विदेश

    Showing १,६६१-१,६७० of २,१३३ items.
  • भारतमा सङ्क्रमितको सङ्ख्या फेरी बढ्यो

    काठमाडौं / बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएकाले दैनिक सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । कुल सङ्क्रमितहरूको मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन भने ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पन

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६७ पटक पढिएको
  • सुडानमा जातीय दंगा, ३२ को मृत्यु

    एजेन्सी / दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दङ्गामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीच समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १३८ पटक पढिएको
  • विश्वविद्यालयमा १८ वर्षीय युवकले गोली चलाउँदा दुई जनाको मृत्यु

    एजेन्सी  / जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।जर्मनीको हाइडेलवर्ग युनिभर्सिटीमा प्रवेश गरेका सोही विश्वविद्यालयका एक विद्यार्थीले एक जनाको हत्या गरी आफैंलाई पनि गोली प्रहार गरेका थिए । घटनामा ३ जना घाइते भएका छन् ।२ वटा बन्दुक बोकेका ती व्यक्ति विश्वविद्यालयमा कक्षा सञ्चालन भइरहेको अवस्थामा कोठामा प्रवेश गरेर विद्यार्थीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १३९ पटक पढिएको
  • रात्रि क्लबमा भिडन्तमा परि १९ जनाको मृत्यु

    एजेन्सी / इन्डोनेसियाको पश्चिमी पपुवामा  मंगलबार बिहानीपख एक रात्रि क्लबमा भएको द्विपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । त्यहाँ दुई समूहबीचको आपसी झडपले उग्र रूप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १३९ पटक पढिएको
  • अफगानिस्तानमा हिमपातमा परि ४२ को मृत्यु, ७६ घाइते

    एजेन्सी / अफगानिस्तानमा अत्यधिक हिमपातका कारण  ४२ जनाको मृत्यु भएको छ । हिमपातमा परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् ।तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरूले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको पनि जनाएका छन् ।पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरूको भनाई छ । उनीहरूले हिमपातबाट प्रभावितहरूलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरूलाई खोजी,

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १३१ पटक पढिएको
  • ओमिक्रोन भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि

     काठमाडौँ / विश्‍वभरि कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ ।यो भेरियन्टलाई बीए –२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए –२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यी मध्ये ६ बालबालिका छन् । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पहिचान नहुँदा यसको संक्रमण रोक्न निकै ठूलो चुनौती हो । चिन्ताको विषय यो हो कि यो टेस्ट किटमा पनि देखिँदैन । त्यसैले यसलाई ‘स्टेल्थ’ अर्थात् अर्थात् लु

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १७७ पटक पढिएको
  • हेरातमा मिनी बसमा बम विस्फोट हुँदा ७ को मृत्यु

    काठमाडौं  / अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।इन्धन ट्याङ्कीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय सङ्कटको अवस्था सिर्जना भएको विवरणहरू सार्वजनिक भइरहेका छन् ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १६० पटक पढिएको
  • इस्लामावाद एयरपोर्टका एक सय कर्मचारीमा कोरोना संक्रमण

    एजेन्सी / पाकिस्तानको राजधानी इस्लामाबादस्थित विमानस्थलमा करिब एकसय कर्मचारी कोरोना संक्रमित भएका छन् । पाकिस्तानमा कोरोना भाइरस संक्रमित बढिरहेका वेला इस्लामावाद एयरपोर्ट उच्च अधिकारीसहितका एक सयजना कर्मचारीमा संक्रमण पुष्टि भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।इस्लामावाद एयरपोर्टमा सुरुमा एयर ट्राफिक कन्ट्रोलर एटीसी टावरका केही अफिसरहरूमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको थियो। त्यसपछि विमानस्थलमा रहेका अन्य अधिकारी र कर्मचारीहरुमा संक्रमण फैलिएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।संक्रमित कर्मचारीमा एटीसी सञ्चालक, महनिर्देशक, सहायक निर्देशक

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १४४ पटक पढिएको
  • फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

    एजेन्सी /  शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५६ पटक पढिएको
  • विश्वभर एकै दिन ३३ लाखभन्दा बढीमा कोरोना संक्रमण, ८ हजारको मृत्यु

    एजेन्सी  / विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो ।नयाँ थपिएका संक्रमितमध्ये अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र  इटलीमा १ लाख ७९ हजार रहेका छन्। यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ ।गत २४ घण्टामा ८ हजार १९८ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा २ हजार १९९, भारतमा ४८९, रसियामा ६९२, इटलीमा ३७३, ब्राजिलमा ३९६ र मेक्सिोकोमा २७८ जना

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.