विदेश

    Showing १,४४१-१,४५० of २,१३३ items.
  • तीन वर्षभित्र ३ हजार २०० होटल सञ्चालनमा ल्याउदै र्‍याडिसन ग्रुप

    काठमाडौँ / अमेरिकी होटल चेन र्‍याडिसन  ग्रुपले एसिया प्रशान्त क्षेत्रका एक सय ५० मुलुकमा तीन वर्ष भित्र तीन हजार २०० वटा होटल सञ्चालनमा ल्याउने भएको छ । विश्वको प्रसिद्ध होटल समूह र्‍याडिसनले आफ्नो पाँच वर्षे व्यवसायिक योजनाअनुसार सन् २०२५ सम्ममा ३२ सयवटा होटल सञ्चालनमा ल्याउने भएको हो । आफूहरूको व्यवसायिक योजनाका लागि एसियाले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै र्‍याडिसन समूहका प्रमुख कार्यकारी अधिकृत फेड्रिको गोन्जालेजले भने, –‘निकट भविष्यमा आफ्नो व्यवसाय विस्तारसँगै यी मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संख्या थप गर्न लागेका हौं ।’गत वर्ष यो समूहले सम्झौता गरेको

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १८० पटक पढिएको
  • जम्मु काश्मीरमा भिडन्त हुँदा भारतीय सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी / जम्मु काश्मीरमा सुरक्षा फौज र शसस्त्र समुहबीचमा भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मुको सन्जुवान क्षेत्रमा  भिडन्त भएको हो । भिडन्त अहिले पनि जारी रहेको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १९२ पटक पढिएको
  • आणविक बम पुटिनको ब्रिफकेसमा

    एजेन्सी / पछिल्ला केही दिनदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग देखिएको ब्रिफकेसको चर्चा भइरहेको छ । वास्तवमा, यो सामान्य ब्रिफकेस होइन, के छ  त त्यो ब्रिफकेसमा ?युक्रेनसँग युद्ध सुरु भएपछि पुटिनले आफ्ना आणविक हतियारहरूलाई अलर्ट मोडमा राखेका थिए । यस्तो अवस्थामा अहिले पुटिन आणविक ब्रिफकेस सहित देखिएपछि पुटिनले युक्रेनमा आणविक हमला गर्छन् वा गर्दैनन् भन्ने शंका सुरु भएको छ ।सामान्यतया रुसी राष्ट्रपति पुटिन आफू जहाँ जाँदा पनि आणविक ब्रिफकेस बोक्छन् । तर भर्खरै युक्रेनमा भएको हमलापछि पुटिन केही सार्वजनिक कार्यक्रममा यो आणविक ब्रिफकेस लिएर आएपछि पुटिनले युक्रेनमा आणविक हमला गर्ने योजना

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • २३० पटक पढिएको
  • दिल्लीमा मास्क नलगाउनेलाई ५०० जरिवाना

    एजेन्सी / कोभिड संक्रमित तिव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ ।  मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ ।  भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।  

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १५८ पटक पढिएको
  • रुसले परीक्षण गर्‍यो अहिलेसम्मकै शक्तिशाली मिसाइल ‘सरमात’

    एजेन्सी / रुसले हालै अहिले सम्मकै शक्तिशाली क्षमताको आणविक मिसाइल सफलताका साथ परीक्षण गरेको दाबी गरेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसलाई विश्वकै शक्तिशाली मिसाइलका रुपमा चर्चा गरिएको छ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सरमात’ नामक यो मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिए ।अत्याधुनिक हतियार सहितको मिसाइलसँगै यसले रुसी सेनाको लडाईं क्षमतालाई बलियो बनाउने र बाह्य खतराको सामना गर्न रुस तयार हुने पुटिनको दाबी छ ।रोयर्टसका अनुसार लामो समयदेखि प्रतिक्षा गरिएको यो मिसाइल उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट परीक्षण गरिएको थियो । करिब ६००० किलोमिटर ९३७०० माइल टाढा काम्चात्का प्

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १८६ पटक पढिएको
  • २१ जना नेपालीले पाए कतारमा माफी

    काठमाडौं  / वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले माफी दिएको छ ।माफी पाउनेहरू मध्ये यौनजन्य क्रियाकलापमा ३ जना , चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ जना र आर्थिक हिनामिनामा ५ जना कसुर ठहरी सजाय भोगिरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।कतारका अमिर शेख तमिमबिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका  नेपालीलाई माफी दिएको हो ।माफी पाएका व्यक्तिहरूलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दू

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • १७२ पटक पढिएको
  • चीनको सम्झौतामा चिन्तित बन्दै तिन शक्तिशाली मुलुक

    एजेन्सी / चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिका प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्तित देखिएका छन् । प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै चीनले यही साता सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताएका छन् ।सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताएक

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • १८६ पटक पढिएको
  • अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, २० जना घाइते

    एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा दुई वटा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार भएको घटनामा २० जना घाइते भएका छन् । शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाई स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ । विद्यालय बाहिर पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । बिहानी कक्षा सकिएपछि विद्यार्थीहरू बाहिर निस्किरहेका बेला विस्फोट भएको बताइएको छ ।  यस्तै, त्यहीँ नजिकै रहेको एक ट्युसन सेन्टरमा पनि ग्रिनेड आक्रमण भएको छ । विश्वविद्यालय तहको प्रवेश परीक्षाको तय

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • १७८ पटक पढिएको
  • ९ दिने भ्रमणका लागी पाँच अमेरिकी सांसद शुक्रबार नेपाल आउँदै

    एजेन्सी / अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डैयर नेपाल भ्रमणमा आउन लागेका अमेरिकी समाचार साइट ‘द हिल’ को समाचारमा पनि उल्लेख गरेको छ । उक्त टोलीले पोल्यान्ड, युएई, भारत र जर्मनीको पनि भ्रमणमा गर्ने पनि जनाइएको छ । यो ९ दिनको भ्रमण हुने समाचारमा उल्लेख छ ।नेपालमा द्विपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसद्बीचको

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १६८ पटक पढिएको
  • रोनाल्डोका जुम्ल्याहा सन्तान मध्ये छोराको मृत्यु, छोरी सुरक्षित

    एजेन्सी / फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन् ।म्यानचेस्टर युनाइटेडमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए । छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन् । जर्जिनाबाट एक छोरा र एक छोरीको जन्म भयो । छोरी भने सुरक्षित रहेको उनीहरूले बताएका छन् । छोरी रहेकोले आफूहरूलाई आश र खुसी मिलेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.