विदेश

    Showing १,७५१-१,७६० of २,१३३ items.
  • वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

    यांगुन(एजेन्सी) एक वर्षदेखि घरमै नजरबन्दमा रहेकी वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लागेकी सुकीलाई म्यानमारको सैनिक सरकारले सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।फेब्रुअरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै अ‌ाएको छ ।सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राख

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १४५ पटक पढिएको
  • एकैदिन भारतमा १७ जनामा ओमिक्रोन पुष्टि

    एजेन्सी / पछिल्लो २४ घन्टामा भारतमा १७ जनामा ओमिक्रोन भाइरस पुष्टि भएको छ । राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजना गरी भारतमा एकैदिन  १७ जनामा कोरोनाको नयाँ भेरीयन्ट ओमिक्रोन देखापरेको हो । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।   अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्याण्ड्ससहित २५ देशमा ओमिक्रोन देखिएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १३४ पटक पढिएको
  • ट्विटरले बन्द गर्‍यो चीनसहित छ देशका तीन हजार ५०० अकाउन्ट

    झापा / ट्विटरले चीनसहित छ वटा देशका विभिन्न संघ संस्थाको तीन हजार पाँच सय अकाउन्ट बन्द गरेको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले छ देशका तीन हजार पाँच सय अकाउन्ट बन्द गरेको हो । ट्विटरले चीनको अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई होच्याउने गरी पोष्ट गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट बन्द गरिदिएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । चीनको सिनजियाङ प्रान्तमा बसोबास गर्दै आएका दश लाख उहिगुर मुसलमानहरुलाई चीन सरकारले आम जनतालाई भन्दा फरक व्यावहार गर्ने गरेको भन्दै अन्तर्राष्ट्र

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १४४ पटक पढिएको
  • १५ वर्षीय युवकले विद्यालयमा चलाए गोली : तीनको मृत्यु, आठ घाइते

    एजेन्सी  / अमेरिकाको मिशिगनस्थित एक हाइस्कुलमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक सहित आठ घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी रहेका छन् ।१५ वर्षका संदिग्धले उक्त विद्यालयमा सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चलाए उक्त घटना घटाएको प्रहरीले जनाएका छन् ।डेट्रोयटबाट लगभग १५ मिल टाढा अक्सफोर्ड शहरमा गरिएको हमलाको पछाडि हमला कर्ताको उद्देश्य के थियो, त्यो स्पष्ट हुन सकेको छैन ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १७७ पटक पढिएको
  • नेपाली युवती तस्करी गर्ने केन्याका बेपारीलाइ ३० वर्षको जेल सजाय

    एजेन्सी / अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन व्यापारी असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।अदालतले विदेशी नागरिकलाई मानव तस्करी गरी श्रम इजाजत नलिई काममा लगाएको ठहर गर्दै जेल सजाय र १० लाख केन्याली मुद्रासम्म जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अदालतले उनलाई १२ नेपाली युवतीलाई बन्धक बनाएर शोषण समेत गरेको ठहर गरेको छ । उनले मोम्वासास्थित अम्के प्लाजामा ‘रंगिला ग्रिल एण्ड

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १६४ पटक पढिएको
  • कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

    एजेन्सी / अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।  कोरोना महामारी बढ्दै गएको र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस अझ खत्रा भएकाले न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने होचुलले बताए । शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ । न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १६७ पटक पढिएको
  • साइबेरियाको कोइलाखानीमा आगलागी : ५२ को मृत्यु, ४९ घाइते

    एजेन्सी / साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना मानिसहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ । खानीभित्र फसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरूले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्धार कार्य स्थगित गरिएको थियो । 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १४८ पटक पढिएको
  • नियुक्त भएको केही घण्टामा नै प्रधानमन्त्रीद्वारा राजीनामा

    एजेन्सी / स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि नै पदबाट राजीनामा दिएकी छन् ।सरकारमा सहभागी पार्टीले अलग भएको घोषणा गरेपछि उनले राजिनामा दिएकी हुन् । गठबन्धन सरकारमा रहेको एउटा दलले सत्ता साँझेदारीबाट बाहिरिएपछि उनले राजिनामा दिएकी हुन् । सरकारमा सहभागी ग्रीन पार्टी बजेट प्रति असन्तुष्ट हुँदै सत्ता साँझेदारीबाट बाहिरिएको थियो ।‘गठबन्धमा विभाजन भएपछि राजीनामा दिएकी हुँ,’ राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्र्याटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि एकल बहुमतसहित आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छन्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १५१ पटक पढिएको
  • गुडी रहेको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु

    एजेन्सी / बुल्गेरियामा गुडी रहेको बसमा आगलागी हुँदा ४६ जना यात्रुको मृत्यु भएको छ ।बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको बताइएको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १५२ पटक पढिएको
  • भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

    एजेन्सी / भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । लगातार परेको वर्षाका कारण आएको बाढीमा परी १०० भन्दा बढी बेपत्ता भएका छन् ।  बाढीले विषेश गरेर आन्ध्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् ।खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ ।

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.