विदेश

    Showing १,६९१-१,७०० of २,१३३ items.
  • भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

    एजेन्सी / भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्।भारतमा अहिले सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८ सय २० पुगेको छ। शुक्रबार भारतका विभिन्न राज्यहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ६ हजार ४१ जना संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा सवै भन्दा बढी कोरोना संक्रमित देखिएका छन्।

    • प्रकाशित मितिः माघ १, २०७८
    • १४४ पटक पढिएको
  • अमेरिकाको रासायनिक कारखानामा आगलागी

    एजेन्सी  / संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ ।फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ’ लोराले भने । लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • १५० पटक पढिएको
  • युरोपेली संसद्‌का अध्यक्ष सासोलीको निधन

    ब्रसेल्स(एजेन्सी)  युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार बिहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १७१ पटक पढिएको
  • पाकिस्तानी तालिबानका शीर्ष नेता अफगानिस्तानमा मारिए

    काठमाडौँ / पाकिस्तानी तालिवान तथा तेहरीक–ए–तालिबान पाकिस्तानका पूर्व प्रवक्ता खालिद बाल्टी अफगानिस्तानमा मारिएका छन् ।अल जजिराका अनुसार अहिले तालिवान र सरकारबीचको वार्ता रोकिएको अवस्थामा पाकिस्तानी तालिबानका शीर्ष नेता अफगानिस्तानको नान्गरहार प्रान्तमा मारिएका हुन् ।समाचारमा उल्लेख गरिएअनुसार पाकिस्तानको सीमानजिक रहेको क्षेत्रमा उनी मारिएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा थप जानकारी भने आउन बाँकी रहेको समेत समाचारमा उल्लेख गरिएको छ ।  

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १७० पटक पढिएको
  • न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु, ३२ घाइते

    झापा(एजेन्सी) अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।१९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् । न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो ।अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । आ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १६२ पटक पढिएको
  • यमनमा बारुदी सुरुङ बिष्फोट हुँदा ५ को मृत्यु

    एजेन्सी / यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । हुथी मिलिशियाले विष्फोटक ल्यान्डमाइनहरू शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले जनाएको छ । सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटका विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्‌याइएको बारुदी सुरूङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १७२ पटक पढिएको
  • कोभिडको प्रकोप अमेरिकामा सधैँ रहदैंन : अमेरिकी राष्ट्रपति बाइडेन

    काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड –१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन ।बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ । उनले भने मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौँ त्यसबाट यो यहाँ रहने छैन । हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौँ जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस् ।बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण क

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १७२ पटक पढिएको
  • ओमिक्रोनको त्रासले चलचित्र ‘राधेश्याम ’ पनि पोष्टपोन्ड

    काठमाडौं । भारतमा कोरोना त्रासका कारण धमाधम चलचित्रहरूको रिलिज पोष्टपोन्ड  भइरहेका छन् । बलिउड तथा साउथका चलचित्रहरूको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमाहलहरु समेत बन्द भइसकेका छन् ।सर्वाधिक प्रतीक्षित चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोष्टपोन्ड भइसकेको छ भने अर्को प्रतीक्षित साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र राधे श्यामको प्रदर्शन मिति पनि पछि सारिएको छ । यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको भएपनि कोरोनाको त्रासका कारण पोष्टपोन्ड गरिएको हो । त्यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनीत

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १९१ पटक पढिएको
  • चीनमा सबैभन्दा लामो अन्डरवाटर हाइवे टनेलु संचालन

    एजेन्सी / चीनकै सबैभन्दा लामो अन्डरवाटर हाइवे टनेल सञ्चालनमा आएको छ । निर्माण सुरु गरिएको चार वर्षमै हाइवे टनेलको काम सकाएर सवारीसाधनहरुको सञ्चालनमा ल्‍याइएको हो।सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहु मुनीबाट बनाएको सुरुङमार्गको लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ।करिब १.५६ बिलियन डलरमा निर्माण सम्पन्न भएको यो सडक ४९.९ किलोमिटर लामो चाङझाउ  उसी राजमार्ग अन्तर्गत पर्छ । दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको छ भने सिलिङमा एलइडी लाइटहरू जडान गरिएको टनेलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ। 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १५७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.