विदेश

    Showing 1,301-1,310 of 2,120 items.
  • जङ्गलमा दाउरा काट्न गएका ११ जनाको गोली हानेर हत्या

    एजेन्सी / नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । गएको अगस्ट अन्त्यमा उनीहरूले स्थानीय बासिन्दालाई टापु छोड्न आदेश दिएका थिए र

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 244 पटक पढिएको
  • अफगानिस्तानको राजधानी काबुलमा विस्फोट हुँदा तीनजनाको मृत्यु

    एजेन्सी / अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा परी  तीनजनाको मृत्यु भएको छ ।  घटनामा परी थप १३ जना मानिस घाइते भएका छन् । काबुल प्रहरी प्रमुखका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विस्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो । विस्फोटनबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ । अहिलेसम्म यो विष्फोटको कुनै पनि सङ्गठनले जिम्मेवारी लिएको छैन ।अफगानिस्तानमा गत वर्षको अगस्टमा तालिवान सत्तामा आएसँगै इस्लामिक स्टेटको क्षेत्रीय संगठन इस्लामिक स्टेट इन खुरासन प्रान्तले देशभरका मस्जिद तथा अल्पसंख्यक माथि आक्रमण बढाएका छन्

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 212 पटक पढिएको
  • उरुग्वेली वर्ष खेलाडी अवार्ड भाल्भेर्डेलाई

    एजेन्सी / स्पेनिस क्लब रियल मेड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेली वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र ४९ वर्ष पुरानो चाररुआ डे ओरो एथ्लिट अफ दि इयर अवार्ड जितेका हुन् । २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो ।च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए ।यो सिजन पनि भाल्भेर्डेले सबै रियलका लागि यो सिजन स

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 200 पटक पढिएको
  • प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु

    एजेन्सी / प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हेंगाउ मानव अधिकार सङ्गठनका अनुसार महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका हुन् । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ । आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 225 पटक पढिएको
  • अफगानिस्तानमा पब्जी र टिकटक प्रतिबन्ध

    एजेन्सी / तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धी सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 295 पटक पढिएको
  • चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

    एजेन्सी / दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा दुर्घटना भएको हो । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा परी घाइते भएका २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज २, २०७९
    • 209 पटक पढिएको
  • हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

    एजेन्सी / चीनको एक फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको हो । यो महिनाको प्रारम्भमा खानीमा पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानी चिनमा निकै प्रसिद्ध छ । चीनमा बर्सेनि खानी दुर्घटना हुने गरेका

    • प्रकाशित मितिः असोज २, २०७९
    • 193 पटक पढिएको
  • पाकिस्तानमा बाढीमा परी एकै दिन पाँच जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको मृत्यु भएको छ भने कयौँ मानिस घाइते भएका छन् । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको छ ।पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घण्टा यतामात्र बाढीमा परीमा तीन जना र खैबर पाख्तुन्ख्वा प्रान्तमा दुई जनाको मृत्यु भएको बताइएको छ । बाढी र पहिरोका कारण त

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 166 पटक पढिएको
  • युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटना

    एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । प्रवक्ता सर्गी निकिफोरोभल भने, – ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका  गाडीहरूसँग ठोक्कियो ।’ जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।  यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 298 पटक पढिएको
  • बलात्कारीको हत्या गर्ने किशोरीलाई पाँच वर्ष जेल

    एजेन्सी / आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । १७ वर्षीया किशोरी पिपर लुइसलाई जाँचरी ब्रुक्सको हत्या गरेको आरोपमा मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले पाँच वर्ष जेल सजाय सुनाएका हुन् । साथै उनलाई ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिइएको छ । सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.