विदेश

    Showing १,५०१-१,५१० of २,१३३ items.
  • फेरी चिनमा कोरोना संक्रमण बढ्यो

    एजेन्सी / चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि सङ्क्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । साथै अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अपिल गरिएको छ ।चीनमा ओमिक्रोन भेरियन्ट ढिला गरी फैलिन थालेको हो । कोरोना नियन्त्रणका लागि चीन सरकारले थप कदम चाल्ने तयारी गरेको अधिकारीह

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १४२ पटक पढिएको
  • जर्मनीद्धारा ४० रुसी कुटनीतिज्ञलाई देश निकाला

    एजेन्सी / जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो सङ्ख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिरहेको आरोप लगाएको छ । रुसीले जर्मनहरूको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरूले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।यदि कुटनीतिज्ञहरूलाई अनिच्छित  व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरूलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइसकिएको बेयरबकले भनेकी छिन् । य

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १७० पटक पढिएको
  • तेह्र छात्रा बलात्कार गरेका शिक्षकलाई मृत्युदण्ड

    एजेन्सी / इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।समाचार संस्था रोयटर्सका अनुसार बाडुङ्गमा स्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २०५ पटक पढिएको
  • श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

    एजेन्सी / श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन् । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उनले बताएका छन् ।उनले राष्ट्रपति गोटाबाय राजापाक्षे समक्ष राजीनामा दिएको जनाएका छन् । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेबार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।जिम्मेबार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा परेका छन् । आर्थिक

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १५६ पटक पढिएको
  • रुस-युक्रेन युद्ध : बुचा नरसंहारको विश्वव्यापी विरोध

    एजेन्सी / युक्रेनमा रुसले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।युक्रेनले आइतबार किभ नजिकैको बुचा शहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै निन्दा गरेको छ ।त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १५९ पटक पढिएको
  • श्रीलंकामा सबै मन्त्रीले राजिनामा दिए

    एजेन्सी / श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए । तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ । यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थि

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १७८ पटक पढिएको
  • प्रहरी र बन्दुकधारीबीच भिडन्त हुँदा क्यालिफोर्नियामा ६को मृत्यु, ९ घाइते

    एजेन्सी  / अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको थियो । अमेरिकामा विगत केही वर्ष यता बन्दुक आक्रमण बढ्दै गएका छन । सन् २०२० को चुनावको शिलशिलामा तनाव बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीका कारण भएको आर्थिक तथा सामाजिक व्यवधानले हिंसात्मक गतिविधिमा वृद्धि भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन ।बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय अनुसन्धान समूह, ‘गन भ

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६६ पटक पढिएको
  • रुस–युक्रेन युद्ध : पाकिस्तानमा संसद विघटन

    बिर्तामोड / रुस–युक्रेन युद्धको समयमा रुस भ्रमण गरेको र रुसको पक्षमा लागेको भनेर अमेरिका सहित पश्चिमा मुलुकको दवाव झेलिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटनको सिफारिस गरेका छन् ।अमेरिका  र पश्चिमा मुलुकको सहयोगमा सत्ताच्यूतको प्रयास भएको सार्वजनिक रुपमा बताईरहेका उनले विपक्षीले विश्वासको मत लिन दिइरहेको दवाव पन्छाउँदै संसद विघटन गर्ने निर्णय गरेका हुन् ।आजै आइतबार संसदमा विश्वासको मत लिने कार्यसूची रहेको थियो तर उनले देशवासीका नाममा संवोधन गर्दै सरकार बनाउने र हटाउने अधिकार पाकिस्तानका जनतालाई भएको भन्दै संसद विघटनको निर्णय सुनाउँदै भावी निर्वाचनमा जुट्न सबैमा आव्हान गरेक

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १८१ पटक पढिएको
  • नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

    एजेन्सी  / नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आज २०७८ चेत २० गते आइतबारबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेसल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।‘आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेसल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेसल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरिक हुनेछन्,’ काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्विटर मार्फत भनेको छ । विपद्

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १६४ पटक पढिएको
  • बंगलादेश रुसको पक्षमा उभियो

    एजेन्सी  / संयुक्त राष्ट्र संघले रुस विरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बङ्गलादेशको आलोचना भइरहेको छ।आलोचना बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले संसद्मा यसबारे प्रष्टीकरण दिएकी छन्। संयुक्त राष्ट्र संघले एकमात्र देशको विरुद्धमा प्रस्ताव ल्याएकोले विपक्षमा मतदान गर्नुपरेको उनको भनाइ रहेको छ। शेख हसीनाले बंगलादेश र रुसबीचको मैत्रीपूर्ण सम्बन्धको पनि चर्चा गरेकी छन्। उनले भनिन्, ‘सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा अमेरिकाले बंगालादेश विरुद्ध बङ्गालको खाडीमा जहाज पठाएको थियो। त्यतिबेला रुस हाम्रो साथमा खडा थियो। सङ्कटको समयमा सधैँ रुस हाम्रो साथमा रह्यो। त्यसैले

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १४९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.