विदेश

    Showing 1,381-1,390 of 2,120 items.
  • लस एन्जलसमा गोली चल्दा तीनको मृत्यु

    एजेन्सी  / लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उद्देश्य प्रष्ट भइसकेको छैन । शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन । घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकाण्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीय र्यान्डी टाइसन छन् । गोलीकाण्डमा मारिएका तेस्रो व्यक्तिको पहिचान हुन बाँकी छ । बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलिकाण्ड सार्वजनिक भएको हो ।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 160 पटक पढिएको
  • युक्रेन युद्धमा पूर्व बेलायती सैनिक जोर्डनको मृत्यु

    एजेन्सी / यूक्रेनमा जारी युद्धमा एक पूर्व बेलायती सैनिकको मृत्यु भएको छ। यूक्रेनको तर्फबाट युद्ध लड्न गएका जोर्डन गाट्लेको युद्धको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ ।जोर्डनले मार्चमा बेलायती सैनिक सेवा छोडेर यूक्रेनी सेनामा भर्ती भएका थिए । जोर्डनका पिताले उनको निधन पश्चात सामाजिक सञ्जालमा छोलाई ‘नायक’ सम्बोधन गरेका छन्।उनी पूर्वी यूक्रेनको सेभेरोडनित्स्ककोमा भएको रुस र यूक्रेनबिचको लडाईमा मारिएका हुन्।युक्रेनको विदेश मन्त्रालयले यूक्रेनमा मृत्यु भएका बेलायती व्यक्तिको परिवारलाई सहयोग गरिरहेको जनाएको छ ।जोर्डनका पिताले उनको छोराले फेसबुकमा जोर्डनले यूक्रेनका स्थानीय सैनिकहरुलाई तालिम द

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 185 पटक पढिएको
  • छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

    एजेन्सी / चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए।श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिनापछि मात्रै ताङ उपनामका चोङकिङका एक मानिसले आफ्नो सौतेनी छोरा लिउलाई हुर्काउन लागेको खर्चको क्षतिपूर्तिको रूपमा ३५ हजार २ सय युआन माग गर्दै अदालतमा पुगेका हुन्। ट्याङले सन् २००९ मा लिउकी आमासँग विवाह गरेका थिए। त्यतिबेला लिउ  १० वर्षका थिए। सन् २०२१ मा महिलाले सम्बन्धविच्छेदका लागि नि

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 204 पटक पढिएको
  • भारतमा १६ औँ राष्ट्रपति चयनका लागि जुलाई १८ मा निर्वाचन हुने

    एजेन्सी / भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ ।प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भने “नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।” भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 195 पटक पढिएको
  • पाकिस्तानमा अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात समूहले चलाएको अन्धाधुन्ध गोली प्रहारबाट नौ जनाको मृत्यु भएको छ । अज्ञात समूहले बुधबार पञ्जाब प्रान्तका विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको  हो ।सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।त्यसैगरी पञ्जाब राज्यक

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 187 पटक पढिएको
  • कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

    एजेन्सी / बङ्गलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा आएको हो । डिपोमा भएको आगलागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअपनाएको अधिकारीहरूले जनाएका छन् । आगलागीको कारण भने हालसम्म पत्ता नलागेको अधिकारीहरूले बताएका छन् । तर, डिपो भित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन् ।

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 180 पटक पढिएको
  • पाकिस्तानी तालिवानद्वारा अनिश्चितकालीन युद्ध विराम घोषणा

    एजेन्सी / पाकिस्तानी तालिवान लडाकु समूहले शुक्रबार पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ । दुई पक्षबीच अफगान तालिवान समूहले वार्ताको मध्यस्थता गरेपछि युद्ध विराम सम्भव भएको हो ।पाकिस्तानी तालिवान (टीटीपी)ले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ । एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् ।टीटीपी वर्षौंदेखि पाकिस्तानको सशस्त्र फौजविरुद्ध लड्दै आएरहेको छ । टीटीपी (तेहरिक–ई–तालिवान) अफगानिस्तानको सीमासँग जोडिएका पाकि

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 191 पटक पढिएको
  • रुसबाट इन्धन ल्याउन युरोपेली संघले रोक

    काठमाडौं / युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको बताइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 194 पटक पढिएको
  • आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु

    एजेन्सी / आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अमेरिकाको ओक्लोहामाको एक मेडिकल भवनमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 175 पटक पढिएको
  • अमेरिकाद्धारा युक्रेनमा बसेर रुसविरुद्ध साइबर आक्रमण गरेको स्वीकार

    एजेन्सी / अमेरिकाका साइबर कमान्ड विशेषज्ञहरू युक्रेनमा खटिएको र उनीहरूले रुसविरुद्ध आक्रामक कारवाही चलाएको कमान्डर तथा राष्ट्रिय सुरक्षा निकायका महानिर्देशक पल नाकासोनेले बताएका छन् । बुधवार स्काई न्युजसँगको अन्तर्वार्तामा नाकासोनेले सूचना युद्ध गर्नका लागि अमेरिकी गुप्तचरहरूले सीएनएन जस्ता कर्पोरेट मिडिया उपयोग गर्ने गरेको बताए । इस्टोनियामा आयोजित साइबर सम्मेलनको साइडलाइनमा कुरा गर्दै उनले १६ वटा मुलुकमा अमेरिकाका साइबर विशेषज्ञहरू खटिएको बताए । विदेशी ह्याकरलाई पत्ता लगाउने तथा तिनले प्रयोग गर्ने साधन पत्ता लगाउने उनीहरूको काम हो । ‘युक्रेन सरकारको निमन्त्रणमा सन् २०२१ को डिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.