विदेश

    Showing १,२९१-१,३०० of २,१३३ items.
  • टेस्लाका ५० कर्मचारीहरू ट्विटरमा

    एजेन्सी / सीएनबीसीको एक रिपोर्ट अनुसार ट्विटरका निर्देशक तथा सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्तियार प्रदान गरेका छन्। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। मस्कले यही अक्टोबर २८ मा ट्विटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।उनले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका व

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • १५८ पटक पढिएको
  • गुजरातमा झोलुङ्गे पुल चुँडिदा १३७ जनाको मृत्यु

    एजेन्सी / भारतको गुजरातमा झोलुङ्गे पुल चुँडिदा १३७ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।  आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरूलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • १९० पटक पढिएको
  • अमेरिकामा विद्यालयमा हुने हिंसाका घटना बढ्दै

    एजेन्सी / संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो ।सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरूका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो ।सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ ।सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए । ती घटनाका तुलनामा अहिले बढेको अ

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • १७० पटक पढिएको
  • अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

    एजेन्सी  / अमेरिकाको मिजुरी राज्यमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा भएको थियो ।गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • १४४ पटक पढिएको
  • चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन

    एजेन्सी  / चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन भएका छन् । बेइजिङमा सम्पन्न भएको चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा जिनपिङ तेस्रो पटक महासचिव चयन भएका हुन् ।बेइजिङमा शनिवार सम्पन्न भएको महाधिवेशनमा २ सय ५ सदस्यीय केन्द्रीय समिति र १ सय ७१ सदस्यीय वैकल्पिक केन्द्रीय समिति घोषणा भएको थियो ।चीनमा २०१८ मा दुई कार्यकाल राष्ट्रपति हुन पाउने नियम हटाइएको थियो । पार्टी महासचिवमा निर्वाचित भएसँगै जिनपिङले अरु पाँच वर्षको चीनको नेतृत्व गर्ने निश्चित भएको छ ।चीनमा २०१२ मा पार्टी महासचिव र २०१३ राष्ट्रपति बनेका सी जिनपिङ तेस्रो कार्यकालका लागि महासचिव बनेसँगै सर्वो

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • १८२ पटक पढिएको
  • एम्बुलेन्स विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु

    एजेन्सी / दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट भएको छ । विस्फोटमा परी पाँच चिकित्सकको मृत्यु भएको छ। अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्स विस्फोट भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतङ्कवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। 

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • १६७ पटक पढिएको
  • ९९ बालबालिकाको मृत्यु पछि सिरप औषध प्रयोगमा प्रतिबन्ध

    एजेन्सी / इन्डोनेसियामा ९९ जना बालबालिकाको मृत्यु भएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गौलामा समस्या देखिएर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका रहेका छन् । थप जानकारी सङ्कलनको काम भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान छ । इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ । औषधिले बालबालिकाको मिर्गौलामा तीव्र रूपले असर गर्ने गरेको खबरमा उल्लेख छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट भ

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • १८० पटक पढिएको
  • आफ्ना नागरिकलाई युक्रेन छाड्न भारतको आग्रह

    एजेन्सी / तनाव बढ्दै गएपछि युक्रेनको राजधानी किफस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गर्ने भारतीय नागरिकका लागि सूचना जारी गरेको छ । भारतीय दूतावासले जारी गरेको सूचनामा युक्रेनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै त्यहाँबाट स्वदेश फर्किन भारतीयलाई अपिल गरिएको हो । दूतावासले युक्रेनमा बस्ने भारतीय र विशेषगरी विद्यार्थीलाई जरुरी नभए स्वदेश फर्किन आग्रह गरेको जनाएको छ । दूतावासले भारतीय नागरिकलाई युक्रेनभित्र अनावश्यक यात्रा नगर्न पनि भनेको छ । दूतावासले युक्रेनमा रहेका भारतीय नागरिकलाई आफ्नो अवस्थाबारे जानकारी पनि आग्रह गरेको छ । दूतावासले आफूले पनि सामान्य रूपमा काम गरिरहेको जानकारी दिएको छ । केह

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • १७४ पटक पढिएको
  • केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्री सहित ७ जनाको मृत्यु

    एजेन्सी / भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि मृत्यु भएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशङ्करले बताएका छन् । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ । घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • २०२ पटक पढिएको
  • नाइजेरियामा बाढीका कारण ६०३ जनाको मृत्यु

    एजेन्सी  / नाइजेरियामा एक दशकको सबैभन्दा खराब बाढीमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई उनीहरूको घरबाट विस्थापित गरेको नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबारसम्म ६०३ भन्दा बढीको ज्यान गएको छ’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो । बाढीमा केही मानिसहरू हराइरहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • १७७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.