विदेश

    Showing १,७२१-१,७३० of २,१३३ items.
  • अदालतभित्र बिस्फोट हुँदा २ को मृत्यु, चार घाइते

    काठमाडौँ / भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट  हुँदा २ जनाको मृत्यु, चार घाइते भएको इन्डिया टुडेले जनाएको छ ।लुधियाना अदालतको दोस्रो तलाको बाथरुममा भएको बिस्फोट भएको जनाइएको छ ।बिस्फोट लगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदालत भवनबाट धुँवा आइरहेको देखिन्छ ।लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो ।  त्यही भएर विस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन् ।बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १४९ पटक पढिएको
  • विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

    झापा(एजेन्सी) अफगानिस्तानले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।तालिवान समूहले मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताए ।महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १५२ पटक पढिएको
  • जापानकी चर्चित नायिकाको २२ औं तलाबाट खसेर मृत्यु

    काठमाडौं(एजेन्सी) जापानकी चर्चित नायिका सयाका कान्डाको होटलको २२ तलबाट खसेर मृत्यु भएको छ । सयाका होक्काइडो द्वीपको एउटा होटलमा बसेकी थिइन् । यसै होटलको २२ औं तलबाट स्थित एउटा कोठाबाट खसेपछि उनको मृत्यु भएको हो ।३५ वर्षीया सयाका गत १८ डिसेम्बर उक्त होटलको २२ औँ तला माथिबाट खसेपछि रगताम्ये अवस्थामा होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् ।सयाका एक जापानी नायिका तथा गायिका थिइन् । उनी अभिनेत्री मसाकी कान्डा र पप गायक सिको मात्सुडाकी एक्ली सन्तान थिइन् । 

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १७४ पटक पढिएको
  • अमेरिकामा तीन बालबालिकासहित ७ जना मृत फेला

    काठमाडौं / अमेरिकाको मिनेसोटा राज्यको एक घरमा तीन बालबालिकासहित सात जना मृत अवस्थामा फेला परेका छन् । सात मृतक बीचको सम्बन्ध भने प्रहरीले खुलाएको छैन् ।  प्रहरीहरूले अझै पनि मृत्युको वरपरका परिस्थितिहरू निर्धारण गर्न काम गरिरहेको छ, मुरहेड प्रहरी विभागले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परिवारका सदस्यहरूले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको  र पीडितको परिचय केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १६० पटक पढिएको
  • इरानमा पनि देखियो नयाँ भेरियन्टमा ‘ओमिक्रोन

    एजेन्सी / इरानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले ‘ओमिक्रोन’ सङ्क्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो ।युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा खबर छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजना माथि समेत निगरानी गरिरहेको छ । इरानमा ६० प्रतिशत मानिसले कोरियाविरुद्धको दुई डोज खोप लगाइसकेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन् । 

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १३६ पटक पढिएको
  • बाढीका कारण ३५ हजार बढी मानिस विस्थापित

    काठमाडौँ(एजेन्सी) मलेसियामा केही दिनदेखि निरन्तर परेको वर्षासँगै आएको बाढीका कारण ३५ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् । वर्षाका कारण पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको सरकारी प्रकोप नियन्त्रण विभागले जनाएको छ । बाढी र पहिरोका कारण करिब सात ओटा प्रान्त बढी प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरूलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १२७ पटक पढिएको
  • ३५ वर्षीय बोरिक बने चिलिको राष्ट्रपति

    काठमाडौँ(एजेन्सी)  दक्षिण अमेरिकी देश चिलीमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्नेका छन् ।  उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेर ३५ वर्षकै उमेरमा राष्ट्रपति बनेका हुन्।आइतबार भएको राष्ट्रपतिको चुनावमा बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाएका छन् । कास्टले मतदान सम्पन्न भएको डेढ घण्टामै हार मानेका थिए। उनले हार स्वीकार गर्दा आधा मतपेटिका खोल्नै बाँकी थियो। गणना भएका मतअनुसार भने बोरिकले ५६ र कास्टले ४४ प्रतिशत मत ल्याएका थिए । उम्मेदवारहरू दुवैले फरक फरक धारणासहित चुनावी मैदानमा आफूलाई प्रस्तुत गरेका थिए ।राष्ट्रपतिमा नि

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १५४ पटक पढिएको
  • म्यानमारमा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

    एजेन्सी / म्यानमारमा  सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको हत्या गरेको विवरण सार्वजनिक भएका छ । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरूको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । यिन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । सेनाले चरम

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १६४ पटक पढिएको
  • आँधीमा परी ८० भन्दा बढीको मृत्यु

    झापा(एजेन्सी) फिलिपिन्समा आँधीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राई आँधीले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । राईले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाख भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए।आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ।  बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन्।सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन्।कोस्ट

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १४६ पटक पढिएको
  • इराकको ग्रीन जोनमा रकेट आक्रमण

    झापा(एजेन्सी) इराकको मध्य बगदादमा रहेको अमेरिकी दूतावास ग्रिन जोनमा विद्रोहीको समुहले रकेट आक्रमण गरेका छन् । ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।आईएनएका अनुसार एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सि–आरएएम प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो । उक्त घटनाबाट भएको क्षतिको विवरण भने आएको छैन । सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.