विदेश

    Showing १,५८१-१,५९० of २,१३३ items.
  • दक्षिण कोरियाको राष्ट्रपतिमा यूङ सुक विजयी

    काठमाडौं / दक्षिण कोरियाका विपक्षी पार्टीका उम्मेदवार यूङ सुक योल आगामी कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेका थिए भने बिहीबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार यूङ सुक योलसँग सत्तारुढ पार्टीका ली जाइ म्युङ पराजित भएका हुन् । आगामी राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका जनताहरूको रहेको बताएका छन् । योग्य मतदातामध्ये ७५ प्रतिशतभन्दा धेरैले निर्वाचनमा मतदान गरेका थिए भने अमेरिकाका राष्ट्रपति जो बाइडेनले यूङलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १४२ पटक पढिएको
  • मेक्सिकोमा गोली हानी एकै घरका १० को हत्या

    एजेन्सी / मेक्सिकोमा गोली हानेर एकै घरका १० जनाको हत्या गरिएको छ । मेक्सिकोको एट्लिक्समा रहेको एक बस्तीमा बुधबार  १० जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ । मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।मारिएकाहरूको पहिचान हुन सकेको छैन । तीमध्ये

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १४६ पटक पढिएको
  • अमेरिका र बेलायतले लगायो रुसी तेल आयातमा प्रतिबन्ध

    एजेन्सी / रुसी तेल आयातमा अमेरिका र बेलायतले प्रतिबन्ध लगाएका छन् । अमेरिका र बेलायतले युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्दै रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् ।उक्त प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । त्यस्तै बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उक्त निर्णयले रुसमाथि केही समयपछि ठूलो असर देखिने बताएका छन् ।अमेरिकामा तेल र अन्य परिष्कृत उत्पादनको ८ प्रतिशत र बेलायतमा तेलको करिब ६ प्रतिशत आयात रुसबाट हुने देखिएको छ । अमेरिका र बेलायतले तेल

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १८५ पटक पढिएको
  • युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

    एजेन्सी / युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ । युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन् ।रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र रसियाबाट नेपाली श्रमिकको माग तत्काल नआएकाले श्रम स्वीकृति रोक्नुपर्ने अवस्था भने नरहेको बताए

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १७४ पटक पढिएको
  • दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

    काठमाडौं / दक्षिण कोरियामा आज राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरू मतदानमा सहभागी भइरहेका छन् ।उत्तर कोरियाबाट आइरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्यून अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहने अनुमान लगाइएको छ ।एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देश उत्तर कोरियाको नेतृत्वका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखिएको छ । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाच

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १४८ पटक पढिएको
  • नारी दिवसको अवसरमा ‘रुस युक्रेन युद्ध रोक्न आग्रह

    एजेन्सी / रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण महिला र बालबालिकाहरूको व्यापक मानवअधिकार उल्लंघन भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले आज विरोध प्रदर्शन गरेको छ ।अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रूपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकेर मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको छ । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौं विस्थापित तथा शरणार्थी भएको जनाएका छन् ।अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर आज समाजको काठमाडौँ शाखाले ‘रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा’ विषयक विचार गोष्ठी सहित बि

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५८ पटक पढिएको
  • रुस र युक्रेनका विदेशमन्त्रीको भेट टर्कीमा हुने

    एजेन्सी / रुस र टर्कीका विदेशमन्त्रीको टर्कीमा आगामी बिहीबार भेट हुने भएको छ । उक्त भेट बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा  आयोजना गर्न लागेको सो फोरमको अवसरमा रुस र युक्रेनका विदेशमन्त्री बीचमा भेटघाट हुन लागेको हो ।सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र युक्रेनका विदेशमन्त्री मेभलुट काभुस्गलु अन्तलाया जाने भएका छन् । रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएको बताएका छन् ।उता युक्रेनी विदेशमन्

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १४४ पटक पढिएको
  • युक्रेनबाट ५६२ नेपालीको उद्धार

    काठमाडौं / रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरूको उद्धार गरिएको छ । युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।हालसम्म पोल्यान्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेको  समेत  शर्माले बताएका छन् । युक्रेन युद्धबाट बिस्थापित भै विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित भविष्य र बसोबासका लागि तेस्रो मुलुक ति

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १४९ पटक पढिएको
  • युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

    एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध गरेका छन्।रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उनले अनुरोध गरेका छन् ।यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको हमलामा १०औं हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन्।रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १४८ पटक पढिएको
  • ३ हजार अमेरिकी नागरिक रूसविरुद्ध लड्न युक्रेन जाने

    काठमाडौं / युक्रेनले रुसी आक्रमण विरुद्ध लड्न विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि करिब ३,००० अमेरिकीले जवाफ दिएको वाशिङ्टन डिसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताएका छन् ।पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना नपठाए पनि लडाइमा सहयोग गर्न भने हतियार पठाउँदै आएका छन् । उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको “अन्तर्राष्ट्रिय सेना” गठन गर्न आह्वान गरेका हुन् । जेलेन्स्

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • २३८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.