विचार

    Showing ५१-६० of ४१९ items.
  • भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

    काठमाडौं / संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्मेवारी भएको बताए ।‘संसदीय समितिको भूमिका, सुरक्षा निकायमाथि गरिएको व्यवहार र उत्पन्न विवाद’ विषयमा सजग समूहले आयोजना गरेको समसामयिक राजनीतिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पाण्डेले संसदीय सुनुवाइमा सांसदहरूले उच्च पदमा रहेका व्यक्तिलाई प्रश्न गर्न पाउने बताए ।उनले संसदीय सुनुवाइलाई अन्तर्राष्ट्रिय अभ्

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • २२० पटक पढिएको
  • सूचनाको हक पत्रकारको मात्र होइन, सबै नागरिकको अधिकार: धर्मेन्द्र झा

    काठमाडौं / नेपालमा सूचनाको हक लागू भएको २० वर्ष पूरा भएको अवसरमा यसको प्रभावकारी कार्यान्वयन र आमनागरिकमा सही बुझाइ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।लेखक धर्मेन्द्र झाले सूचनाको हकलाई अझै पनि धेरैले पत्रकारको अधिकार मात्र ठान्ने भ्रम रहेको उल्लेख गर्दै यो संविधानले प्रत्याभूत गरेको प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताएका छन्। उनका अनुसार सूचनाको हकले पारदर्शिता, सुशासन, जवाफदेहिता र लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने आधार तयार गर्छ। तर कानुन बनेको दुई दशक बितिसक्दा पनि यसको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको र सरकारी निकायको प्राथमिकतामा नपरेको उनको टिप्पणी

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८८ पटक पढिएको
  • धर्ममा राजनीति जहर : देउवाको नयाँ लाइनले जन्माएको गम्भीर प्रश्न

    देवेन्द्र के. ढुङगाना \ नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्न

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ३३१ पटक पढिएको
  • विश्वासको मतअघि मन्त्री चयनमा अल्झियो सुदूरपश्चिम सरकार

    धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। आफ्नै दलभित्र मन्त्री चयनको विषयमा सहमति जुट्न नसकेपछि उनले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले विश्वासको मत लिने निर्णय गरेका हुन्। यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी गरिए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको छ। मंगलबार नेकपाको संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको बताइएको छ। यस विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा मुख्यमन्त्री भट्टबीच पनि छलफल भएको थियो। मुख्यमन्त्री न

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २०७ पटक पढिएको
  • संहिताको प्रभावकारी कार्यान्वयनमै जोड: प्रधानन्यायाधीश शर्मा

    काठमाडौं / प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कानून निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपेक्षित उद्देश्य हासिल हुने बताएका छन्।सोमबार आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै उनले समयअनुसार विकसित नयाँ अवधारणा, सामाजिक मान्यता र व्यवहारलाई समेट्न कानून निर्माण तथा संशोधन गरिने बताए। उनका अनुसार प्रचलित कानूनमा रहेका कमजोरी र अपूर्णतालाई सुधार गर्न समयसापेक्ष संशोधन आवश्यक हुन्छ।प्रधानन्यायाधीश शर्माले २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले पुरानो मुलुकी ऐनको तुलनामा आधुनिक कानुनी मान्यता अंगीकार गरेको उल्लेख गरे। विश्वव्यापी रूपमा स्वीक

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७० पटक पढिएको
  • धर्ममा राजनीति जहर : देउवाको नयाँ लाइनले जन्माएको गम्भीर प्रश्न

    देवेन्द्र के. ढुङगाना: नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिले एउटा गम्भीर प्रश्न उठाएको छ—लोकतान्त्रिक समाजवाद, राष्ट्रिय एकता र बहुलवादी लोकतन्त्रको राजनीतिक विरासत बोकेको कांग्रेस अब धर्मलाई राजनीतिक ध्रुवीकरणको औजार बनाउने बाटोतर्फ त अग्रसर हुँदै छैन? देउवा पक्षको राष्ट्रिय भेलामा अन्तिम समयमा सनातन धर्मलाई ‘राष्ट्रिय पहिचान’सँग जोडेर पाँचबुँदे घोषणापत्र पारित गरिएको प्रसंगले यही प्रश्नलाई थप पेचिलो बनाएको छ।उपलब्ध विवरणअनुसार भेलाका लागि तयार गरिएको २० बुँदे निष्कर्षमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकका रूपमा स्वीकार गर्दै सबै धर्म–सम्प्रदायलाई आफ्नो

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३४२ पटक पढिएको
  • कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर जनतामाझ फर्किनुपर्नेमा भुसालको जोड

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले समीक्षा गर्दै जनताको विश्वास पुनः जित्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उनले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले व्यहोरेको पराजय अपेक्षाविपरीत रहेको र त्यसको गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरे। भुसालले निर्वाचन परिणामले वाम आन्दोलनका कमजोरी उजागर गरेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउन आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति पनि चिन्ता

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २५१ पटक पढिएको
  • वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ: शक्ति बस्नेत

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने रु’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्रै त्यसले ठोस परिणाम दिन सक्ने बताए । उनले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधि अलग–अलग हुँदा त्यसको परिणाम अपेक्षाअनुसार आउन नसकेको उल्लेख गरे ।‘हामीले विभिन्न कोणबाट, विभिन्न ढङ्गले राष्ट्रियता, राष्ट्रिय ह

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २२७ पटक पढिएको
  • मदन भण्डारीका विचार अपनाउन युवालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् ।आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन् ।उनले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको स्मरण गरिन् । लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०७ पटक पढिएको
  • कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो: मन्त्री गौतम

    काठमाडौं / कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ ।बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनको समग्र सुधारका लागि विद्यमान कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताइन् । उनले समितिमा उठेका प्रश्न, प्रतिवेदनमा समेटिएका स

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.