विदेश

    Showing 1,481-1,490 of 1,911 items.
  • मोदीलाई कालो झण्डा देखाउने माथि अज्ञात समुह द्धारा गोली प्रहार

    काठमाडौं / भारतको उत्तर प्रदेशमा रहेको सुल्तानपुरमा कालो झण्डा देखाउने एक महिला रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका छन् । महिलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएका कारण यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन् । खुट्टामा गोली लागेर घाइते अवस्थामा पुगेकी यादवलाई तत्कालै सिएचसी लुम्भुआमा भर्ना गरिएको थियो भने थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पतालमा लगिएको थियो । सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले उपचाररत अवस्थामा रहेकी यादवको बयान दर्ता गरेका थिए ।पोस्टर बनाउन सुल्तानपुर गएकी यादव घर फर्कने क्रममा लम्भुआ नजिकै हाईवेमा तीन व्यक्तिले उनको गाडीलाई ओभरटेक गर

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 163 पटक पढिएको
  • आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

    झापा, /  आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट प्रभु यशु को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को बिदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशु को  सम्झना गर्दै अङ्गुरको रस र रोटी खाने प्

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 135 पटक पढिएको
  • संक्रमण बढेपछि युरोपमा कडाइ

    काठमाडौँ / कोभिड –१९ को नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएपछि अधिकांश युरोपेली देशले स्वास्थ्य नियम कडा गरिएको छ । फ्रान्स, जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टा लगायत देशले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाए हो । फ्रान्समा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी अर्थात् १ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ । युरोपका अन्य देशहरू जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टा, आइसल्यान्ड, फिनल्यान्डलगायत ले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । ती देशहरूले अंग्रेजी नयाँ वर्षमा हुने उत्सवहरू रद्द गर्नुका साथै सार्वजनिक स्थ

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 120 पटक पढिएको
  • सम्पादक सहित ६ जना पक्राउ

    काठमाडौँ  / हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचार मार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादक सहित केही कर्मचारीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन् ।आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानकारी दिए । पक्राउ पर्ने अन्य व्यक्तिहरू ३४ देखि ७३ वर्षका छन् ।प्रकाशन गृहमा छापा म

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 163 पटक पढिएको
  • अफ्रिकी मुलुक सेनेगलमा चल्न थाल्यो विद्युतीय रेल

    काठमाडौं / पश्चिम अफ्रिकामा रहेको सेनेगलको राजधानी डाकरबाट ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई डाकरसँग जोड्ने रेल चल्न थालिसकेको छ । समाचार संस्था रोयटर्सका अनुसार सञ्चालन भई सकेको विद्युतीय रेलको उद्घाटन भने राष्ट्रपति म्याकी सालले सोमबार गरेका थिए ।फ्रान्सको उपनिवेशबाट सन् १९६० मा स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आँफै १.३ अर्ब अमेरिकी डलर खर्च गरि पाँच वर्षको समय अवधिमा रेलमार्ग बनाउन सफल भएको हो । राजधानी डाकरको प्रदुषण कम गर्न र सवारी जाम घटाउनका लागि पनि रेलमार्गले सहयोग गर्ने त्यहाँका सर्वसाधारणले अपेक्षा गरेका छन् ।पहिलो पटक बनाइएको विद्युतीय रेलबाट भने दैनिक १ लाख १५ हजार यात्रुले से

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 148 पटक पढिएको
  • ओमिक्रोन बढेसँगै नयाँ दिल्लीमा फेरि कर्फ्यु लगाइयो

    काठमाडौँ / भारतमा कोभिड संक्रमण फेरि तीब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितहरूको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।यस अघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रिकालीन कर्फ्यु लागिसकेको छ ।कर्फ्यु लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारले भनेको छ ।राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ । अन्य समयमा मास्क लगाएर

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 134 पटक पढिएको
  • म्यानमारको सैन्य कारबाहीका ३० सर्वसाधारणको मृत्यु

    काठमाडौं : म्यानमारमा सैन्य कारबाही  ३० सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ । बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन् । घटनामा मृत्यु भएकाहरूको पहिचान हुन नसकेको जनाइएको छ ।सर्वसाधारणको गाडीमाथि सैनिकले घातक आक्रमण गरेको जनाइएको छ । जसका कारण थुप्रै शवहरू जलेर नचिनिने अवस्थामा छन् । शुक्रबार भएको घटनामा थुप्

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 130 पटक पढिएको
  • बेलायतमा बढ्दो छ कोरोना, एकै दिन १ लाख २२ हजार बढी सङ्क्रमित थपिए

    काठमाडौँ  / बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ ।यसअघि शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङ्क्रमित भेटिएका थिए । कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो । यो नै कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरो

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 137 पटक पढिएको
  • नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

    काठमाडौँ(एजेन्सी) दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसम्नड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 148 पटक पढिएको
  • सलमानलाई सर्पले टोक्यो : उपचारपछि स्वास्थ्य स्थिति सामान्य

    काठमाडौँ / बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थित कमोठे इलाकाको एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरि उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेल स्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 144 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.