विदेश

    Showing १,५४१-१,५५० of २,१३३ items.
  • बेलायतले गर्यो रुसी खर्बपतिको दुईवटा जेट विमान कब्जा

    एजेन्सी / बेलायतले एक रुसी खर्बपतिका दुईवटा निजी जेट विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमी राष्ट्रहरूले रुस र रुसलाई समर्थन गर्ने संस्था र व्यक्तिहरूको बैंक ब्यालेन्सदेखि सम्पत्तिमा प्रतिबन्ध लगाएको थियो ।रुसले राजधानी किभमा सैन्य हमला तीब्र पारे पनि सहरभित्र छिर्न नसकेपछि एकमहिने लामो युद्धको पहिलो चरण अन्त्य भएको घोषणा गरेको एकदिनपछि रुसी खर्बपतिहरुको जेट विमान कब्जामा लिइएको हो । खर्बपति युगेन सिबिद्लरको प्रत्यक्ष रुपमा क्रेमलिनको सम्पर्कमा रहेको आरोप लगाउँदै विमानहरू कब्जामा लिएको बेलायती अर्थसचिव ग्रान्ट स्यापले बताएका हुन् । ती विमानहरू बेलायतले अनिश

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १८९ पटक पढिएको
  • १५ करोड जनताका लागि निःशुल्क राशन वितरण गर्ने उत्तर प्रदेशका मुख्यमन्त्रीको घोषणा

     एजेन्सी //उत्तर प्रदेशका मुख्यमन्त्रीले १५ करोड जनताका लागि निःशुल्क राशन वितरण गर्ने घोषणा गरेका छ्न। मुख्यमन्त्री योगी आदित्यनाथले  सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट नै १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका हुन् ।अब आगामी तीन महिना उत्तर प्रदेशको कुल जनसंख्यामध्ये १५ करोड जनताले सित्तैमा राशन पाउने बताइएको छ। निःशुल्क राशनमा प्रति व्यक्ति हरेक महिना ५ केजी चामल वा गहुँ, प्रति परिवार एक केजी दाल , एक लिटर खाने तेल, एक केजी चिनी र नुन दिइने बताइएको छ  । निःशुल्क राशन विपन्न आर्थिक अवस्थाका जनताका लागि दिइने व्यवस्था गरिएको छ । यो योजना सन् २०२४ सम्म जानसक्ने

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १९६ पटक पढिएको
  • छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

    एजेन्सी / अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले ‘विद्यालय खोल’ भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् ।  विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्या

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १६३ पटक पढिएको
  • युक्रेनमा गोलाबारीमा परि तीन सय जनाको मृत्यु

    एजेन्सी / युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको मृत्यु भएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो ।रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्र

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १८६ पटक पढिएको
  • भारतमा केही दिन यता लगातार पेट्रोल र डिजलको मूल्य बढ्दै

    काठमाडौँ / पछिल्लो केही दिन यता छिमेकी राष्ट्र भारतमा लगातार पेट्रोल र डिजेलको मूल्य  बढिरहेको छ ।शुक्रबारबाट भारतका तेल मार्केटिङ कम्पनीहरूले  फेरि मूल्य बढाएका हुन् । पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । चार महिनाको लामो समयपछि मंगलबार पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ्न सुरु गरेपछि लगातार तेलको मूल्य उकालो लागिरहेको छ  । मूल्य बढे सँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । यस्तै मुम्बईमा  नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर र चेन्नईमा १०३.६७ प्रतिलिटर पुगेको हो । 

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १६७ पटक पढिएको
  • साउदीमा अलपत्र नेपाली युवा उद्धारको पर्खाइमा

    काठमाडौँ \ धेरै धन कमाउन र परिवारको सपना सकार गर्न म्यानपावरलाई मोटो रकम तिरेर साउदी पुगेका १२६ नेपाली अलपत्र परेका छन् । काठमाडौँ स्थित ग्यालेक्सी ओभरसिज प्रा. ली बाट आज भन्दा करिब ५० दिन अगि साउदी पुगेका नेपाली युवा अलपत्र परेका हुन् ।  म्यानपावरको सम्झौता अनुसार काम र तलब नपाए पछि उद्धारका लागी म्यानपावर सञ्चालकलाई पटक पटक भने पनि म्यानपावर सञ्चालकले  कुनै पनि प्रतिकृया नदिएको पीडित मध्येका एक बिनोद दाहालले बताए । साउदी स्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा गएका उनीहरू म्यानपावर सञ्चालकको भनाई मात्र सुन्न बाध्य छन् ।म्यानपावर सञ्चालक हिमहरी अर्याल र  रमेश अम

    • प्रकाशित मितिः चैत १०, २०७८
    • १६० पटक पढिएको
  • उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

    एजेन्सी / उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो। ‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • १५७ पटक पढिएको
  • चीनमा बेपत्ता विमानको ब्ल्याक बक्स मात्रै भेटियो

    एजेन्सी / चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ ।एक सय ३२ यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् ।विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका

    • प्रकाशित मितिः चैत ९, २०७८
    • २०१ पटक पढिएको
  • चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

    एजेन्सी / एक सय ३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सिसिटिभीले सोमबार उल्लेख गरेको छ।बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको बुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १७३ पटक पढिएको
  • चर्चित क्रिकेटर सिंह पनि राजनीतिमा

    एजेन्सी / आम आदमी पार्टी (आप)ले पूर्व क्रिकेटर हरभजन सिंहलाई राज्यसभाको निर्वाचनका लागि उम्मेदवार बनाएको छ । आम आदमी पार्टीले उमेदवार बनाए लगत्तै उनले सोमबार पन्जाबबाट राज्यसभाको लागि आपबाट उम्मेदवारी दिएका छन् ।‘क्रिकेटर हरभजन सिंहले पन्जाबबाट राज्यसभाको लागि उम्मेदवारी दिएका छन्,’ आपको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘बलिङ लेजेन्ड भएर भारतलाई गर्व गराएपछि अब मिस्टर टर्बनेटरले आफ्नो आवाज संसद्‌मा पन्जाबको जनताका लागि उठाउनेछन्।’उनीसँगै दिल्लीका विधायक राघव चढ्दा र आईआईटी दिल्लीका प्रोफेसर डा. सन्दीप पाठकलाई आपले राज्य सभा चुनावको लागि उम्मेदवार बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।  राज

    • प्रकाशित मितिः चैत ७, २०७८
    • २१६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.