विचार

    Showing ७१-८० of ४१९ items.
  • स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन: वीरेन्द्रराज पाण्डे

    काठमाडौं / नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन् ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइम) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै उनले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य रहेको बताए ।पाण्डेका अनुसार नेपालले विगतका आर्थिक चुनौती र अनुभवबाट पाठ सिक्दै अब लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्छ । सरकार परिवर्तनसँगै नीति, प्राथमिकता र कार्यान्वयनका

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ९९ पटक पढिएको
  • विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र: अञ्जन श्रेष्ठ

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै उच्चमध्येको कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्र प्रतिस्पर्धात्मक बन्न नसकेको बताएका छन् ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले अझै पनि अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने दृष्टिकोण नबदल्दा उद्योगको विकासमा अवरोध सिर्जना भएको बताए ।उनले अटोमोबाइल क्षेत्रलाई केवल सवारी बिक्री वा आयातसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै यसलाई कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा रूप

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १८७ पटक पढिएको
  • यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

    काठमाडौं / नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले बताएकी छन् ।उनले नेपालमा गतिशीलता (मोबिलिटी) लाई केवल सवारीसाधनको प्रयोगसँग मात्र नजोडी शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँचसँग सम्बन्धित विषयका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरिन् । उनका अनुसार यातायात प्रणालीको विकासले आर्थिक गतिविधि विस्तार गर्नुका साथै नागरिकको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।वैद्यले विश्वभर स

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १९२ पटक पढिएको
  • मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ: चेम्बर अध्यक्ष अग्रवाल

    काठमाडौं / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।मंगलबार नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको छ ।उनले भने,‘उद्योगसँग सम्बन्धित तथ्यांकले देखाउँछ नेपालको कुल ग्रास्त उत्पादनमा मोबिलिटी क्षेत्रको करिब सात प्रतिशतको योगदान पुर्याइरहे

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १७८ पटक पढिएको
  • सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ: आईजीपी कार्की

    काठमाडौं / प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताए ।उनले भने, ‘सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ । यसरी सवारी साधन आयात गर्दा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई ध्यानमा राखेर मैले यो कुरा राखेको हुँ।’सडकमा गुड्ने प्रत्येक सव

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १८९ पटक पढिएको
  • संघसँग प्रदेशको गुनासो स् कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय राष्ट्रिय बैठकमा उठाउने

    विराटनगर / कोशी प्रदेश सरकारले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष पुनः दबाब बढाउने भएको छ । विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय सरकारबाट सम्बोधन हुन नसकेका विभिन्न विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको हो ।बैठकले संघीय निजामती सेवा ऐन तत्काल ल्याउनुपर्ने, प्रदेशका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने, प्रहरी समायोजन गर्नुपर्ने तथा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने यातायातसम्बन्धी ट्राफिक जरिवाना प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था गर्नुपर्ने विष

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १७३ पटक पढिएको
  • लहानमा तत्काल ट्रमा युनिट, ढल्केबरमा ट्रमा सेन्टर निर्माण यथावत्

    काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको प्रक्रिया यथावत् रहने स्पष्ट पार्दै तत्काल सेवा प्रवाहका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गरिने बताएकी छन्।सोमबार प्रतिनिधि सभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले त्यसअघिसम्म दुर्घटनामा परेका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन लहानमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले बताइन्।उनका अनुसार लहानस्थित प्र

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १९८ पटक पढिएको
  • मातृभाषा र पहिचानका विषयमा राज्य संवेदनशील हुन सकेन:निष्कल राई

    काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान र भाषिक अधिकारका विषयमा राज्य अझ संवेदनशील हुनुपर्ने बताएका छन् ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै राईले मातृभाषा र पहिचान व्यक्तिको मात्र नभई सम्पूर्ण राष्ट्रसँग जोडिएको विषय भएको बताएका हुन् । मानिस जन्मिँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने बताउँदै उनले प्रकृति, पहिचान, विविधता र संस्कारसँगै हाम्रो भाषा र पहिचान जोडिएर आउने उनले बताए । उनले भने, ‘हामी जन्मदै यही भाषा अङगीकार गर्छु भनेर सोचेर जन्मेको हुँदैनौँ । प्रकृतिले

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १८५ पटक पढिएको
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समावेशी नियुक्तिको व्यवस्था गर्न मन्त्री पुनको जोड

    काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले समावेशी व्यवस्था विधेयकमै समावेश गर्नुपर्ने धारणा व्यक्त गर्दै यसको कार्यान्वयन क्रमिक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले हाल सरकारी निकायहरूमा समावेशी नियुक्तिको अवस्था सन्तोषजनक नभएको उल्लेख गरे।उनले समावेशी व्यवस्था राख्नु सकारात्मक भए पनि व्यवहारमा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १०३ पटक पढिएको
  • लोकतन्त्र सुदृढ बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण: मन्त्री गौत्तम

    काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई सुदृढ बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। उनले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा सहज रूपमा प्राप्त गर्न सके मात्रै लोकतन्त्र थप सशक्त बन्ने धारणा व्यक्त गरिन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले मातृभाषा पत्रकारिताको महत्व अझ बढी रहेको बताइन्।उनले नेपालको पहिचान इतिहासका दस्तावेजमा मात्र सीमित नभई यहाँका भाषा,

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.