विदेश

    Showing 1,461-1,470 of 1,676 items.
  • ब्राजिलमा २४ घन्टामा संक्रमणबाट ५९५ जनाको मृत्यु

    बिर्तामोड(एजेन्सी) कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट  ५९५ जनाको मृत्यु भएको छ ।यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो ।यसका यहाँ यो संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 111 पटक पढिएको
  • भारतमा ४१ हजार जनामा संक्रमण पुष्टी

    काठमाडौँ / भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् ।संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४७ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभा

    • प्रकाशित मितिः असार २७, २०७८
    • 130 पटक पढिएको
  • ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

    दुशान्वे(एजेन्सी) ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु भएर शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको त्यहाँका सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरू घाइत

    • प्रकाशित मितिः असार २६, २०७८
    • 127 पटक पढिएको
  • अफगानी सुरक्षा कारबाहीमा १०९ विद्रोही मारिए

    कान्दहर(एजेन्सी) अफगानिस्तानका विभिन्न क्षेत्रमा शुक्रबार भएका हमलामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् ।देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको हमलामा अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तका छन् । सो घटनामा अरु आठ जना घाइते भएका छन् । शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्

    • प्रकाशित मितिः असार २६, २०७८
    • 140 पटक पढिएको
  • भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बिर्तामोड(एजेन्सी) भारतमा शनिबार इन्धनको मूल्य पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू)  प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रुपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ४६ पैसा प

    • प्रकाशित मितिः असार २६, २०७८
    • 126 पटक पढिएको
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

    भारत / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । य

    • प्रकाशित मितिः असार २६, २०७८
    • 153 पटक पढिएको
  • जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटायो

    काठमाण्डौ / चीनले जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो । लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो । चीनले पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो ।जायन्ट पान्डा संरक्षणको सफलता मुख्य गरी बाँसका ज

    • प्रकाशित मितिः असार २६, २०७८
    • 154 पटक पढिएको
  • कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

    रुपगन्ज(एजेन्सी) बङ्गलादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्गलादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि

    • प्रकाशित मितिः असार २५, २०७८
    • 119 पटक पढिएको
  • हाइटी राष्ट्रपति हत्यामा २८ जना संलग्न

    हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न २६ जना कोलम्बिया र २ जना भने हाइटी अमेरिकी रहेको बताइएको छ।ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ। बुधवार प्रहरीले चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो। हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।हाइटी प्रहरीका निर्देशक लियोन चाल्र्सले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको बताए। तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन्। चाल्र्सका अनुसार हत्याराहरू यस घटना पश्चात भागिरहेको समयमा प्रहरीले उनीहरुलाई घेरेको थियो

    • प्रकाशित मितिः असार २५, २०७८
    • 149 पटक पढिएको
  • भारतको केरलामा जिका भाइरस देखियो

    काठमाण्डौ / भारतको केरलामा जिका भाइरस भेटिएको छ । एक गर्भवती महिलालाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो। १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ। लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ ।भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो ।  सन् २०१५ म

    • प्रकाशित मितिः असार २५, २०७८
    • 146 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा