विदेश

    Showing १,४०१-१,४१० of २,१३३ items.
  • रुसबाट इन्धन ल्याउन युरोपेली संघले रोक

    काठमाडौं / युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको बताइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १९७ पटक पढिएको
  • आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु

    एजेन्सी / आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अमेरिकाको ओक्लोहामाको एक मेडिकल भवनमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • १७९ पटक पढिएको
  • अमेरिकाद्धारा युक्रेनमा बसेर रुसविरुद्ध साइबर आक्रमण गरेको स्वीकार

    एजेन्सी / अमेरिकाका साइबर कमान्ड विशेषज्ञहरू युक्रेनमा खटिएको र उनीहरूले रुसविरुद्ध आक्रामक कारवाही चलाएको कमान्डर तथा राष्ट्रिय सुरक्षा निकायका महानिर्देशक पल नाकासोनेले बताएका छन् । बुधवार स्काई न्युजसँगको अन्तर्वार्तामा नाकासोनेले सूचना युद्ध गर्नका लागि अमेरिकी गुप्तचरहरूले सीएनएन जस्ता कर्पोरेट मिडिया उपयोग गर्ने गरेको बताए । इस्टोनियामा आयोजित साइबर सम्मेलनको साइडलाइनमा कुरा गर्दै उनले १६ वटा मुलुकमा अमेरिकाका साइबर विशेषज्ञहरू खटिएको बताए । विदेशी ह्याकरलाई पत्ता लगाउने तथा तिनले प्रयोग गर्ने साधन पत्ता लगाउने उनीहरूको काम हो । ‘युक्रेन सरकारको निमन्त्रणमा सन् २०२१ को डिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • १७६ पटक पढिएको
  • इरानमा निर्माणाधीन १० तले भवन भत्किएर मृत्यु हुनेको संख्या ३४ पुग्यो

    एजेन्सी / इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ ।साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । मंगलबार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • १८३ पटक पढिएको
  • ब्राजिलमा बाढी पहिरोमा परी ५६ को मृत्यु

    एजेन्सी / ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको संख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले बताएका छन्। बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ। उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ सहर सबैभन्दा बढी प्रभावित भएको छ। उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्यांकन गर्न सोमबार रेसिफको भ्रमण ग

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • १५७ पटक पढिएको
  • छोरी बेच्न नदिएपछी जिस्कानीले गरे श्रीमतीको हत्या

    एजेन्सी / पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाख रुपैयाँमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको  प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन्

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १७३ पटक पढिएको
  • नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

    एजेन्सी /  नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासि भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको र अन्य केही घाइते भएका स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज-कोकाले जनाएका छन् ।अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदाय बीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १६९ पटक पढिएको
  • अफगानिस्तानमा विस्फोट हुँदा १२ जनाको मृत्यु , ३७ जना घाइते

    एजेन्सी / अफगानिस्तानमा बुधबार भएको विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १६४ पटक पढिएको
  • रुसको नियन्त्रणमा रहेको एनरगोदार शहरका मेयर बम विस्फोटमा घाइते

    एजेन्सी / रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतबार बम विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले जानकारी दिएको छ । मेयर आन्द्रे शेव्चिक र उनका अंगरक्षकहरू मेयरको घरमा प्रवेश गर्न लाग्दा विस्फोटमा परी घाइते भएको स्थानीय कानून कार्यान्वयन अधिकारीले बताए । प्रवेशद्वारमा विद्युतीय वायरिङ बक्समा घरैमा बनेको विस्फोटक पदार्थ राखिएको जानकारी ती अधिकारीले दिए । शेव्चिकले युक्रेनबाट लगातार धम्की पाइरहेका थिए । 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १६७ पटक पढिएको
  • भारतको बिहार राज्यमा आँधीमा परि ३३ जनाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    एजेन्सी / भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले जनधनको क्षति भएको पनि बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार अनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरूलाई मुख्यमन्त्रीको कार्यालयल

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • २३८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.