विदेश

    Showing १,१४१-१,१५० of २,१३३ items.
  • तीन अमेरिकीसहित सात विदेशी भेनेजुएला प्रहरीको नियन्त्रणमा

    काठमाडौं— भेनेजुएलाको प्रहरीले तीन जना अमेरिकीसहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना अमेरिकी, तीन जना स्पेनीस र एक जना चेक गणतन्त्रका नागरिक रहेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार सातै जनालाई देशमा अस्थिरता फैलाएको आरोपमा पक्राउ गरिएको हो ।भेनेजुएलाका आन्तरिक मन्त्री डियोसडाडो काबेलोले पक्राउ परेकाबाट सयौं हतियार जफत गरेको पनि बताउनुभएको छ । पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य शीर्ष अधिकारीको हत्या गर्ने षड्यन्त्र रचेका मन्त्री काबोलोको दाबी छ ।अमेरिकाले भेनेजुएलाका १६ जना उच्च तहका नेता र कर्मचारीमाथि प्रतिबन्ध लगाए

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ४०८ पटक पढिएको
  • केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिने

    काठमाडौं— अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उक्त घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । कार्यकर्तालाई सम्बोधनका क्रममा उनले अहिले राजीनामा दिने र जनताको निर्णय नआएसम्म कुर्सीमा नबस्ने बताएका छन् । उनले भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ४४० पटक पढिएको
  • हैटीमा इन्धन बोकेको ट्रक विष्फोटमा २४ जनाको मृत्यु

    काठमाडौं— हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । झन्डै ६० हजार जनसङ्ख्या भएको दक्षिणी हैटीको मिरागोशानो शहरमा घटना भएको हो ।विस्फोटमा ४० जना घाइते भएका र ती जलेका घाइतेहरूले अस्पतालमा पर्याप्त मात्रामा उपचार नपाएको अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्को गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएका खबरमा उल्लेख छ ।हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ६२९ पटक पढिएको
  • कश्मिरमा निर्वाचनअघि बढ्यो हिंसा, दुई भारतीय सैनिकको मृत्यु

    काठमाडौं–जम्मु–कश्मिरमा आगामी विधानसभाको निर्वाचन नजिकिँदै गर्दा सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भारतीय सेनाले किश्तवाड जिल्लामा शुक्रबार भएको घटनालाई बहादुरको सर्वोच्च बलिदान भन्दै सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जलि अर्पण गरेको छ।कश्मिरमा दशकौँदेखि विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारतीय सेनासँग संघर्ष गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले २०१९ मा कश्मिरको आंशिक स्वायत्तता खारेज गरेपछि यो क्षेत्र निर्वाचित सरकारबिना रहेको छ। आगामी सेप्टेम्बर १८ मा हुने निर्वाचनको परिणाम अक्टोबरमा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ८०४ पटक पढिएको
  • चीनका लागि जासुसी गरेका पूर्व सीआईए अधिकारीलाई १० वर्ष जेल

    काठमाडौं–चीनका लागि जासुसी गरेको अभियोगमा एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय एलेक्ज्यान्डर युक चिंग माले एक अन्डरकभर एफबीआई एजेन्टसमक्ष अमेरिकाको गोपनीय जानकारी चीनलाई बेचेको स्वीकार गरेका थिए । उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । हङकङमा जन्मिएका मा अमेरिकी नागरिक हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईए र त्यसपछि एफबीआईमा काम गरेका थिए । अधिकारीहरूका अनुसार मा आफ्नो एक नातेदार (जो पूर्व सीआईए एजेन्ट थिए) मार्फत शंघाई स्टेट सिक्युरिटी ब्यूरोका गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा आएका थिए । हङकङमा भएको एक बैठकको रेकर्ड गरिएको भिडियोमा मालाई गोपनीय जानक

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ३५४ पटक पढिएको
  • भियतनाममा यागी आँधीका कारण १२७ जनाको मृत्यु, ५४ बेपत्ता

    काठमाडौं–भियतनाममा यागी आँधीले हालसम्म १२७ जनाको ज्यान लिएको छ भने ५४ जना बेपत्ता भएका छन् । शनिबारदेखि आँधीले भारी वर्षा, बाढी, र पहिरोको अवस्था सिर्जना गरेको छ, जसले उत्तरी भियतनामलाई गम्भीर रुपमा प्रभावित पारेको छ ।हजारौं मानिस आफ्नो घरको छतमा फसेका छन् र सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यागी आँधीले १५० किमी प्रतिघण्टाको वेगमा हावा चलाएको छ, जसले पुल र भवनहरूमा ठूलो क्षति पुर्‍याएको छ ।यसअघि, दक्षिणी चीन र फिलिपिन्समा पनि यागी आँधीले २४ जनाको ज्यान लिएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ८०४ पटक पढिएको
  • ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किए

    काठमाडौं–एक हप्तामा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान‚ इरान‚ र टर्कीबाट आफ्नो मातृभूमि फर्किएका छन् । तालिबान सरकारका अधिकारीका अनुसार‚ फिर्ता भएका शरणार्थीमध्ये करिब २५ सय पाकिस्तान‚ करिब १९० टर्की‚ र बाँकी इरानबाट आएका हुन् ।पछिल्लो वर्षमा कुल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका बताइएको छ । अफगानिस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ५४१ पटक पढिएको
  • लखनऊमा भवन भत्किँदा मृतकको संख्या आठ पुग्यो

    काठमाडौं–उत्तर प्रदेशको राजधानी लखनऊको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किएर ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सो दुर्घटनामा २८ जना घाइते भएका छन् । उद्धार कार्यमा एनडीआरएफ र एसडीआरएफका टोली घटनास्थलमा खटिएका छन् । अहिलेसम्म कुल २४ जनालाई उद्धार गरिएको छ, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एनडीआरएफ, एसडीआरएफ, दमकल सेवा, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग सबै राहत र उद्धारमा खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ७८४ पटक पढिएको
  • मणिपुरमा रकेट आक्रमण : एकको मृत्यु‚ विद्यालय बन्द

    काठमाडौं–भारतको मणिपुर राज्यमा विद्रोहीको रकेट आक्रमणले एक जनाको ज्यान गएको र छ जना घाइते भएका छन्। उक्त आक्रमणपछि शनिबारदेखि सबै विद्यालय बन्द गर्ने आदेश जारी गरिएको छ। आक्रमण बिष्णुपुर जिल्लामा कुकी विद्रोही समूहले गरेको स्थानीय प्रहरीले जनाएको छ।राज्यमा हिन्दू मेइतेई र इसाई कुकी समुदायबीचको जातीय विभाजनका कारण एक वर्षदेखि द्वन्द्व जारी छ। सरकारले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। विद्रोहीहरूले ड्रोनको प्रयोग गरी विस्फोटक पदार्थ खसालेर आक्रमण गरेका थिए। यस घटनामा सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेका छन्। मानव अधिकारवादी समूहहरूले स्थानी

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ५६२ पटक पढिएको
  • इज्मिर खाडीमा एकै पटक धेरै माछाहरु मरेपछि (भिडियोसहित)

    एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनीटर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्व

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ६९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.