राजनीतिक तथा सामाजिक उतारचढाव बेहोरेको उल्लेख गर्दै त्यसको असर नागरिकको मानसिक स्वास्थ्यमा पनि परेको बताए। यस्ता चुनौतीलाई सम्बोधन गर्न सरकार योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ थियो।गृहमन्त्री गुरुङले आत्महत्या रोकथामका ला
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.