विदेश

    Showing 991-1,000 of 1,434 items.
  • भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण

    काठमाडौँ / भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । कोभिड बढिरहेका बेला लाखौं हिन्दु भक्तजनहरू गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरहरूमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • 69 पटक पढिएको
  • भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

    एजेन्सी / भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्।भारतमा अहिले सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८ सय २० पुगेको छ। शुक्रबार भारतका विभिन्न राज्यहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ६ हजार ४१ जना संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा सवै भन्दा बढी कोरोना संक्रमित देखिएका छन्।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 79 पटक पढिएको
  • अमेरिकाको रासायनिक कारखानामा आगलागी

    एजेन्सी  / संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ’ लोराले भने । लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 80 पटक पढिएको
  • युरोपेली संसद्‌का अध्यक्ष सासोलीको निधन

    ब्रसेल्स(एजेन्सी)  युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार बिहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 91 पटक पढिएको
  • पाकिस्तानी तालिबानका शीर्ष नेता अफगानिस्तानमा मारिए

    काठमाडौँ / पाकिस्तानी तालिवान तथा तेहरीक–ए–तालिबान पाकिस्तानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानमा मारिएका छन् ।अल जजिराका अनुसार अहिले तालिवान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका शीर्ष नेता अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन् ।समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमानजिक रहेको क्षेत्रमा उनी मारिएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा थप जानकारी भने आउन बाँकी रहेको समेत समाचारमा उल्लेख गरिएको छ ।  

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 93 पटक पढिएको
  • न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु, ३२ घाइते

    झापा(एजेन्सी) अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।१९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् । न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो ।अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । आ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 92 पटक पढिएको
  • यमनमा बारुदी सुरुङ बिष्फोट हुँदा ५ को मृत्यु

    एजेन्सी / यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । हुथी मिलिशियाले विष्फोटक ल्यान्डमाइनहरू शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले जनाएको छ । सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटका विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्‌याइएको बारुदी सुरूङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 97 पटक पढिएको
  • कोभिडको प्रकोप अमेरिकामा सधैँ रहदैंन : अमेरिकी राष्ट्रपति बाइडेन

    काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड –१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन ।बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ । उनले भने मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौँ त्यसबाट यो यहाँ रहने छैन । हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौँ जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस् ।बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण क

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 92 पटक पढिएको
  • ओमिक्रोनको त्रासले चलचित्र ‘राधेश्याम ’ पनि पोष्टपोन्ड

    काठमाडौं । भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरूको रिलिज पोष्टपोन्ड  भइरहेका छन् । बलिउड तथा साउथका चलचित्रहरूको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमाहलहरु समेत बन्द भइसकेका छन् ।सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ भने अर्को प्रतीक्षित साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र राधे श्यामको प्रदर्शन मिति पनि पछि सारिएको छ । यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको भएपनि कोरोनाको त्रासका कारण पोष्टपोन्ड गरिएको हो । त्यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनीत

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 114 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा