विदेश

    Showing १,२२१-१,२३० of २,१३३ items.
  • कियर स्ट्यामर बने बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं— लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ स

    • प्रकाशित मितिः असार २२, २०८१
    • ४७८ पटक पढिएको
  • साइबर अपराध गर्ने १२३ जनालाई देश निकाला !

    काठमाडौं— इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताएका छन् ।इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन्

    • प्रकाशित मितिः असार १५, २०८१
    • ५७९ पटक पढिएको
  • भारतको लोकसभाको सभामुख पदमा ओम बिरला

    काठमाडौँ- भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् ।बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरेका थिए । बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन् ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • ४७२ पटक पढिएको
  • रुसको क्रिस्चियन र यहुदको सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ को मृत्यु

    एजेन्सी— रुसको दक्षिणी प्रान्त दागेस्तानस्थित क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार भएको छ। यो घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। दागिस्तानको डर्बेन्ट शहरमा भएको गोलाबारीमा २० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलको जवाफी कारबाहीमा चार आतंककारी मारिएका छन् । गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • ३३७ पटक पढिएको
  • भारतमा परीक्षा सञ्चालन गर्ने नयाँ कानून लागू

    काठमाडौं । भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानुन सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी

    • प्रकाशित मितिः असार ८, २०८१
    • ४७८ पटक पढिएको
  • नेता म्युङमाथि चक्कु प्रहार

    काठमाडौँ । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे-म्युङमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्युङमाथि घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए । 

    • प्रकाशित मितिः पुस १७, २०८०
    • ५७५ पटक पढिएको
  • रेलवे सुरक्षा बलकै जवानले चलिरहेको रेलमा गोली चलाउँदा ४ जनाको मृत्यु

    एजेन्सी / राजस्थानको राजधानी जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । चलिरहेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनको गोली लागेर सुरक्षा फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ३५४ पटक पढिएको
  • परिवर्तन भयो ट्विटरको लोगो चराको ठाउँमा अंग्रेजी अक्षर एक्स

    एजेन्सी / एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यस अघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङ्गमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिवर्तनगर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ३४१ पटक पढिएको
  • अत्यधिक वर्षापछि जिम हाउस भत्किँदा चीनमा ११ जनाको मृत्यु

    एजेन्सी / चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किँदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले जिम हाउस सञ्चालकलाई पक्राउ परेको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ३२४ पटक पढिएको
  • चीनको एक स्कुलमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु

    एजेन्सी / चीनको ग्वाङ्गडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको भएको छ । मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेको बीबीसीले जनाएको छ । स्थानीय समयानुसार सोमवार बिहान ७:४० बजे ग्वाङ्गडोङ प्रान्तको एक प्रि स्कुलमा आक्रमण भएको समाचारमा उल्लेख छ । समाचारमा जनाइए अनुसार घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • ४३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.