विदेश

    Showing १,१६१-१,१७० of २,१३३ items.
  • अमेरिका प्रवेश गर्न खोज्ने सयौं नेपाली हप्तादेखि ब्राजिलमा अलपत्र

    काठमाडौं–अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने सयौँ भारतीय, नेपाली, र भियतनामी आप्रवासीहरू ब्राजिलको साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्। तीमध्ये करिब एक सय नेपाली रहेका छन्, जो मानव तस्करहरूको प्रलोभनमा परेर लाखौं रुपैयाँ बुझाएर अमेरिका जाने प्रयासमा थिए।सार्वजनिक डिफेन्डर कार्यालय र रोयटर्सले प्राप्त गरेका कागजातहरूका अनुसार, ती आप्रवासीहरू भुइँमा सुतेर ब्राजिल प्रवेशको पर्खाइमा छन्। ब्राजिल सरकारले शरणार्थी बन्ने र त्यसपछि अमेरिका छिर्ने योजना बनाएका आप्रवासीहरूलाई प्रवेश अनुमति नदिएपछि उनीहरू विमानस्थलमै बस्न बाध्य भएका हुन्। एक अधिकारीका अनुसार घानाका एक ३९ वर्

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ६१२ पटक पढिएको
  • ड्युटीपछि हाकिमको कल र म्यासेजको जवाफ नदिँदा के हुन्छ ?

    काठमाडौं–अष्ट्रेलियामा कार्यालयको काम सकिएपछि कम्पनीका फोन र सन्देशको जवाफ दिन बाध्य महसुस गर्नेहरूका लागि राहतको खबर छ।अष्ट्रेलियामा लागु भएको ‘राइट टु डिस्कनेक्ट’ को नयाँ कानूनले कर्मचारीहरूलाई ड्युटीको समय सकिएपछि कुनै पनि सन्देशलाई बिना डर बेवास्ता गर्ने छुट दिन्छ। पछिल्लो एक सर्वेक्षण अनुसार, अष्ट्रेलियाली कर्मचारीहरूले बिना पारिश्रमिक वर्षमा औसत २८० घण्टा अतिरिक्त काम गर्ने गरेका छन्। यो कानून २० भन्दा बढी देशहरूमा, विशेषगरी युरोप र ल्याटिन अमेरिकामा लागू भइसकेको छ।यद्यपि, यो कानूनले रोजगारदातालाई ड्युटी समयपछि कर्मचारीहरूलाई सम्पर्क गर्नबाट पूर्ण रूपमा रोक्दैन। तर, यसले कर्मचारीहरूलाई प

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ६५९ पटक पढिएको
  • पाकिस्तानको बलुचिस्तानमा बसमा बन्दुकधारीको हमला‚ २३ जनाको हत्या

    काठमाडौं–पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको हत्या गरेका छन् । यी सबै पञ्जाब प्रान्तका बासिन्दा थिए । घटना बलुचिस्तानको मुसाखेल जिल्लाको रारा हाशिम क्षेत्रमा भएको हो । सहायक आयुक्त नजीबले बीबीसी उर्दूलाई बन्दुकधारीहरूले बस र ट्रकहरू रोकेर यात्रुहरूको परिचयपत्र जाँच गरेपछि बलूच नभएकाहरूलाई गोली हानेको बताएका छन् । चरमपन्थी समूह बलोच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै बलुचिस्तानका विभिन्न क्षेत्रमा सडक अवरुद्ध गरेको बताएको छ । सरकारी अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले कैयौं गाडीमा आगजनी समेत गरेका छन्‚ र पछिल्लो २४ घण्टामा धेरै सरकार

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ७८३ पटक पढिएको
  • लेबनानमा इजरायली आक्रमण : तीन जनाको मृत्यु

    काठमाडौं-लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार खियाम सहरमा भएको कारमाथि आक्रमण र टिरी गाउँमा भएको अर्को आक्रमणमा गरी तीन जनाले ज्यान गुमाएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमणलाई तीव्र पारेको छ । यसअघि हिजबुल्लाहले पनि इजरायलमा सयौँ रकेट प्रहार गरेको दाबी गरेको छ । यस घटनाले लेबनान र इजरायलबीचको तनावलाई झन बढाएको छ । त्यस क्षेत्रमा युद्धको स्थिति उत्पन्न हुने खतरा बढेको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ४७० पटक पढिएको
  • बंगालादेशमा अर्को विपदको त्रास, बाढीमा १८ जनाको मृत्यु, डुबानले जनजीवन प्रभावित (भिडियो)

    काठमाडौं— सरकार विरोधी आन्दोलनको चपेडाबाट मुक्त भएका बंगालीले यतिबेला बाढी पहिरो र डुबानको पीडा खेप्न थालेका छन् । यसअघि सरकारी जागिरमा आरक्षण हटाउनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले थालेको खबरदारी सरकारविरोधी आन्दोलनमा परिणत हुँदा ६५० भन्दा बढीले ज्यान गुमाएका थिए । मृतकका परिवारमा परिवार सदस्य गुमेको यो दुखद घटना सेलाउन नपाउँदै अहिले बंगाली नागरिक बाढी, पहिरो र डुवानको चपेडामा परेका छन् । बाढीमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको बंगलादेशको राष्ट्रिय विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।  विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ५०९ पटक पढिएको
  • पाकिस्तानको पञ्जाव प्रान्तमा रकेट आक्रमण, ११ सुरक्षाकर्मी मारिए

    एजेन्सी- पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा लुटेराहरूको आक्रमणमा परी ११ प्रहरी अधिकारीको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । पञ्जाव प्रान्तस्थित रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले करिब २० जना प्रहरी बोकेको दुई वटा भ्यानमा रकेट प्रहार थिए । भ्यानमा सवार प्रहरी अधिकारी त्यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए । प्रहरी बोकेका दुई भ्यानमध्ये एककमा समस्या देखिएपछि मर्मतका लागि रोकिएका बेला अचानक रकेट आक्रमण भएको थियो । आक्रमणबाट ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् । 

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ४१९ पटक पढिएको
  • थाइल्याण्डको पूर्वी प्रान्तमा विमान दुर्घटनाः ७ जनाको मृत्यु

    एजेन्सी- थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।मृतकमध्ये पाँच जना चिनियाँ नागरिक रहेको बताइएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर स्थानीय समय अनुसार विमान बिहिबार दिउँसो करिव ३ बजेर १० मिनेट जाँदा म्यानग्रोभ जङ्गलमा खसेको अधिकारीहरुले बताएका छन् । विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समय अनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा विमान दुर्घटना भएको चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो । थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ६३९ पटक पढिएको
  • बंगलादेशमा शेख हसिनाको सत्ता ढाल्न आन्दोलन गर्ने महिला

    प्रधानमन्त्री शेख हसिनाको १५ वर्ष लामो शासन ढाल्ने गरी बंगलादेशमा भएको आन्दोलनमा यसपालि नदेखेका धेरै दृश्य देखिए । ठूलो सङ्ख्यामा महिलाहरू विरोध प्रदर्शनमा सहभागी भएको र नाराबाजी गरेको धेरैतिर देखियो।“विरोधप्रदर्शनहरूमा महिला तथा किशोरीहरूको सहभागिता अभूतपूर्व थियो,” ढाकास्थित नोर्थ साउथ यूनिभर्सिटीका राजनीतिशास्त्री तथा समाजशास्त्री डा. बुलबुल सिद्दिकीले भने।सरकारविरुद्ध केही प्रदर्शन आयोजना गर्न सघाएकी एकल महिला तथा व्यावसायिक बडीबिल्डर फरजाना लीओको विचारमा ठूलो स्तरमा महिलाहरूको सहभागिता नभइदिएको भए शेख हसिनालाई सत्ताच्युत गर्ने गरी आन्दोलन सफल नहुन पनि सक्थ्यो।उनी ४३ वर्षकी छिन् र यसअघि रा

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ७५५ पटक पढिएको
  • ११ दिनपछि सरकारी अस्पतालको हड्ताल फिर्ता

    काठमाडौं— सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि बिहीबार फिर्ता लिएका छन् ।यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको हो । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ६६५ पटक पढिएको
  • विश्वकै सबैभन्दा वृद्धा मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा निधन

    काठमाडौं— विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८  वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । 'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो', उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । 'हामी उहाँको सम्झना सँधै रहनेछ।'क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसु

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ७४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.