विदेश

    Showing १,६५१-१,६६० of २,१३३ items.
  • भारतमा कोभिड संक्रमित दर घट्दो, मृत्युदर बढ्दो

    काठमाडौँ / भारतमा कोभिड सङ्क्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यसँगै भारतमा कोभिड सङ्क्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ । कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् ।&nb

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १४९ पटक पढिएको
  • अमेरिकामा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै

    एजेन्सी / संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक रहेको जनाएका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ । बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।अमेरीकामा दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् ।

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १४७ पटक पढिएको
  • इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

    एजेन्सी / इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ ।मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरीसकेका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो। यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् ।यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि “परिस्थितिलाई ध्यानमा राख्दै” फेरि देशको

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १४६ पटक पढिएको
  • पाकिस्तानमा बन्दुक आक्रमण : चार जनाको मृत्यु

    काठमाडौँ / पाकिस्तानको बलुचिस्तान क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १६० पटक पढिएको
  • पब्जीको लत : बालकले गरे आमासहित तीन दाजु र दिदीबहिनीको हत्या

    एजेन्सी / पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम पब्जीका कारण आफ्नी आमासहित तीन दाजु र दिदीबहिनीलाई गोली हानेर हत्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार ती बालकले नै उनीहरूको हत्या गरेको गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यम एनडिटिभी इन्डियाले जनाएको छ ।बयानमा भनिएको छ , केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको हत्या गरेको स्वीकार गरेका

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १८८ पटक पढिएको
  • विश्वमा एकै दिन थपिए ३२ लाख ४९ हजार ९०० जना कोरोना संक्रमित

    झापा / पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा विश्वमा एकै दिनमा ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण भएको छ ।संक्रमित मध्ये सबै भन्दा धेरै अमेरिकामा ३ लाख ९२ हजार र फ्रान्समा ३ लाख ५३ हजार छन् । यस्तै‚ भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटालीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार, जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १५१ पटक पढिएको
  • अमेरिकाद्वारा रुसी ग्यास पाइप लाइन अवरुद्ध गर्ने चेतावनी

    झापा(एजेन्सी) रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाइन नथए नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने चेतावनी दिएको छ । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरूले बुधबार बताएका थिए । रसियाले युक्रेन अतिक्रमण गरे आफूहरूले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरूले बताउँदै आएका छन् । र, उनीहरूका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १४८ पटक पढिएको
  • गुगलका सीईओसहित छ जनामाथि भारतमा मुद्दा दायर

    एजेन्सी / भारतको महाराष्ट्रस्थित एक अदालतको निर्देशनमा मुम्बई प्रहरीले अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच अधिकारीहरूमाथि प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा दायर गरेको छ। फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीमा गुगलले आफ्नो अनुमति विना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । युट्युब अल्फाबेटकै एक कम्पनी हो। सुन्दर पिचाई पनि भारतीय मूलका अमेरिकी नागरिक हुन्। पिचाईलाई एक दिनअघि मात्र भारतको तेस्रो ठूलो सम्मान नागरिक पद्म विभूषण दिने घोषणा गरिएको थियो। 

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६३ पटक पढिएको
  • अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत नजान आग्रह

    झापा(एजेन्सी) अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण, बलात्कार र जम्मू–काश्मीरमा आतंक बढेको भन्दै अमेरिकी सरकारले भारत भ्रमणमा नजान आग्रह गरेको हो । अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल–थ्री यात्रा र स्वास्थ्य सूचना जारी गरेका बेला यस्तो ट्राभल एडभाइजरी आएको हो ।यस्तै अमेरिकी नागरिकले जम्मु काश्मीरको पूर्वी लद्दाख क्षेत्र र यसको राजधानी लेह बाहेकमा देखिएको आतंकवाद र नागरिक अशान्तिलाई ध्यानमा राख्दै यात्रा नगर्नु भनेको छ ।अमेरिकाले पाकिस्तानलाई पनि ट्राभल एडभाइजरी लेभल–थ्री मा राखेक

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६७ पटक पढिएको
  • स्पेसएक्सले पठाएको रकेट चन्द्रमामा ठोक्किने वैज्ञानिकहको दावी

    काठमाडौं / अन्तरिक्षको क्षेत्रमा काम गर्दै आएका विश्वप्रसिद्ध उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ । रकेट आउँदो मार्च ४ मा चन्द्रमामा ठोक्किने र लगत्तै बिस्फोट हुने खगोलविद्हरुले बताएका छन् ।फाल्कन नाइन बुस्टर नामको यो रकेट सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अभियान पूरा भएपछि पृथ्वीमा फर्कनु पर्नेमा पर्याप्त इन्धन नभएपछि चन्द्रमातर्फ सोझिएको वैज्ञानिकहरुले बताएका छन् ।अमेरिका के हार्वर्ड–स्मिथसोनियन सेन्टरका खगोलविद् प्राध्यापक जोनाथन म्याकडावेलले बीबीसीसँग कुरा गर्दै चन्द्रमासँग ठोक्किने

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.