विदेश

    Showing 1,441-1,450 of 1,519 items.
  • म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

    म्यानमार / म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो ।लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन् ।   तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् । म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ बर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरुलाई

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 88 पटक पढिएको
  • भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

    भारत / भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । पछिल्लो केहीदिनदेख

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 85 पटक पढिएको
  • ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

    टोकियो / जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताएका छन् । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 87 पटक पढिएको
  • खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

    जेनेभा / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।चीनको उहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुआती दिनमा भेटिएका संक्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 84 पटक पढिएको
  • भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति

    नयाँदिल्ली / भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गर्नु भएको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ । भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति द

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 201 पटक पढिएको
  • भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    काठमाडौँ(एजेन्सी) भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।  कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले जानकारी दिएको छ ।गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले  जनाएको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 104 पटक पढिएको
  • यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

    काठमाडौँ(एजेन्सी)  यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ ।  सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।  उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुका विरुद्धमा आक्रामक रुमपा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।  सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 85 पटक पढिएको
  • कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

    काठमाडौँ / इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ ।प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने बताएका छन् । यसरी भिसा थपिने भएपछि आगा

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 95 पटक पढिएको
  • भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

    नयाँ दिल्ली / भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।   उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ । पछिल्लो २४ घण्

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 99 पटक पढिएको
  • म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मार / म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको क

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 112 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा