विचार

    Showing ८१-९० of ४१९ items.
  • मल अभाव अन्त्य गर्न सरकारलाई प्रचण्डको सुझाव

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न क्षेत्रमा देखिएको रासायनिक मल अभाव तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले रोपाइँ सकिए पनि विशेषगरी मधेशलगायतका क्षेत्रमा किसानले अझै पनि पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले सरकारले समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।प्रचण्डका अनुसार उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाको प्रभावका कारण वास्तविक किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १९५ पटक पढिएको
  • संविधानका उपलब्धि जोगाउन आङदेम्बेको जोड

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानमार्फत स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानका उपलब्धिलाई जोगाउँदै थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएकाले कुनै पनि बहानामा कमजोर बनाउन नहुने उनको भनाइ छ।आङदेम्बेले संविधानमा देखिएका कमजोरी संशोधन र परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनआन्दोलन र लोक

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १५७ पटक पढिएको
  • नेपालको विविधता राष्ट्रिय एकताको आधार : ओली

    काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन्।विश्व आदिवासी दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले विविधताबीचको आपसी सद्भाव, सहअस्तित्व र एकताले देशको राष्ट्रिय शक्ति अझ सुदृढ बनाउने उल्लेख गरे।उनले नेपालको संविधानले सबै समुदायलाई समान अधिकार प्रदान गर्नुका साथै समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको बताए। आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा सम्मान गर्नुपर्नेमा उनले जोड दिए।अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १८४ पटक पढिएको
  • प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता ऊर्जामन्त्री

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दाबी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए । उनले तथ्यांकले यस वर्ष तुलनात्मक रूपमा कम विद्युत अवरोध लोड ट्रिपिङ तथा आपूर्ति अवरोध भएको र समस्या समाधानमा पनि छिटो प्रतिक्रिया दिइएको देखाएको उल्लेख गरे।मन्त्री श्रेष्ठका अनुसार २०४२ सालपछि नेपालको विद्युत माग करिब १५ प्रतिशतले वृ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १६७ पटक पढिएको
  • कोइराला निवासका लागि विनियोजित २ करोड रुपैयाँ नलिने शेखर कोइरालाको निर्णय

    काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले विनियोजन गरेको बजेट नलिने भएका छन्।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवासका लागि सरकारले आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, उक्त सरकारी रकम स्वीकार गर्न आफू नैतिक रूपमा असमर्थ रहेको डा. कोइरालाले बताएका छन्।उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्रसमेत पठाएका छन्।  डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्र पठाइएको ज

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ४०८ पटक पढिएको
  • करदाता प्रोत्साहन कार्यक्रमबाट औपचारिक अर्थतन्त्र विस्तारको लक्ष्य

    काठमाडौं / सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत बढीभन्दा बढी व्यक्ति तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर तिर्ने संस्कृतिको विकास र डिजिटल प्रणालीको प्रयोग बढाउँदै करको दायरा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिले कर प्रणालीलाई पारदर्शी बनाउन तथा राजस्व चुहावट नियन्त्रण गर्न सहयोग पुग्ने बताए।उनका अनुसार डिजिटल माध्यमबाट कर प्रणालीलाई थप सहज र प्रभावकारी बनाउँदै करको दायराबाहिर रहेक

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २९२ पटक पढिएको
  • मानसिक स्वास्थ्यमा तीन तहका सरकारबीच समन्वय आवश्यक: गृहमन्त्री गुरुङ

    काठमाडौं / गृहमन्त्री सुधन गुरुङले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर तीनै तहका सरकारको सहकार्यमा योजना अघि बढाइरहेको जानकारी दिए। उनले नेपालले विभिन्न समयमा राजनीतिक तथा सामाजिक उतारचढाव बेहोरेको उल्लेख गर्दै त्यसको असर नागरिकको मानसिक स्वास्थ्यमा पनि परेको बताए। यस्ता चुनौतीलाई सम्बोधन गर्न सरकार योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ थियो।गृहमन्त्री गुरुङले आत्महत्या रोकथामका ला

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २३४ पटक पढिएको
  • इतिहास, बलिदान र पुस्तान्तरणको बहस स् राजनीतिक निकासको खोजी

    काठमाडौं । नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय पुराना र नयाँ शक्तिबीचको बहस तीव्र बन्दै गएको छ । एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि छ भने अर्कोतिर नयाँ राजनीतिक शक्तिप्रति जनताको अपेक्षा चुलिएको देखिन्छ ।यस्तै परिवेशमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाजुराको गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष अमर विकले नेपालको राजनीतिक यात्रालाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका लागि नेपाली समाजले लामो संघर्षको मूल्य चुकाएको छ । त्यसैले वर्तमान राजनीतिक प्रणालीका कमजोरीहरू औँल्याउने क्रममा विगत

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ११५ पटक पढिएको
  • अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ: अर्थमन्त्री

    काठमाडौँ / अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले यस्तो धारणा राखेका हुन् । उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १,०४७ पटक पढिएको
  • ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ: अर्थविद् न्यौपाने

    काठमाडौं / अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् । उनले ककनीलाई फोहोर थुपार्ने स्थानका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गरी विकास, लगानी र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय प्रेस क्लबले स्थानीय तहका समस्या र सम्भावनाबारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकलगायत क्षेत्रबाट उत्पादन हुने फोहोर ककनीले लामो समयदेखि व्यवस्थापन गर्दै आएको उल्लेख गरे। उनले फोहोर उत्पादन गर्ने क्षेत्रले

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३४३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.