विदेश

    Showing १,२४१-१,२५० of २,१३३ items.
  • कोलम्बियामा हेलिकोप्टर दुर्घटना, चारजना सैनिकको ज्यान गयो

    बोगोटा - कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चारजनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चारजनाकै ज्यान गएको जानकारी दिएका हुन् ।उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकार

    • प्रकाशित मितिः चैत ६, २०७९
    • २७१ पटक पढिएको
  • संसद्‌मा अनुपस्थित भएपछि सांसद पद चेट

    टोकियो - युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए। उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानम

    • प्रकाशित मितिः चैत १, २०७९
    • ३०७ पटक पढिएको
  • उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।साेमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि साेमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएकाे भन्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • १९३ पटक पढिएको
  • क्यालिफोर्नियामा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे । दुर्घटना ग्रस्त डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन नभएता पनि जीवित्तै उद्धार गर्ने सम्भावना कम भएको उद्धारकर्मीहरुले बताएका छन् ।सान डिएगोमा मानव तस्करीका लागि समुद्री मार्ग भएर यात्रा गर्ने यात्रुहरु बढी जोखिममा पर्ने गरेका छन् । त्यहाँ विगत ५ महिनामा मानव तस्करहरुले समुद्री मार्गमार्फत आप्रवासीहरुको ओसार्ने क्रम तीब्र बनाएका छन् । सन् २०२१ पनि आप्रवासीहरु चढेका डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • २३३ पटक पढिएको
  • अवैध आप्रवासीहरुलाई बेलायतले शरण नदिने

    एजेन्सी - बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताए । फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पारे ।फ्रान्ससँग सीमा छुट्याउने ब्रिटिस च्यानल डुंगाबाट तरेर बेलायत प्रवेश गर्नेहरुको संख्या दिन प्रतिदिन बढेपछि बेलायत कठोर बनेको हो । सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • २७९ पटक पढिएको
  • रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी : दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन

    बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताउनुभएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका उहाँले बताउनुभयो ।हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १९८ पटक पढिएको
  • चीनले बढायो रक्षा बजेट

    काठमाडौं : चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गरेको छ। चिनियाँ जनकंग्रेसको नयाँ शत्र सुरु गर्दै प्रधानमन्त्री ली खछ्याङले सैन्य बजेट वृद्धिको घोषणा गरे। यही जनकंग्रेस अधिवेशनबाट बिदा हुन लागेका लीले चीनलाई घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै रक्षा बजेट उल्लेख्य रुपमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए।चीनले प्रत्येक वर्ष रक्षा क्षेत्रमा दुई सय २५ अर्ब डलर खर्च गर्दै आएको छ। यो अमेरिकी रक्षा बजेटभन्दा झण्डै ४ गुणा कम हो। तर रक्षा बजेटमा हुने वृद्धि भने प्रत्येक वर्ष उल्लेख्य मात्रामा गर्दै आएको छ। चीनले यस पटक आर्थिक विकासको लक्ष ५ प्रतिशतमा सीमित गरेको छ।हिजो सुरु भएको जनक

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • २७७ पटक पढिएको
  • बङ्लादेशको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

    बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • २७८ पटक पढिएको
  • ग्रीसमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५७ पुग्यो

    ग्रीस - मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन्। उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए। उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो।ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन्।बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो। त्यस

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • २६७ पटक पढिएको
  • मलेसियामा फेरि भीषण बाढी

    क्वालालम्पुर : मलेसियामा फेरि भीषण बाढी आएको छ। गाउँ–शहर जलमग्न भएका छन्। उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो। छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन्। बुधवारको अविरल वर्षाले समस्या थपिएको छ। देशका पाँच राज्य बाढीको चपेटामा परेका छन्। सरकारी अधिकारीहरूका अनुसार  विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ।गत

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • २५९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.