विदेश

    Showing 1,591-1,600 of 2,121 items.
  • रुसी विमान अमेरिका प्रवेशमा रोक लगाउने तयारी

    एजेन्सी  / अमेरिकाले रुसी विमानलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ । रुसले युक्रेनमा गरिरहेको सैन्य आक्रमणको विरोधमा अमेरिकाले रुसी विमानलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसमाथि प्रतिबन्धको घोषणा गर्नेछन् । यसअघि युरोपेली मुलुकहरु र क्यानडाले पनि रुसको लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । यसअघि पनि विभिनन मुलुकले रुसमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन्। जसको कारण धेरै उडान रद्द भएको छ भने धेरै उडानको मार्ग परिवर्तन गरिएको छ ।रुसले अहिलेसम्म अमेरिकाले हवाई प्रतिबन्ध लगाए त्यसको बदलामा के गर्ने भन्ने विषयमा कुनै संकेत दिएको

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 204 पटक पढिएको
  • भारतमा थपिए थप ६ हजार ९१५ जना नयाँ सङ्क्रमित

    एजेन्सी / भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् ।सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 146 पटक पढिएको
  • म्यानमार पहिरो जादाँ १२ जनाको मृत्यु , दर्जनौं बेपत्ता

    काठमाडौँ / म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ ।    हिजो राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको छ ।    आज बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २ः३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय एक स्थानीयवासीले बताएका छन् ।&

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 159 पटक पढिएको
  • युक्रेनविरुद्ध रुसले ‘फादर अफ अल बम’ खसाल्ने आशंका

    काठमाडौं / युक्रेनविरुद्ध रुसको आक्रमण तीब्र भएको छ । यो युद्धमा रुसले युक्रेनको कडा प्रतिरोधको सामना गर्नु परिरहेको छ । यही बीच बेलायती मिडियाले आशंका व्यक्त गरेको छ कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटो घुँडा टेकाउनको लागि आफ्नो सबैभन्दा घातक हतियारमध्येको एक ‘फादर अफ अल बम’ प्रयोग गर्न सक्छन् ।रुसको यो बमलाई एभिएसन थर्मोबेरिक बम अफ इनक्रिज्ड पावर अर्थात एटीबीआइपी भनिन्छ । हुन त यो परमाणु बम होइन तर यसले पनि निधै धेरै विनाश गर्न सक्छ । रुसले यो बमको विकास २००७ मा गरेको हो । यसबाट ४४ टन बराबरको विस्फोट हुन सक्छ । यो बमले आफ्नो आसपासको ३०० मिटर टाढासम्म क्षेत्रलाई खरानी बना

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 278 पटक पढिएको
  • कोइला खानीमा विस्फोट हुदाँ १३ जनाको मृत्यु

    एजेन्सी / कोलम्बियामा भएको खानी दुर्घटनामा ज्यान जानेको संख्या १३ पुगेको छ । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानीभित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ । 

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 171 पटक पढिएको
  • भूकम्पमा परी इन्डोनेसियामा ७को मृत्यु, ८५ जना घाइते

    एजेन्सी / शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको मृत्यु भएको छ ।सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए ।शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ । यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ ।सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 151 पटक पढिएको
  • ३५०० रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

    एजेन्सी/ युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ ।फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ । बीबीसीले यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन । 

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 188 पटक पढिएको
  • वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

    एजेन्सी / फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् ।रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनीहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन् ।रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 156 पटक पढिएको
  • युक्रेनका १९३ नेपाली दूतावासको सम्पर्कमा

    काठमाडौँ / रूसको आक्रमणमा परेको युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनसमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । रूसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्ष

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 155 पटक पढिएको
  • युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

    एजेन्सी/ युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले चिन्ता व्यक्त गरेको छ ।एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ ।विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।साथै युक्र

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.