विदेश

    Showing १,७७१-१,७८० of २,१३३ items.
  • नाइजरको एक विद्यालयमा आगलागी, २५ बालबालिकाको मृत्यु

    एजेन्सी / नाइजरको एक विद्यालयमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान कक्षाकोठामा पढाई भइरहेका बेला आगलागी भएको हो । आगलागीमा परी थुप्रै बालबालिका घाइते भएका छन् । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए । नाइजरमा काठ, घाँसपात र परालबाट कक्षाकोठा बनाइन्छ । यस्ता कक्षाकोठामा भारी सङ्ख्यामा विद्यार्थी बस्छन् जबकी इट्टाले बनाइएका कक्षा निकै कम छन् । स्थानीय मिडियालाई शहरका मेयर चाइबू अबुबकरले दिएको जानकारी अनुसार सोमबारको आगलागीमा यस्ता तीन कक्षा ध्वस्त भएका छन् ।नाइजरको स्कुलमा आगला

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • १५७ पटक पढिएको
  • २० महिनापछि विदेशीलाई अमेरिका प्रवेश खुला

    बिर्तामोड / कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश खुल्ला गरिएको छ । कोरोना संक्रमण व्यापक रुपमा बढेपछि प्रवेशमा प्रतिबन्ध लगाएको अमेरिकाले २० महिनापछि विदेशी नागरिकलाई प्रवेश गर्न खुल्ला गरेको हो । यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरू सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरू प्रभावित भएका थिए । पूर्ण खोप लगाएकाहरूलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चिनियां नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • १६१ पटक पढिएको
  • कोरियन भाषा परीक्षाको आवेदन मङ्सिरदेखि खुल्दै

    काठमाडौँ / कोरियाले २ वर्ष देखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मङ्सिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ । पछिल्लो समय कोभिड –१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट क

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १८२ पटक पढिएको
  • न्युजिल्यान्डमा पनि बन्यो इच्छा मृत्यु रोज्न पाउने कानुन

    न्युजिल्यान्ड  / न्युजिल्यान्ड सरकारले आज देखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू गरेको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आज देखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । इच्छा मृत्यु रोज्न पाउने या नपाउने भनेर गत अक्टोबरमा जनमत संग्रह भएको थियो । जनमत सङ्ग्रहमा ६५.१ प्रतिशतले पाउनु पर्छ भनेर मतदान गरेका थिए । सोही अनुरूप उक्त कानुन पास भएको थियो।तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्।  यो प्रक्रियाका लागि कम

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १८८ पटक पढिएको
  • इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा कम्तिमा ९८ जनाको मृत्यु

    एजेन्सी  / सियरा लिओनको राजधानी फ्रीटाउनमा शनिबार अर्को लरीसँग जुधेँर विस्फोट हुँदा कम्तीमा ९८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। आगलागी हुनुअघि इन्धन पोखिएको समाचार संस्था एएफपीले जनाएको छ ।  त्यसपछि लागेको आगोले नजिकै रहेका मानिस र सवारी साधनमा सल्किएको थियो। घटनामा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन्। अधिकांशको शरीरका धेरै भाग जलेका छन्। आफ्ना सवारी साधनमा फसेका कारण कैयौंले ज्यान गुमाउन पुगेका थिए।घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • १६३ पटक पढिएको
  • तालिबानद्धारा विदेशी मुद्रामा प्रतिबन्ध

    बिर्तामोड  / अफगानिस्तानमा तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताए । मुजाहिदले अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ –‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ ।’ काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको बताइएको छ । काबुलस्थित सरदार मोहम

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • १५७ पटक पढिएको
  • नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    काठमाडौँ / मलेसियामा रहेको नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।दूतावासले विज्ञिप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछनर । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १५७ पटक पढिएको
  • भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

    एजेन्सी  / भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका छन् ।हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचार

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ११९ पटक पढिएको
  • आइएसको आक्रमणबाट १० को मृत्यु, १२ घाइते

    एजेन्सी / इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा री कम्तीमा १० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरू अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।इराकी राष्ट्रिय सुरक्षा निकायहरूले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।इराकी सरकारले इराकका विभिन्न स्थ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १५३ पटक पढिएको
  • गृहयुद्ध टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

    काठमाडौँ / गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ ।सैनिक कू गरेका जनरल अब्देल फातक बुर्हानले गृहयुद्ध टार्न सेनाले कदम चालेको दाबी गरेका हुन् । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोक केही दिन सैनिक जनरलकै घरमा बसेर अहिले आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि सुडानमा प्रदर्शन भइरहेको छ ।राजधानीमा सडक, पसल तथा पुलहरु बन्द गरिएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.