विदेश

    Showing १,७६१-१,७७० of २,१३३ items.
  • पाकिस्तानी महिला सांसदको अश्लील भिडियो संसारभर भाइरल

    एजेन्सी / एक पाकिस्तानी महिला सांसदको गोप्य भिडियो सार्वजनिक भएको छ । पञ्जाब प्रान्तकी महिला नेता सानिया आशिकको अश्लील भिडिओ सार्वजनिक भएको हो । उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् । सानियाले भिडियोबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् । लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् । सानियाले

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ४६५ पटक पढिएको
  • क्यानडामा सङ्कटकाल घोषणा

    एजेन्सी  / क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा तुफानका कारण सडक र रेल सेवा अवरुद्ध भएपछि संकटकाल घोषण गरिएको छ । कोलम्बियामा गत आइतबार राति ठूलो तुफान आएको थियो । तुफानमा परेर हजारौँ मानिसहरू प्रभावित भएको बताइएको छ । उक्त क्षेत्रमा विपत्तिले जनजीवन प्राभावित भएपछि त्यहाँका बासिन्दाहरूको सहायताका लागि क्यानडाको आर्मी फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन् ।बिबिसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • २१८ पटक पढिएको
  • अमेरिकाका तीन चर्चित हिउँ चितुवाको कोरोनाका कारण मृत्यु

    एजेन्सी / नेब्रास्काको चिडियाखानामा रहेका लोकप्रिय तीन हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुने चितुवाको नाम एभरेस्ट, मकालु र रान्नी थियो ।द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती तीन हिउँ चितुवाले राम्रा र रमाइला भएकै कारण चर्चा कमाएका थिए । चिडियाखानामा घुम्न आउनेका लागि यिनै चितुवा आकर्षणको केन्द्र विन्दु थिए।यिनलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको हो। यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका बासिङटन पोस्टले लेखेको छ।गत महिना लिंकन चिडियाखानाका केही जन

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १५३ पटक पढिएको
  • भारतमा पछिल्लो २४ घण्टामा १० हजार सङ्क्रमित थपिए

    भारत / भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ। सरकारी अधिकारीले  सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन्। उनीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३४ हजार ९६ रहेका छन्।कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले ज

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १५६ पटक पढिएको
  • बिहारमा एक पत्रकारको अपहरणपछि हत्या

    एजेन्सी  / भारतको बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका एक पत्रकारको हत्या भएको छ । पत्रकार २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो ।झाको शव शनिबार आधा जलेको अवस्थामा एक सडकमा फेला परेको थियो । झालाई अज्ञात समूहले गत १२ नोभेम्बरमा अपहरण गरेका थियो । उनको हत्याको संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । समाचार सङ्कलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृतकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्वीकार गरेका थिए । अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएको पीडित परिवारको दाबी छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १६० पटक पढिएको
  • इक्वेडरको जेलभित्रै झडप : ६८ को मृत्यु

    एजेन्सी / इक्वेडरको एक जेलभित्र झडप हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै भने २५ जना घाइते छन् । यस अघि गत सेप्टेम्बरमा सोही जेलमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । गत सेप्टेम्बरमा भएको हमला अहिलेसम्मकै सबैभन्दा खराब थियो । यतिबेला एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाएको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १६२ पटक पढिएको
  • राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड डा. मल्ललाई

    काठमाडौं / प्रहरी उपरीक्षक डा. संज्ञा मल्लले २०२१ को ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड पाएकी छिन् । संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयका अनुसार मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरेको हो । प्रहरी उपरीक्षक डा. मल्लले मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड –१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन् ।वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १५२ पटक पढिएको
  • अमेरिकी पत्रकार फेनस्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय

    एजेन्सी / म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेना विरुद्धको असन्तोषलाई प्रोत्साहित गरेको भन्दै म्यानमारको फौजी अदालतले ११ वर्ष जेल सजाय सुनाएको हो । फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फेनस्टरजस्तै अरु पत्रकार पनि छन् जसलाई यसै वर्ष सैन्य कू पछि हिरासतमा लिइएको छ ।फ्रन्टियरका अनुसार फेनस्टर यसअघि स्वतन्त्र समाचार साइट म्यानमार नाउमा काम गर्दथे । यी आरोप त्यतिबेलाको उनको कामका कारण नै लगाइएको

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १५७ पटक पढिएको
  • समावेशी सरकार गठन गर्न तालिबानलाई सात देशको सुझाव

    एजेन्सी / अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानलाई सात देशले सुझाव दिएका छन् । भारतको नयाँ दिल्लीमा जारी क्षेत्रीय सुरक्षा सम्मेलनमा अफगानिस्तानबारे दिल्ली घोषणा पत्र जारी गर्दै ती देशका प्रतिनिधिले उक्त सुझाव दिएका हुन् ।सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र अल्पसंख्यक समुदायको आधारभूत अधिकार सुनिश्चित गर्न अफगान सरकारलाई सुझाव दिएको छ । तालिबानले अगस्टमा काबुल कब्जा गरेपछिको सुरक्षा अवस्थाबारे बैठकमा समीक्षा गरिएको छ । बैठकमा काजकस्तान, क्रिगिजस्तान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान, इरान र रसियाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू उपस

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १६१ पटक पढिएको
  • सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

    काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पु¥

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.