विदेश

    Showing १,१७१-१,१८० of २,१३३ items.
  • मस्कलाई सल्लाहकार बनाउन ट्रम्प तयार

    काठमाडौँ-  अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्।समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पलाई सोधिएको थियो– मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे विचार गर्नुहुन्छ. जवाफमा ट्रम्पले निश्चय पनि आफूले त्यसो गर्ने बताए। उनले भने, ‘मस्क निकै बुद्धिमान व्यक्ति हुन्। यदि उहाँले चाहनुभयो भने यो पक्कै हुनेछ।’टेस्ला र स्पेसएक्सका मालिक मस्कले डोनाल्ड ट्रम्पसँग हालै सोसल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए। सो क्रममा उनले डेमोक्रेटिक पार्टीका र

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ६३२ पटक पढिएको
  • आफूले जिते एलन मस्कलाई मन्त्री पद दिन ट्रम्प तयार

    एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले निर्वाचन जिते सरकारमा टेस्ला कम्पनीका मालिक एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले मस्क वौद्धिक व्यक्ति भएको भन्दै सल्लाहकार बनाउन आफू तयार रहेको बताए । मस्कले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पको अन्तवार्ता लिएका थिए । अन्तरवार्तामा ट्रम्पले मस्कको अटोमोबाइलको प्रशंसा गर्दै सबैले विद्युतीय कार खरिद गर्नुपर्ने बताएका थिए । मस्कले यस

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ५३७ पटक पढिएको
  • पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु, १६ जिल्ला प्रभावित

    एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ । मनसुनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजार भन्दा बढी प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई-१ देखि अगस्ट-१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । वर्षाले बलुचिस्तान प्रान्तका १६ वटा जिल्ला प्रभावित भएका छन् । प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लास

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ५८१ पटक पढिएको
  • चिनियाँ पूर्व फुटबल पदाधिकारीलाई ११ वर्षको जेल सजाय

    एजेन्सी- चीनमा पूर्व फुटबल पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय तोकेको छ । हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले सोमबार चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवाना तोकेको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । ली १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो पदको दुरुपयोग गरेको अभियोगमा गत मार्चमा दोषी ठहर भएका थिए । लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी स

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ३९६ पटक पढिएको
  • कोरियामा फेरि बढ्यो कोरोना कहर, एक हप्तामा दोब्बर भए संक्रमित

    काठमाडौं— दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस संक्रमितको सङ्ख्या बढेको बताएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो । समुदायभित्र कोभिड–१९ संक्रमणको सङ्ख्या मूल्याङ्कन

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ५५५ पटक पढिएको
  • अमेरिकामा नेपाली नर्स दुई हप्तादेखि वेपत्ता

    काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभी

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ३७६ पटक पढिएको
  • दोहामा भएको वार्तामा हमास लडाकु समूहद्वारा इजरायलको नयाँ सर्त अस्वीकार

    काठमाडौं— प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव पनि राखेको थियो । तर सहमति जुट्न नसकेको समाचार संस्था एएफपीले जनाएको छ ।वार्ताअघि हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले इजरायलले निर्दोष नागरिक मारिरहेको आरोपसहित अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने समेत बताएका थिए । गएको अक्टोबर ७ तारिखमा शुरु भएको आक्रमणमा हमास लडाकूले दुई सय ५१ जनालाई कब्जा गरेका थिए । यस

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ५८८ पटक पढिएको
  • रुसको भूमि छिरेर युक्रेनी सेनाले गर्‍यो आक्रमण

    काठमाडौं— युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’ट्वीटर (हाल एक्स)मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ । सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ४८४ पटक पढिएको
  • ७८ औँ स्थापना दिवस मनाउँदै भारत

    काठमाडौं— भारतमा आज ७८ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरेकी छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा झन्डै ६ हजार जना विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ५७७ पटक पढिएको
  • नकाव लगाएका व्यक्तिले पाँच जनालाई छुरा हाने

    एजेन्सी— बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले उत्तरपश्चिम टर्किएमा पाँच जनालाई छुरा प्रहार गरेका छन् । राजधानी अंकाराबाट करिव २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको थियो । आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ । पाँच जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्र

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ५२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.